-लोकराज जैसी

काठमाडौं । कम्युनिष्ट एकताको नाममा तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भएको करिब तीन बर्ष पुगिसक्दा सम्मपनि नेतृत्व तहमा एकरुपता र साँझा धारणाहरु बन्न सकिरहेको छैन ।

नेकपाका दुई अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच नै एकरुपताको वातावरण बन्न नसक्दा उक्त पार्टी गु’ट, उपगु’टको च’क्रब्यूमा फसेको हो ।

प्रचण्ड र ओलीले दुई पार्टीबीच एकता गरेर नेकपा बनाएको घोषणा गरेपनि पछिल्लो समयसम्म पुग्दा त्यो दुई पार्टीबीचको एकता नभै तत्कालिन नेकपा (माओवादी केन्द्र) का प्रचण्ड समूह र नेकपा (एमाले) का ओली समूहका नेता, कार्यकर्ताहरुबीचको एकता भएको पुष्टि समेत हुँदै गएको छ ।

तत्कालिन माओवादी केन्द्र र एमालेबीच एकता घोषणा हुँदा दुबै समूहको तर्फबाट प्रचण्ड र ओलीले भनेका थिए–‘अब माओवादी केन्द्र र एमाले दुबै छैनन । हामी विशाल कम्युनिष्ट पार्टी निर्माणको प्रकृयामा जोडिएका छौ ।’ तर राजनीतिक घटनाक्रमले उनीहरुले गरेको घोषणा गलत सावित गरिदिएको छ ।

प्रचण्ड समूहले मालेमावादी विचार, सिद्धान्तलाई लत्याउँदै एमालेमा पार्टी विलय गराउँने सड्यन्त्र गरेको भन्दै तत्कालिन माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल किराँतीले त्यो एकतालाई अभिजा’तवर्गिय एकता र गुटगत स्वार्थको राजनीतिका रुपमा आरोप लगाउँदै उनीहरुको एकता प्रकृया चल्दै गर्दादेखि नै पार्टी पुर्नगठनको तयारी गरेका थिए ।

उनले २०७४ मंसिर २२ गते प्रचण्डलाई माओवादी आन्दोलनको इतिहास धरापमा पारेर एमालेमा विलय हुने खालेको एकता स्विकार्य नहुने भन्दै आफुहरु आठौं महाधिवेशनको तयारीमा जुट्ने चेतावनीपूर्ण पत्र लेख्दै अघि बढेका थिए ।

उनले माओवादी केन्द्रको पुर्नगठन पक्षका नेता, कार्यकर्ताहरुको भेला गरेर आठौं महाधिवेशनको तयारी समूह ग’ठन गर्दै, महाधिवेशन सम्पन्न गर्दै, अहिले सम्म पुग्दा निर्वाचन आयोगमा दल दर्ता समेत गरेर, माओवादी केन्द्रको नाममा राजनैतिक, सामाजिक, संगठनात्मक गतिविधिहरु निरन्तर अघि बढाउँदै आएका छन ।

त्यस्तै एकताको नाम दिएको भएपनि एकताको तीन बर्षपुग्दै गर्दा नेकपा अध्यक्ष ओलीको गृह जिल्लाका सन्ध्या तिवारीले पुर्न नेकपा (एमाले) पुर्नगठनको प्रकृया थालिन ।

उनले गत असाढमा निर्वाचन आयोगमा दल दर्ताको प्रकृया समेत अघि बढाइन । यसरी एकतामा गएका दुबै पार्टीहरु अहिले पुर्न संगठित अवस्थामा देखिनुले प्रचण्ड र ओलीले गरेको पार्टी एकताको औ’चित्य पुष्टि नगरेको प्रष्ट देखिदै गएको छ ।

पार्टी एकता सैद्धान्तिक, वैचारिक एकरुपता सहित नभएको र त्यो तत्कालिन एमाले र माओवादी केन्द्रका नेताहरुको सिमित स्वार्थका कारण भएको र त्यी स्वार्थहरु अहिले ओलीले आफुले मात्र उपभोग गर्ने खालको हर्कत गरेपछि पुर्व एमालेका नेताहरु र पुर्व माओवादीबाट गएका प्रचण्ड समूहका नेताहरु समेत चिढिएको राजनीतिक घटनाक्रमले देखाउँछ ।

यसरी करिब ५५ बर्षपछि दुई पार्टीहरु एकतामा समाहित भएको भएको र त्यसले विश्व कम्युनिष्ट राजनीतिमा ठूलो प्रभाव पार्ने भनि प्रचार गरिएको प्रचण्ड ओली समूहको एकता अहिलेसम्म पुग्दा व्यक्तिगत निहित स्वार्थको अखडाका रुपमा पष्ट बन्दै गएको छ ।

