Logo

युवाहरु राज्यको सबै नीतिगत र निर्णायक तहहरुमा अर्थपुर्ण सहभागीता हुनुपर्छ- युवा अभियान्ता राजु बिक्रम चाम्लिङ


काठमाण्डौ-अन्तराष्ट्रिय युवा दिवस अगष्ट १२, २०७७ को सन्दर्भमा युवा अभियान्ता राजु बिक्रम चाम्लिङसँग बिषेश अन्तरबार्ता लिएको छौ । चाम्लिङ विगत १५ वर्ष देखी सामाजिक युवा अभियान्ताको रुपमा कार्यरत छन् । युवाहरुको सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठनहरुमा, राजनीतिक युवा संगठनमा आवद्ध भएर काम गरिसकेका छन् । युवाको सवालमा राज्यको सबन्धित निकाय नेपाल सरकार युवा मन्त्रालय देखी युवा मामिला हेर्ने क्षेत्रिय महादेश स्तरिय तथा संयुक्तराष्ट्र संघ सम्मको फोरुमहरुमा आवाज उठाइसकेका युवा अधिकारकर्मी तथा युवा नेतासँग गरिएको अन्तर्राष्ट्रिय युवा दिवसमा गरिएको आफ्नो अनुभवहरुको बारेमा यस मिडियसँग गरिएको  अन्र्तवार्ताः

१. अन्तराष्ट्रिय युवा दिवसको बारेमा बताईदिनुस न ?
उत्तर: सन् १९९९ को संयुक्त राष्ट्रसंघको महासभाले पारित गरे पश्चात हरेक वर्षको अगष्ट १२ लाई अन्तराष्ट्रिय युवा दिवस मनाउने घोषणा गरियो । सोही अनुसार विश्वभरका सबै देशहरुमा सरकारको मातहतमा रहेको युवा सम्बन्धि सरकारी निकायले यो दिवस मनाउँदै आएको पाइन्छ । खासगरी अन्तराष्ट्रिय दिवसको अवसरमा युवाहरुलाई राज्यको सबै नीतिगत तहहरुमा र निर्णायक तहहरुमा अर्थपुर्ण सहभागीताको लागी समन्वय र सहकार्य गर्न आवाज उठाउँदै यसलाई अवसरको रुपमा सदुपयोग गर्दै आएको पाइन्छ ।

२. यसपटक सन् २०२० को अन्तराष्ट्रिय युवा दिवसको नारा के छ ? र यो नारा कसरी निर्धारण गरिन्छ ?
उत्तर: हरेक वर्ष विश्व परिवेश र युवाहरुको अवस्थालाई नियालेर परिवेश अनुरुप युवा दिवसको नारा तयार गरिन्छ । सोही अनुसार यसपटकको नारा “विश्व अभियानका लागी युवा सहभागीता” थ्यगतज भ्लनबनझभलत ायच न्यिदब िब्अतष्यल भन्ने रहेको छ । जसमा विश्व नै कोभिड १९ को महामारीले विश्व नै तहस नहस भइरहेको अवस्था विश्वको अवस्थालाई नियालेर सोही किसिमले परिचालन हुने भन्ने सन्देश रहेको छ । यसकारण विश्वमा रहेका सबै युवाहरुले कोभिड नियन्त्रण गर्न र व्यवस्थापन गर्नमा आफ्नो तर्फबाट, आफु रहेको ठाउँबाट समूदाय र राज्यलाई सहयोग गर्नु नै हो ।

३. नेपालको सन्दर्भमा युवा दिवस मनाउने तयारी के कस्तो रहेको छ ?
उत्तर: नेपालको सन्दर्भमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्र्तगत रहेको राष्ट्रिय युवा परिषदको आयोजनामा सप्ताहव्यापी रुपमा सरकारी निकायहरु, विभिन्न जातिय संगठनका युवा संगठनहरु, सामाजिक तथा गैरसरकारी युवा संगठनहरु र राजनीतिक युवा संगठनहरुको सहकार्यमा बनाइरहेका छौं । जसमा यसवर्षको युवा दिवस कार्यतालिका अनुसार अगष्ट ४ मा मर्चुअल रुपमा पत्रकार सम्मेलन गरेर सबै कार्यक्रम तालिम सार्वजनिक गरिएको छ । जसमा सबै कार्यक्रमहरु कोभिड १९ लाई ध्यान दिंदै भर्चुअल रुपमा मनाउने तालिका सार्वजनिक गरिएको छ । जसमा अगष्ट ७ मा निवन्द लेखन प्रतियोगिता, रक्तदान अगष्ट ८ मा, विरुवा रोप्ने, युवा संवाद, सरसफाई अभियान लगायतको अगष्ट ११ तारिख सम्म कार्यक्रम भइरहेको छ । भने अन्तिम दिन पुरस्कार घोषणा सहितको सम्माननीय प्रधानमन्त्रिद्धारा सम्बोधन हुने कार्यतालिका रहेको छ ।

