Logo

नाछिरिङ समुदायको भुमेथान काठमाण्डौको गोकर्णमा बनाईयो


डम्बर सिंह नाछिरिङ, काठमाण्डौ-किरात रदु नाछिरिङ साखाम केन्द्रिय कार्यसमितिले आफ्नो नाछिरिङ धिउलु साखेल्लुवा भुमेथान निर्माण गरेको छ । उक्त कार्यसमितिको केन्द्रीय अध्यक्ष तारा नाछिरीङको नेतृत्वमा एक दर्जना सहभागी भएर आफ्नो नाछिरिङ धिउलु साखेल्लुवा भुमेथान निर्माण गरेको हो ।

किरात समुदायको महान पर्ब उधौली र उभौली भुमेथानमा पुजा गर्दै गोकर्ण जंगलमा मनाउने चलन छ । उक्त पबित्र ठाउमा ब्यबस्थित रुपमा साकेलाथान, सिल्ली नाच्ने ठाउ, सार्बजनिका टइलेट र कार्यक्रम गर्ने ठाउ निर्माण गरेको हो ।

उपत्यकामा रहेको नाछिरिङ समुदायको उधौली र उभौलिमा गोकर्ण स्थीत सरकारी अन्य किरात समुदायसँग मनाउदै आएको थियो । बिगत ४ बर्षदेखी हामी किरात रदु नाछिरिङ साखामको केन्द्रिय कार्यसमितिको नेतृत्वमा मनाउदै आएको कुरा किरात रदु नाछिरिङ साखामको  केन्द्रिय महा-सचिब सुमन बाङदेलले बताए ।

नाछिरिङ समुदायको गोकर्णमा नाछिरिङ धिउलु साखेल्लुवा भुमेथान निर्माण बनाउनु  सामाजिक, सास्कृतिक, धार्मिक र राजनीतिक रुपले निकै आवश्यक र महत्वपूर्ण रहेको कुरा किरात रदु नाछिरिङ साखामको केन्द्रीय अध्यक्ष तारा नाछिरिङले यस मिडियलाई बताए ।

त्यस्तै गरी खोटाङ जिल्ला ऐसेलुखर्क गाउँपालिका १ राखा बाङ्देलका घर हाल काठमाण्डौमा बस्ने र नाछिरिङ ‘धिउलु -साखेल्वा पूजा कोष समिती’ अध्यक्ष सुर्यकुमार नाछिरिङ्ले फेसबुकमा स्टाटस लेख्दै भनेका छन,  ‘हाम्रो नाछिरिङ धिउलु साखेल्लुवा भुमेथान ब्यबस्थित गर्न पाउदा खुशी र हर्शित भए ।’

भुमेथान भित्र सिमलको बिरुवा र साइड्मा थिसुवा (काउलो)को बिरुवा रोप्ने काम गरियो साथै भुमेथानमा चारिबु (दुबो) र थरी थरिका फुलको बिरुवा रोपेर काम गरिएको कुरा ‘धिउलु -साखेल्वा पूजा कोष समिती’ सचिब सुनिता नाछिरिङले बताईन ।

नाछिरिङ धिउलु साखेल्लुवा भुमेथान स्थान निर्माण कार्यमा  किरात रदु नाछिरिङ साखाम केन्द्रिय कार्य समितीको अध्यक्ष तारा नाछिरिङ्, किरात रदु नाछिरिङ साखाम केन्द्रिय कार्य समितीको निबर्तमान महासचिव अनिलकुमार नाछिरिङ, किरात रदु नाछिरिङ साखाम केन्द्रिय कार्य समितीको निबर्तमान कोषध्यक्ष भुमिचन्द्र नाछिरिङ्,‘धिउलु -साखेल्वा पूजा कोष समिती’को अध्यक्ष सुर्यकुमार नाछिरिङ, ‘धिउलु -साखेल्वा पूजा कोष समिती’को उपाध्यक्ष राजकुमार नाछिरिङ, ‘धिउलु -साखेल्वा पूजा कोष समिती’ सचिब सुनिता नाछिरिङ अन्य बिभिन्न सङ्घसस्थका ब्यक्तित्व, समाजसेबी र ब्यबसायीहरु हेमराज नाछिरिङ, पर्शुराम नाछिरिङ, मिलन नाछिरिङ, अमृत नाछिरिङ लगायत दर्जन ब्यक्तीहरु उपस्थित थिए ।

केहि समय अघी आदिबासी किरात समाज गोकर्णेश्वर वडा ९ आरुबारीको अगुवाईमा र गोकर्णेश्वर नगरपालिकाको बिषेश अनुदान सहयोग र किरात समुदायहरुको दान उपहारबाट यस राष्ट्रीय शहिद तथा शान्ति पार्क तथा यज्ञडोल, जगडोल सामुदायीक बन क्षेत्रभित्र सम्बन्धित निकायबाट कानुनी प्रकृयागत अनुमति लिएर यस क्षेत्रका सास्कृतिक, धार्मिक, आन्तरीक पर्यटन विकास लगायतका गुरुयोजना अनुसार बहुभाषिक किरात समुदायहरुको प्रकृतिक पुजाका लागि सामुहिक किरात अनुस्थान भुमेथान, श्यादरथान र ट्रस निर्माणमा थियो ।