कम्युनिष्ट पार्टी स्थापनादेखि पछिल्लो अवस्थासम्म पुग्दा, २०१९ सालको तेस्रो महाधिवेशनपछि दुई धारमा विभाजित भएका दुई कम्युनिष्ट धार र त्यसबाट विकसित माओवादी केन्द्र र एमालेको ५५ बर्षपछि एकता भएको भनिएको भएपनि त्यसले सार्थकता पाउन सकेन र ति पार्टीहरु पुर्नगठित बनेको देखिन्छ ।

यसरी निहित स्वार्थमा गरिएको एकतापछि मुलत नेकपाका दुई अध्यक्षहरुबीच शक्ति सन्तुलनको संघर्ष निरन्तर चल्दै आएको भएपनि हाल सम्पन्न स्थायी समितिको बैठक यताभने निक्कै आ’क्रामक रुपमा विवाद बाहिर आयो । अहिले त्यो वि’वादको रुपमा मात्र सिमित रहेको छैन, त्यसले विभिन्न गु’ट, उपगु’ट र कुरा नमिलेमा पार्टी वि’भाजनसम्मको दिशामा अघि बढाएको देखिन्छ ।

शुरुमा प्रचण्ड र ओली समूहको आन्तरिक सं’घर्षमा आधारित गुट निर्माण भएको भएपनि पछिल्लो समय पुर्व माओवादी समूहबाट प्रण्ड समूह गु’ट र हालका गृहमम्न्त्री बादल समूहको गु’ट गरि दुई खेमा देखिएका छन भने पुर्व एमालेबाट ओली, माधव नेतपा, झलनाथ खनाल र बामदेव गौतम गरी चार गुट बनेको देखिन्छ ।

हालै बसेको नेकपाको स्थायी समिति बैठकमा प्रचण्डले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजिनामा मागेपछि आ’क्रामक रुपमा बढेको वि’वाद अहिले छलफल र आन्तरिक सं’घर्षका हिसावले विभिन्न ६ गु’टमा अघि बढेको छ ।

तर ति गु’टहरुले पार्टीमा अन्तर सं’घर्ष चलाउने र बलियो एकताको भाव दिने भन्दा पनि वि’भाजनको दिशातिर धकेल्न खोजेको भन्दै नेकपाकै तल्लो तहका नेताहरुले चिन्ता गरेर नेतृत्वलाई वि’वाद मिलाउन आग्रह गरिरहेका छन।

यसरी सत्ताँरुढ नेकपाको निमार्ण तथा एकताको आधार नै कमजोर भएको कारण आज वि’वादको चरम अवस्थामा पुगेको कतिपयले विश्लेषण गर्ने गरेका छन ।

कम्युनिष्ट पार्टीहरु मुलतः विचार, सिद्धान्तमा एक रुपता सहित एक हुने वा वि’भाजन हुने गरेको देखिन्छ, तर नेकपाको एकता प्रकृया नेतृत्वको आन्तरिक स्वार्थको राजनीतिक सहमतिका आधारमा भएकाले त्यो धेरै नटिक्ने पुर्व माओवादी केन्द्र र एमालेका नेताहरुले नै तर्क गरिरहेका छन ।

अतः नेकपाको भविष्य लामो देखिन्न । तत्काल केपी ओलीले आफुले दुबै पदबाट राजिनामा नदिने प्रष्ट पारिसकेको अवस्थामा नेकपा भित्रको वि’वाद साम्यपार्ने बिन्दु नहुने उनीहरुनै बताउँछन ।

यसले नेकपालाई बलियो एकताको दिशामा भन्दा विभाजनको दिशामा डोर्याउने तर्फ नेताहरुको चिन्ता बढिरहेको छ । अतः अहिले नेकपामा देखिएको ६ गु’टहरुको अवस्था र त्यसका को को नेताहरु भन्ने बारेमा संक्षिप्त विषय यहाँ प्रस्तुत गर्दछौं ।

नेकपामा देखिएका ६ गु’टहरुः वि’भाजनको दिशातिर गु’टगत छलफल केन्द्रीत
क) पूर्व माओवादी पक्षका नेकपाका दुई गुट

१) प्रचण्ड गु’टः तत्कालिन माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड पछिल्लो समय आफ्नै पुर्व माओवादी केन्द्रका एकतामा आएकै नेताहरुको समेत विश्वास जित्न सकिरहेका छैनन । उनले माओवादी केन्द्रबाट एकतामा ल्याएको समूहमा रहेका मध्ये ४० प्रतिशतलाई नेकपाको केन्द्रीय सदस्य बनाएको भएपनि पछिल्लो समयसम्म पुग्दा सत्ताँ मोह र निहित स्वार्थगत प्रभावका कारण उनी आफ्नै समूहबाट एक्लिदै गएको घटनाक्रमले देखाउँछ ।