युवाहरु राज्यको सबै नीतिगत र निर्णायक तहहरुमा अर्थपुर्ण सहभागीता हुनुपर्छ- युवा अभियान्ता राजु बिक्रम चाम्लिङ

४. नेपालमा युवाहरुको सवाल सम्बोधन गर्न राज्यले के कस्तो नीतिहरु तथा निकायहरुको व्यवस्थापन गरेका छन् ?
उत्तर: खासगरी विभिन्न राजनीतिक दलका युवा संगठनहरु र सामाजिक अभियानमा संलग्न युवा संगठनहरुको समन्वयमा युवा मन्त्रालयलाई बारम्बार सम्बोधनको लागी लवि र डेलिगेसन पश्चात विस २०६६ सालमा प्रथम पटक राष्ट्रिय युवा नीति २०६६ निर्माण भयो । सोही युवा नीतिको आधारमा युवाहरुको सवालहरुलाई सम्बोधन गर्न युवा लक्षियत परियोजनाहरु संचालन भयो । जसमा युवा सचेतना कार्यक्रम, नेतृत्व तथा क्षमता विकास तालिम, सिप विकास जस्ता कार्यक्रमहरु संचालनमा रह्यो । यसैगरी युवा नीति २०६६ लाई विस २०७२ मा संशोधन गरी थप क्रियाकलापहरु अगाडी बढाइएको छ । जसमा राष्ट्रिय युवा परिषद ऐन समेत निर्माण गरी युवा परिषद एक युवाहरुको सवाललाई सम्बोधन गर्ने निकाय रहेको छ । यस युवा परिर्षद मार्फत युवा लक्षित कार्यक्रमहरु ७७ वटै जिल्लाहरुमा आत्मनिर्भर तालिमहरु, सिपमुलक तालिम संचालन भइरहेको छ । जसमा केही आर्थिक व्यवस्थापन युवा परिषदले गर्दै आएको छ ।

५. युवा भन्नाले नेपालको सन्दर्भ राजनीतिक दलमा लागेको सबै नेताहरुले आफुलाई युवा भएको दावी गर्छन । तर नीतिगत रुपमा के कस्तो रहेको छ ? के युवा भनेको आत्मविश्वास र जोश हुन साथ उमेर हद हुन्न ।
उत्तर: खासगरी युवा भन्ने वित्तिकै उमेरलाई नै मान्न सकिन्छ । जसमा नेपालको राष्ट्रिय युवा नीति २०६६ र संशोधित नीतिले पनि १६ देखी ४० वर्षको उमेरलाई मानिन्छ । जसमा यो उमेर समूहको जनसंख्या करिब करिब ४०.३५ प्रतिशतको हाराहारीमा पर्दछ । तर यो अन्तराष्ट्रिय युवाहरुको उमेरलाई तुलना गर्दा झण्डै दोब्बर हुन आउँछ । जसमा विभिन्न देशहरु भारतमा १५ देखी २९ वर्ष, श्रीलंका, वंगलादेश १५ देखी २९, अफगानिस्तान १८ देखी ३५, माल्दिभ्स १८ देखी २४, भुटान १३ देखी २४, अमेरिका १५ देखी १७ र १८ देखी २४, चीन १४ देखी २८, युएन १५ देखी २४ । जापान ० देखी ३०, दक्षिण कोरिया ९ देखी २४ रहेका छन् । तर नेपालको राजनीति नेतृत्वहरुमा जतिसुकै अवसर र नेतृत्व संहाले पनि आफुलाई युवा भनेर नेतृत्व दावी गरिरहँदा उहाँहरुलाई प्राकृतिक रुपमा, जैविकिय रुपमा युवा भन्न सकिन्न । किनकी जैविकिय रुपमा नै तागत, जोश र शक्ति युवाहरु हुन्छ । तर ६० वर्ष पुगेको उमेरमा ३० वर्षे तागत नआउने हुनाले उमेरलाई नै युवाको परिभाषा मान्नु पर्दछ । यसकारण नेपालको साँस्कृतिक र सामाजिक रुपमा विकास भएको प्रणालीले विकास गरेको मनोविज्ञान अलि फरक भएकै कारणले राजनीतिक अस्थिरता र २१औं शताब्दीमा पनि अल्पविकसित राष्ट्रहरुको संगठनको अध्यक्ष भएर बस्नु परेको अवस्था छ । यसको प्रभाव युवा भन्ने परिभाषा नै फरक रहेका छ ।