आदिबासी किराँत समाज सस्थासँग बिगत चार वर्षदेखि उधौली उभौली पर्वमा साकेलाको पुजा गर्दै आएको छ । उभौली-उधौली किराँत सुनुवार, राई, र याक्खा जातिको महान चाड साकेला/साकेन्वा/साखेल्वा उभौली साकेला नाच पूणिर्मादेखि सुरू हुन्छ ।

उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन् भनि साकेलासखेवा शिली गर्दै नाच्दै प्रकृतिलाई पुजा गरिन्छ ।

उधौली पर्व नेपाल साथै संसार भरी छरिएर वसोवास गर्ने भुमिपुत्र मुलवासी मंगोल समुदाय मध्येको विशेष राई लिम्बूले मनाउने महान चाड हो। यसलाई साकेला उधौली पर्व पनि भनिन्छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली चाड मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ।

किराँतहरूको यो पर्व पृथ्वीमा कृषियुग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । उभौली साकेला चाडमा किरात खम्बुहरु आफ्नो जातीय पहिरन(भेषभुषा)मा सजिएर साकेलासाकेन्वासखेवा सिली नाच्छन् । कालो कोट, दौरा-सुरूवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर पुरुषहरू साकेला सिलीमा ताल मिलाउदै गोलबन्द भएर नाच्छन् भने महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर उनीहरूलाई शिलिको इसारा गर्दै नाच्छन् । हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, लिङ्चिबुङ्को डाला, चमर र सिम्कौली सेउली लिएर नाचिन्छ । स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी छातीमा झुन्ड्याएर उनीहरू आफूलाई सजाउँछन् ।

नाछिरिङ जाती को हुन ? हाल प्रकाशन भएको किरात महासँगको जर्नल मा प्रकाशन भएको ‘नाछिरिङ जातिको परिचय’ शिर्षकमा अन्तर्गत सस्थाको अध्यक्ष तारा नाछिरिङ र महा-सचिब सुमन बाङदेल द्धारा लिखित लेखको छोटो अन्श अनुसार ….विश्वमा मानिसहरूको MAN अर्थात (Mongol, Aryan and Negro)  मंगोल, आर्य र नेग्रो जातिको बसोबास रहेको छ । त्यस्तै मंगोल समुदाय अन्र्तगत किरात नाछिरिङ जाति नेपाल लगायत अन्य देशमा बसोबास गरेको छ ।

यस जातिको उद्गम थलो हाल मानिएको नेपालको एक नम्बर प्रदेशको खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिका वडा नं.१, अन्तर्गत राखा बाङ्देलस्थित राधाम्मा ठाउँलाई मानिएको छ । यहीबाट नाछिरिङ जातिको ४ भाइ पूर्खाबाट सन्तान फैलिंदै आज विश्वको विभिन्न भू–भाग बसोबास गरेको छ । ४ भाइ पूर्खाहरू जेठा थुक्स, माइला रछ, साइला परबु र कान्छा सोत्तो पूर्खाहरूको नाम रहेको छ ।

जेठाको सन्तान राताप्कु राखा, माइलाको सन्तान बाम्खा वाङदेल, साइलाको सन्तान परबुु पारा र सोत्तो सोताङमा रहेको छन् । यहीबाट खोटाङ, सोलुखुम्ब, भोजपुर, सङखुवासभा, इलाम, तेह्रथुम, पाँचथर, झापा, मोरङ, सुनसरी, धनकुटा, ताप्लेजुङ, सर्लाही, उदयपुर, ओखलढुंगा, सिराहा, सप्तरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, गुल्मी, कास्की लगायत भारत, जापान, हङकङ, युके, अमेरीका, कोरीय आदि विभिन्न देशमा रहेको छ ।

नाछिरिङ समुदायको ड्रेस र कठुवा

किरात नाछिरिङ जातिको दप्स्नु (सामेइ) र पाछा किरात नाछिरिङ जातिको अहिलेसम्म खोज अनुसनधानबाट पत्ता लगाए अनुसार ११० वटा सामेई छन् । नाछिरिङको आदिम उद्गम भूमि, साझा भूगोल, जनसख्ंया र जनसंख्या विवरण हेर्दा नेपालको पूर्वीभेक माझ किरातमा अवस्थित राखा बाङ्देलको राधाम्मा भूमि किरात नाछिरिङहरूका आदिम उद्गम भूमि भई हालको खोटाङ जिल्लाको उत्तरी भेग र सोलुखुम्बु जिल्लाको पूर्वी भेगको साझा भूगोलमा प्रथम आवाद गरी बसोवा गर्दै आएका हुन् ।

किरात नाछिरिङहरूका जनसंख्या जनगणना २०६८ सालको अनुसार ७१५४ जना र भाषिक वक्ता १०,०४० जना देखाएको छ तर हामी नाछिरिङहरूका जनसख्ंया २ लाख भन्दा बढी छ । आजको दुनियाँमा कामको खोजीको सिलसिलामा विभिन्न मुलुकहरूमा समेत छरिन पुगेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्