Logo

कुलुङ महिलाहरुलाई अल्लो मार्केटिङ तालिम


खाँदवारी संखुवासभा।कुलुङ समुदायहरुमा परम्परागत ज्ञानसिप प्रशस्त मात्रामा रहेको छ । कुलुङ समुदायहरुमा पुर्खादेखी नै सामाजिक तथा साँस्कृतिक रुपमा नै प्रयोग आएको अल्लो, अहिलेको समाजमा समेत प्रचलनमा रहेको छ ।

कुलुङ समुदायहरुले जन्मदा देखी मर्दा सम्म आजीवन रुपमा प्रयोग गर्ने अल्लोको बोट, अल्लोबाट बुनेको कपडाहरु अनिवार्य रुपमा चाहिन्छ । पछिल्लो समय विभिन्न वस्तुहरुको अर्गानिक मागहरु बढीरहेको समयमा अल्लो पनि अर्गानिक कपडाको रुपमा स्थापित भएको पाइन्छ ।

यसकारण आदिवासी जनजाति महिला युवा संजालको समन्वयमा कुलुङ महिला समुहरुलाई अल्लो बुनाई तालिम दिएका थिए । उक्त तालिम सम्पन्न भएपश्चात अल्लोको बजार व्यवस्थापन गर्नको लागी मार्केटिङ पनि संचालन भएको समुहको नेत्री कला कुलुङले बताउनु भयो । अगष्ट ५ बाट २०२० बाट शुरु भएको उक्त तालिम अगष्ट १० सम्म सम्पन्न भएको कुलुङले बताइन ।

कुलुङ महिलाहरुलाई अल्लो मार्केटिङ तालिम

तालिममा कुलुङ महिला समुहका २० जना सहभागीहरु रहेका थिए । प्रशिक्षकको रुपमा यस विषयमा विज्ञ स्थानिय रामप्रसाद कुलुङले तालिम दिनु भएको थियो । उहाँले खासगरी पछिल्लो समय अल्लो लगायतको सामग्रीहरुलाई बजारमा व्यवस्थापन गर्न सक्दा राम्रो आय हुने भएकोले यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षित गराउनु भएको थियो ।

कुलुङ महिलाहरुलाई अल्लो मार्केटिङ तालिम

करिब १ महिना अल्लो बुनाई तालिम लिएमा महिलाहरुलाई बजार व्यवस्थापनको लागी दिइएको तालिमले निश्चित रुपमा सहयोग पुग्ने र बजार व्यवस्थापनमा तालिमले सहयोग पुग्ने तालिममा सहभागी रमा कुलुङले बताइन् ।

कुलुङ महिलाहरुलाई अल्लो मार्केटिङ तालिम

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्