हरेक वर्षको वार्षिक योजनाहरु हुन्छन् । त्यस योजनाहरुलाई समिक्षा गर्दै थप नयाँ योजना तयारी कार्यान्वयनको लागी अगाडी बढाइन्छ । यसकारण दिवस मनाइरहँदा विगतको समयहरुलाई समिक्षा गर्दै भावी कार्ययोजना तालिका तयारी हुने, तथा गरिएको क्रियाकलापहरुलाई समेत माथिलो निकायहरुबाट अनुगमन तथा थप हौसलाको वातावरण बन्ने हुनाले यस्तो दिवसहरुलाई सकारात्मक रुपमा मानिन्छ ।

६. युवा मन्त्रालय छ । युवा नीति छ । युवा परिषद छ । तर नेपाली ६५ लाख युवाहरु विदेशमा रोजगारीको लागी गएका छन् । उहाँहरुलाई त्यो नीतिले समेट्न नसकेको हो वा उनीहरु किन रोक्न सकेन ? यसबारेमा तपाईको धारणा के छ ?
उत्तर: वास्तव नेपाल अच्चमै किसिमको छ । जहाँ विश्वको १४ वटा देशहरु उपनिवेश नहुँदा नेपाल पनि एकमा पर्छ । जुन देशहरु उपनिवेश भयो । ती देशहरुमा उपनिवेश भएर नै विकास पनि भयो । यसको साथै जुन देशहरु उपनिवेश भएन । ती देशहरुमा पनि विकास भयो । तर नेपाल अपवाद छ । यसकारण नेपालको अहिलेको आर्थिक अवस्था हेर्दा अविकसित मात्र होइन अल्पविकसित राष्ट्र रहेको छ । यसो हुनुमा नीति र सिद्धान्त राम्रो भएर हुन्न । यहाँको राजनीतिक अस्थिरता नै खराब हो । जहाँ जति नै राम्रो नीति भएता पनि यसलाई कार्यान्वयन गर्ने निकाय कहिले पनि स्थायी हुन सकेन । छिमेकी राष्ट्र जापान, दक्षिण कोरियाले ३० वर्षमा आधुनिक रुपमा विकास गर्न सक्यो । तर नेपालले ३० वर्षमा नीतिगत विकास मात्र गर्न सक्यो । यसकारण अहिलेको नेपाल राज्यले युवाहरुलाई नेपालमा नै रोजगार गर्न क्षमताको विकास गर्न सकेको अवस्था छैन । उद्योग धन्दाहरुको विकास गर्न सकेको छैन । केही समय अगाडी स्थापित भएको उद्योग धन्दाहरु समेत विक्री गरेर अहिले नयाँ निर्माणमा लागेको छैन । यसकारण हरेक वर्ष जनसंख्याको हिसाबले उद्यमीको लागी उत्पादन हुने पौने ५ लाख युवाहरुलाई व्यवस्थापन गर्ने हैसियत नेपाल सरकारले नराखेर वैदेशि रोजगारीको लागी विदेशीन बाध्य भएका हुन ।