नेकपामा माओवादीबाट सचिवालयमा पुगेका तीनजना र स्थायी कमिटीमा पुगेका १९ जना प्रचण्ड पक्षका भएपनि अहिले भने अवस्था त्यही अवस्थामा छैन । रामबहादुर थापा बादल तटस्थ भुमिकामा देखिएका छन् र पछिल्लो समय उनले आफ्ने छुट्टै गुटको भेला, बैठक गर्ने र गुट बनाउएको समाचारहरु आएका छन। त्यस्तै लेखराज भट्ट ओली पक्षमा गएका छन् । अब प्रचण्डसँग मात्र १६ जना स्थायी कमिटी छन् त्यस्तै प्रचण्डलाई वर्षमान पुन, टोपबहादुर रायमाझी, लगाएतका नेताहरुको भने अहिले पनि साथ देखिन्छ ।

२) बादल गु’टः नेकपा भित्र बादल तीन शर्ष नेताहरु ओली, प्रचण्ड, नेपाल पछि शक्तिशाली गुटको तयारीमा देखिन्छन । एक सचिवालय सदस्य दुई स्थायी कमिटी सदस्य सहित ३७ केन्द्रीय सदस्य थापाको पक्षमा रहेको पछिल्ला गु’टगत बैठकले देखाएको छ । त्यसो त तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकिकरण हुँदानै थापाले आफ्नो समूहलाई बलियो बनाउदै लगेको थियो । पूर्व माओवादीको भागमा परेको ७ वटा जनवर्गाीय संगठन मध्ये ४ वटामा थापा पक्षको भागमा परेको थियो । जसमा मधेशी संगठनमा भने कसैको निर्णय भएको छैन । त्यस्तै जिल्लामा ७ जना अध्यक्ष र ९ जना सचिव थापा गुटले पाएको छ । माआोवदी केन्दको भागमा परेका मध्ये करिव एक तिहाइ सदस्य थापाकै गुटमा देखिन्छन ।अहिलेको अवस्थामा नेकपाको केन्द्रीय कमिटीमा थापा जता लाग्यो उतै पल्लाभारी हुने अवस्था प्रष्ट छ ।

नेकपाको चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा गृहमन्त्री थापासँग ३७ जना नेता रहेका छन् । थापा समूहमा नेताहरू देवप्रसाद गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, सावित्रिकुमार काफ्ले र सूर्यप्रकाश सुवेदी, श्रीराम ढकाल, सुरेश आलेमगर, अमृता थापामगर, इन्द्र आङबो, इन्द्रजित थारू, कुमारी मोक्तान र डाचाराज वाग्ले रहेका छन् । त्यसैगरी तारा घर्ती, दामा शर्मा, दिलीप महर्जन (भीष्म), नरेश भण्डारी, नारायण शर्मा पौडेल, नेपबहादुर चौधरी, परशुराम रम्तेल, पार्वती थापा, मनोज थापा, महेश्वर दाहाल, मायाप्रसाद शर्मा, यशोदा सुवेदी, युवराज भट्टराई, रामदीप आचार्य, लक्ष्मण पन्त, लक्ष्मीदत्त जोशी, लेखनाथ न्यौपाने, हरिबहादुर चुमान, हेमराज शर्मा ‘डायमन्ड’ र ज्ञानु बस्नेतको पनि साथ उनलाई छ।

त्यस्तै टेकबहादुर बलम्पाखी मगर, जयपुरी घर्ती, पूर्ण घर्ती, रुपा चौधरी, ज्वालाकुमारी शाह, दामाकुमारी शर्मा, दावा लामा, तिलक परियार, दीलिपकुमार प्रजापति, वीरमान चौधरी, झंकबहादुर मल्ल, महेन्द्र पासवान रहेका छन् । यीमध्ये नारायण शर्मा पौडेल र हितमान भने स्थायी कमिटीमा नपरेको भन्दै असन्तुष्ट भएपनि थापाको साथ भने छाडेका छैनन । तत्कालिन एमाले र माओवादी केन्द्र एकिकरण पूर्वनै प्रतिनिधिसभामा देवप्रसाद गुरुङ, पम्फा भुसाल, अमृता थापा र यशोदा सुवेदी गुरुङ तथा राष्ट्रियसभामा थापा आफैं र बिना पोखरेल दुई जना सांसद लिन सफल भएका थिए । त्यसैगरी संसदको शिक्षा समितिको सभापति रहेकी जयपुरी घर्ती पनि थापा समूहकै प्रभावशाली नेता हुन ।

