Logo

देशले कोल्टे फेर्यो तर रगत र वलिदान गर्ने यो’द्धाहरुलाई बिर्सियो


मान्सुङ चाम्लिङ
देशमा अन्या’य र अत्या’चारको विउ पंचायतले छोडेर गएको हुनाले प्रजातन्त्र नै स्थापना भएता पनि नेपाली जनताहरुले कुनै न्याय र प्रजातन्त्रको महशुष गर्न सकेको थिएन । फलस्वरुप जनताहरुले आफ्नो अधिकार स्थापनाको लागी ब’न्दुक उठाए । जनताहरुले सहयोग गरे, त्यसको फलस्वरुप १० वर्षे जन’युद्ध सफल भयो । तर १० वर्षे जन”युद्ध भन्दा सामान्य अर्थमा बुझेता पनि त्यो समयको पसिना, रग”त र ज्या’नको वलिदानले लतपतिएर स्थापित भएको हो । अन्या’यमा परेका समूदायहरु दलि’त, मधेशी, महिला, आदिवासी तथा पिछाडा’वर्गहरुको आवाज, सवाल देशमा मात्र होइन विश्व सामू उठाइयो । जसमा चेतनाको हिसाबले सबै नेपालीमाहरु केही रुपमा क्षमताको विकास भयो । देशमा गणतन्त्र स्थापना भयो । संविधान आयो । संघियता आयो । हाल संघियता कार्यान्वयनको रुपमा अगाडी बढीरहेको छ । तर तिनै विषयहरु ल्याउन लड्दा आफ्नो ज्यान वलिदान गरेका घाइते, यो’द्धाहरु, आजीवन अपा’ङ्ग भएका जिउँदो शहिदहरुलाई नत राज्यले सम्मान गरेको छ, नत सहयोग नै गरेको छ । बरु राजनीतिक दलहरुले समेत वेवास्ता गर्दै आएको छ ।

देशले कोल्टे फेर्यो तर रगत र वलिदान गर्ने यो’द्धाहरुलाई बिर्सियो

यसकारण घा’इते, यो’द्धा तथा अपा’ङ्गहरुलाई सबै क्षेत्रबाट वेवास्ता गरिएको हुनाले जनक्रान्तिको घा’इते तथा अपा’ङ्ग संगठन नेपालले नेपाल सरकारहरुको सम्बन्धित निकायहरुमा ध्यानकर्षण पत्र बुझाएको छ । यसै क्रममा काठमाडौं जिल्ला प्रशासन कार्यालय मार्फत सम्माननीय प्रधानमन्त्रि ध्याकर्षण पत्र पेश गरेका छन् ।

देशले कोल्टे फेर्यो तर रगत र वलिदान गर्ने यो’द्धाहरुलाई बिर्सियो

स्मरणरहोस, ईतिहास विना बर्तमान र हिजोको संघर्षविना आजको नेपालको निर्माण भएको होइन । यसकारण आजको नेपाल परिबर्तन गर्नमा योग्दान गर्नुहुने सबैको सम्मान राज्यले सम्बोधन गरोस । यो आम सबै यो’द्धाहरुको सम्मान शहिदको सपना साकार पनि हुनु हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्