७. खासगरी नेपालमा जति राजनीतिक दलहरु छन्, जुन दलहरु साना होस वा ठुला दल । सबै दलहरुको भातृ संस्थाको रुपमा युवा संगठनहरु रहेका छन् । सबै युवा संगठनहरुको उद्देश्य युवाहरुको अधिकार राज्यमा स्थापित गर्दै नेतृत्व तहमा स्थापित हुनु नै हो । तर सवालहरु एउटै भएर पनि किन फरक राजनीतिक दलका युवाहरु सँगै सहकार्य गर्न सकिरहेका छैनन् ?
उत्तर: सामान्य हिसाबमा सबै युवा एउटै र सबै नेपाली नै हुन । तर युवाहरुको सवालहरु समान हुँदैमा सँगै रहन्छ भन्ने हुँदै । जस्तो कुन युवा संगठन कुन स्कुलिङबाट आएको हो । स्कुललिङमा भर पर्दछ । यसकारण सामान्य हिसाब प्रजातान्त्रिक हिसाबले अगाडी बढेर राज्य र समाज, समाजवादमा पुग्न सक्छ भन्ने तथा कम्युनिज्म सिद्धान्तमार्फत समाजवादमा पुग्न सकिन्छ भन्ने धार नै फरक भएको हुनाले एकिकृत हुन सकि रहेको छैन । तर कतिपय सवालहरु, जसमा तत्कालिन सवालहरुमा भने सबै युवा संगठनहरु एकिकृत भएर अगाडी बढ्न सकिन्छ । र सहकार्य पनि भइरहेको छ ।

८. नेपालको सन्दर्भमा जसरी पार्टीगत रुपमा विभाजित युवा संगठन भए जस्तै विभिन्न जात जातिहरु जस्तो आदिवासी युवा संगठन, दलित युवा संगठनहरु पनि छन् । राजनीतिक दलका युवा संगठनका युवाहरु र जातिय युवा संगठनहरुबीचको फरक भिन्नता के हो ? लक्ष्य र उद्देश्य एउटै होइन र ?
उत्तर: सामाजिक रुपमा संगठित युवाहरु जसमा जातिय संगठनहरु छन्, र राजनीतिक संगठनहरुमा धेरै भिन्नता छन् । राजनीतिक संगठनले विचार, सिद्धान्त, वादमा आधारित भएर राजनीतिक शक्ति मार्फत राष्ट्र नै हाँक्ने हैसियत राख्ने आँट गर्छन । उनीहरुले नीतिगत रुपमा नीति परिबर्तन गर्ने र नेतृत्व परिबर्तन गर्दैै नेतृत्व नै दावि गर्ने हिसाबले अगाडी बढ्छन् । भने सामाजिक संगठनहरु खास गरी समूदायहरुलाई चेतना जगाउने, आफ्नो अधिकारको बारेमा वकालत गर्ने र आफ्नो अधिकार दावी गर्ने हैसियत निर्माण गर्ने सम्ममात्र उद्देश्य राखेका हुन्छन् । यसकारण फरक कति हो भने राजनीतिक संगठनका युवाहरु दिने ठाउँमा जान दावी गर्छन् र पुग्नछन् । तर सामाजिक संगठनका युवाहरु नीतिगत निर्णायक तहमा पुग्ने बाटो नै नभएकोले समन्वय र सहकार्य गर्ने तह सम्मको बाटो तयार गर्छन् ।

९. राजनीतिक दलका नेतृत्वहरुले युवाहरुलाई के गर्दा राष्ट्रलाई सकारात्मक हिसाब अगाडी बढाउन सहयोग पुग्दछ ?
उत्तर: खासगरी पश्चिममा राष्ट्रहरुको अनुभवलाई हेर्दा आफ्नो जैविकिय उमेर हुँदा सम्म सक्रिय राजनीति गर्ने, साथै तोकिएको अवधि सकिए पश्चात पुन आफ्नो फरक पेसामा लाग्ने तथा आजीवन राजनीति गर्न जीवन होइन भन्ने सन्देश दिएको पाइन्छ । तर नेपालमा यसको ठिक विपरित छ । जहाँसम्म नेपालको विगतको अनुभव हेर्दा त के देखिन्छ भने आफु पार्टीको पनि निर्णायक नेतृत्वमा रहने र राज्यको पनि निर्णायक तहमा बाचिन्जेल रहनै पर्ने वा आफु स्वर्गवास हुँदा पनि दुवैपदमा बसिरहुनुपर्ने भन्या जस्तो अभ्यास भइरहेको पाइन्छ । यसकारण यस्तो गलत मनोविज्ञान र प्रवृतिहरुमा परिबर्तन हुन आवश्यक छ । कम्तिमा पार्टीको नेतृत्व तहमा समयको हिसाबले १० वर्ष र पदीय हिसाबले २ वर्षे कार्यकाल पुरा गरे पश्चात स्वतह रुपमा क्रियाशिल पदमा नरहने प्रणालीको अभ्यास स्वत स्वीकार्ने हुन आवश्यक छ । त्यसो गर्दा युवाहरुको समेत अवसर पाउँछ , अथवा यतिको समय सम्म केही सकारात्मक कार्य गर्न सक्नेले प्रदर्शन गरिसकेको हुन्छ, भने गर्न नसक्नेले गर्दैन भन्ने पुष्टि हुन्छ ।