ख) पूर्व एमालेबाट नेकपामा चार गु’टहरुः

३) ओली गु’टः प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीको गुट अहिले सबैभन्दा बलियो देखिन्छ । उनीसँग आफूसहित तीनजना सचिवालय सदस्य छन् । सचिवालयमा सदस्य ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल ओलीको गु’टमा छन् ।

स्थायी कमिटीमा १३ जना ओली पक्षमा भएपनि पछिल्लो समय पूर्व माओवादीबाट लेखराज भट्ट पनि थपिदा १४ जना पुगेका छन । ओली गुटले आफूसँग संसदीय दलमा आधाभन्दा बढी सांसद रहेको बताउँदै आएको छ ।

गुटगत बैठकको अवस्थाले पनि उनको गुटमा आधा जति संसद र धेरै केन्द्ीय सदस्यहरु रहेको देखिन्छ । ओलीको गुटमा सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल लगाएतका नेताहरु छन् । त्यस्तै महेश बस्नेत, ऐन महर लगायत पुर्व एमालेका जुझारु युवा नेताहरु पनि उनकै गु’टमा छन ।

४) नेपाल गु’टः सत्ताँरुढ नेकपा वरिष्ठ नेता माधव नेपाल सचिवालयमा आफू पक्षबाट एक्लै छन् । स्थायी कमिटीमा उनीसँग १२ जना रहेकोमा पछिल्लो समय योगेश भट्टराई र घनश्याम भुषाल उनको गु’टबाट टाढिएका छन् । उनीहरु बामदेव गौतमसँग नजिकिदै ओलीतर्फ पनि सकारात्मक बनेको देखिन्छ । नेपालसँग अब ८ जना मात्र देखिएका छन् । नेपालसँग भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट लगाएतका नेताहरुको साथ छ ।

५) खनाल गुटः नेकपा वरिष्ठ नेता खनाल गु’टमा पुराना नेताहरुले कमै विश्वास गरेको देखिन्छ । उनी सचिवालयमा एक्ला हुन् भने स्थायी कमिटीमा उनी पक्षका एकजना मात्र छन् । पूर्व प्रधानमन्त्री समेत रहेका उनी पछिल्लो समय प्रधानमन्त्री ओलीको राजीनामाको प्रष्ट पक्षमा उभिएका छन् ।

एमालेका राजनीतिमा समेत पुराना मानिएका खनाल गु’टगट राजनीतिमा भने पुराना नेताहरुलाई समेट्न सफल देखिएका छैनन । उनको गु’ट पनि त्यति सक्रिय छैन तर उनले सानो भएपनि गु’ट भने चलाउँदै आएको देखिन्छ । यसले नेकपाको वि’वाद र अबको विकल्पमा निक्कै महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

६) गौतम गु’टः सत्ताँरुढ नेकपाका नेता बामदेव गौतमको लामो समयदेखि चलिरहेको गु’ट सक्रिय रहेको छ । उनी सचिवालयमा आफ्नो गु’टका एक्ला हुन् । गौतमलाई पछिल्लो समय घनश्याम भुषाल र योगेश भट्टराईको पनि साथ देखिएको छ । उनी आफू सांसद नभएपछि केही सांसद सदस्य निकट छन् ।

गौतम यसअघि प्रचण्डसहित ओलीको राजीनामा माग्ने समुहमा भएपछि अहिले कुनैपनि गु’टमा नरहेको दाबी गर्दै आएका छन् । पूर्व एमालेमा रहदा देखिनै उनले अलग गुट चलाउँदै आएको देखिएको थियो, उनको पुरानो गुट अझै सक्रिय रहेको देखिन्छ । पार्टीभित्रका विषयमा उनले आफ्नो गु’टमा छलफल गर्ने समेत गरेका छन ।

तर पछिल्लो समय उनी ओलीसँग नजिकीएको कतिपयले अनुमानित कुराहरु सामाजिक सञ्जालमा समेत उल्लेख गरिरहेको पाइन्छ । तर उनको गु’ट भने सक्रिए नै रहेको देखिन्छ । निर्वाचनको समयमा ओली गु’टको कारण नै हार बेहोर्नुपरेको कारण उनी ओलीसँग तत्काल नजिक हुन नसक्ने कतिपय नेताहरुको आँकलन समेत छ ।

(माथिका गु’टगत सामाग्रीहरु विभिन्न नेताहरुको आन्तरिक बैठको अवस्था, त्यससँग सम्बन्धीत समाचारहरु र अन्य सामाजिक सञ्जाल/श्रोतबाट संकलन गरिएको हो । हरपल नेपालबाट/लेखक प्रेस सेन्टर नेपालको अधक्ष तथा नेकपा माओबादी केन्द्रको पोलिट ब्युरो सदस्य हुन्न । )