Logo

किरात उद्गम थलो ‘तुवाचुङ–जायजुममा’ समितिकै चासो छैन – मा. राई


शान्ती राई, खोटाङ-किरात सभ्याताको उद्गम थलो तुवाचुङ जायजुम प्रदेश एकको खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालीकामा अवस्थित छ ।

तुवाचुङ जायजुम एक ऐतिहासिक स्थल भएको कारण यो आफैमा किरात समूदायहरु र राज्यको ऐतिहासिक, साँस्कृतिक सम्पदा पनि मानिन्छ । तर पनि हाल सम्म यस भूमीलाई राज्यको निकायहरु जुन रुपमा संरक्षणको लागी पहल गर्नु पथ्र्यो, त्यो हुन सकिरहेको छैन । यसलाई संरक्षण, संवद्र्धन गर्न एक समिति पनि रहेको छन् ।

किरात सभ्याताको उद्गम थलो तुवाचुङ-जायजुम स्थान ।

तर यस समितिले आफ्नो हिसाबले समन्वय गर्ने प्रयास गरेता पनि सम्बन्धित निकायहरु समक्ष प्रयत्न हुन नसकेको भान भएको सोही क्षेत्रका खोटाङ जिल्ला क्षेत्र नं.१ का प्रदेश सभा सदस्य माननीय राजन राईले आफ्नो फेसवुक स्टाटस मार्फत अवगत गराए ।

उहाँले लेख्नुहुन्छ, किरात सभ्यताको प्रारम्भिक थलोको रुपमा विस्वस्त तुवाचु जायजुम को उन्नयनमा एक जनप्रतिनिधिको रुपमा केही योगदान गर्नु उत्सुकछु । मेरो यो उत्सुकतालाई मैले आफै पनि केही पल्ट यो पवित्र भूमीसँग सम्बन्धित संस्थाको केही मुख्य पदाधिकारी मित्रहरुलाई बताएको छु ।

मा. राजन राईको फेसबुकको स्क्रीन सट र कमेण्टहरु

कुन्नी किन उहाँहरुले चासो दिनु भएको छैन । यो कुराले मलाई हैरना बनाएको छ । विकास निर्माण, अझ भनौं साँस्कृतिक महत्वको सन्दर्भमा राजनीतिक बाधक हुनुहुँदैन भन्ने कुरा सबैमा अनुरोध गर्दै, २६औं अन्तराष्ट्रिय आदिवासी दिवसको सबैमा शुझकामना व्यक्त गर्दछु ।

मा. राईले राख्नु भएको स्टाटसलाई सकारात्मक टिप्पणी गर्दै किरात राई यायोक्खा जिल्ला कार्यसमिति खोटाङका सचिव युग्सन किरात लेख्नुहुन्छ, ऐतिहासिक स्थल प्रत्यक्ष रुपमा सरोकार राख्ने संस्था किरात राई यायोक्खा छ । यस मार्फत काम अगाडी बढाउ, हामी तयार छौं भनेर प्रतिक्रिया दिनु भएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्