युवाहरु राज्यको सबै नीतिगत र निर्णायक तहहरुमा अर्थपुर्ण सहभागीता हुनुपर्छ- युवा अभियान्ता राजु बिक्रम चाम्लिङ

१०. विश्व अन्तराष्ट्रिय दिवस हरेक वर्ष मनाइरहँदा दिवस मनाउनुको अर्थ वा औचित्य के छ त ? यसले कसरी सकारात्मक रुपमा प्रभाव पार्दछ ?
उत्तर: सामान्य हिसाबमा कुनै काम शुरुवात भएको हिसाबले त्यसलाई उत्सवको रुपमा लिन सकिन्छ । यसैगरी हरेक वर्षको वार्षिक योजनाहरु हुन्छन् । त्यस योजनाहरुलाई समिक्षा गर्दै थप नयाँ योजना तयारी कार्यान्वयनको लागी अगाडी बढाइन्छ । यसकारण दिवस मनाइरहँदा विगतको समयहरुलाई समिक्षा गर्दै भावी कार्ययोजना तालिका तयारी हुने, तथा गरिएको क्रियाकलापहरुलाई समेत माथिलो निकायहरुबाट अनुगमन तथा थप हौसलाको वातावरण बन्ने हुनाले यस्तो दिवसहरुलाई सकारात्मक रुपमा मानिन्छ । यसले फाइदा नै पुर्याइरहेको हुन्छ ।

११. तपाईको आफ्नो अुनभव भन्नुपर्दा अन्तराष्ट्रिय राजनीतिक संगठन तथा सामाजिक संगठनहरुसँग युवाको सवालहरुमा समन्वय र सहकार्य गर्नु भएको छ ?
उत्तर: हजुर खासगरी युवाहरुको सवालमा जल्दो बल्दो अन्तराष्ट्रिय सवाल जलवायु परिबर्तन र विश्व युवाहरुको सवालको बारेमा, विश्वका आदिवासी युवाहरुको सवाल विभिन्न समयमा अन्तराष्ट्रिय सम्मेलनहरुमा सहभागीता गर्ने अवसर मिलेको थियो । छ । हुनेछ । साथै संयुक्त राष्ट्र संघको महासभाहरुमा समेत युवाहरुको सवाल आवाजहरु उठाउने गरिएको छ । जसमा एशिया महादेश स्तरको युवा संगठन तथा विश्व भरको युवाहरुको अनौपचारिक संगठन ककसहरुमा समेत सम्बद्ध रहेर संयुक्त राष्ट्रसंघमा पैरवी गरिएको छ ।

तर हामी के विर्सन्छौं भने, आफ्नो दायित्व के हो त ? के हामीले राजनीतिक दल र नेतृत्वहरुलाई टिप्पणी गरे जसरी हामी आफ्नो दायित्व पुरा गरिरहेका छौं त ?आफै हामी आफैमा प्रश्न चिन्ह संधै खडा भइरहन्छ । यसकारण उत्तर कोरिया वा अन्य राष्ट्रहरुमा युवा उमेरमा राष्ट्रको नेतृत्व हुन यहाँको नेपाली समाजले पनि उत्तर कोरियाको वा फ्रान्स लगायतको जनताहरुले खेलेको भूमिका जस्तै खेल्ने गरेका छौं त ? यो गम्भिर प्रश्न हो ।

१२. अन्तराष्ट्रिय निकायहरुमा समन्वय र सहकार्य गर्दा के कस्तो अनुभव भयो ?
उत्तर: वास्तवमा हरेक देशको राज्य संयन्त्र प्रणाली त्यही देशको सरकार हुन्छ । यसकारण अन्तराष्ट्रिय स्तरमा रहेको क्षेत्रिय अर्धसरकारी संगठनहरु अथवा संयुक्त राष्ट्र संघले समेत कुनै पनि राष्ट्रहरुलाई बाध्यकारी रुपमा कुनै पनि राष्ट्रले अनुमोदन तथा हस्ताक्षर गरेको सन्धिहरु कार्यान्वयन गर्नमा बाध्य पार्न सक्ने अवस्था रहेनछ । यसमा पनि अन्तराष्ट्रिय शक्तिशाली देशरुको हस्तक्षेपकारी भूमिका खेल्ने रहेछ । जस्तो संयुक्त राष्ट्रसंघले जस्तोसुकै कानुनी प्राव्धानले पेल्न खोजे पनि शक्तिशाली राष्ट्रहरुले वेवास्ता गर्दा रहेछन् । त्यसैगरी नेपाल सरकारले समेत राष्ट्रसंघको सदस्य पक्ष राष्ट्र भएर जति पनि गरेको हस्ताक्षर तथा सन्धिहरु छन्, ती सन्धिहरु कार्यान्वयन गरिरहेको छैन । र ती कानुनहरु कार्यान्वयन गर्न बाध्य पार्ने अवस्था छैन । जसको प्रतिफल नेपालले पक्ष राष्ट्र भएर हस्ता गरी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको महिला अधिकार सम्बिन्ध, सिडअ, दलित अधिकार, अपाङ्ग सम्बन्धि अधिकार, आदिवासी अधिकार आइएलओ १६९, आदिवासी अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघको घोषणापत्र लगायत छन् । तर हाल सम्म खासै कार्यान्वयनको अवस्थामा रहेको छैन ।

१३. अन्तमा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा केही भन्न चाहनुहुन्छ ? वा शुभकामना केही दिन चाहनुहुन्छ ?
उत्तर: खासगरी हामी नेपाली समाज हरेक क्रियाकलापहरु पश्चिममा राष्ट्रहरुको नक्कल गर्न चाहन्छौं । जसमा नयाँ नयाँ प्रविधि लगायत राजनीतिक प्रगतिको बारेमा समिक्षा गछौं । जस्तो फ्रान्समा ३९ वर्षे राष्ट्रपति वा उत्तर कोरियाका राष्ट्रपति २७ वर्षको उमेरमा लगायत । तर हामी के विर्सन्छौं भने, आफ्नो दायित्व के हो त ? के हामीले राजनीतिक दल र नेतृत्वहरुलाई टिप्पणी गरे जसरी हामी आफ्नो दायित्व पुरा गरिरहेका छौं त ?आफै हामी आफैमा प्रश्न चिन्ह संधै खडा भइरहन्छ । यसकारण उत्तर कोरिया वा अन्य राष्ट्रहरुमा युवा उमेरमा राष्ट्रको नेतृत्व हुन यहाँको नेपाली समाजले पनि उत्तर कोरियाको वा फ्रान्स लगायतको जनताहरुले खेलेको भूमिका जस्तै खेल्ने गरेका छौं त ? यो गम्भिर प्रश्न हो । यसकारण जुन अवस्थामा छौं, अबका दिनहरुमा सकारात्मक सोंचका साथ अगाडी बढ्ने प्रयास गरौं । साथै हामी युवाहरु हामी अनि आफ्नो देश नै आफु हुनुको गौरव र विश्वासमा आत्म निर्भर हुन सक्छौं भन्ने आत्मविश्वासको भावना विकास गर्न सकौं अन्तराष्ट्रिय दिवसको सबैमा हार्दिक शुभकामना ।
(चाम्लिङ, राष्ट्रि युवा गैरसरकारी संस्था महासंघ नेपालका संस्थापक केन्द्रिय सचिव तथा हाल नेकपाको राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य हुनुहुन्छ) ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्