Logo

महिलाहरुको महान पर्व तीजमा “लकडा’उनको तीज” गीत सार्वजनिक


काठमाडौं । नेपालीहरुका विभिन्न चाडपर्वहरुमध्ये तीज पनि महिलाहरुले मनाउने महत्वपूर्ण चाड हो । तीजको अवसर पारेर यसबर्ष ‘लकडा’उनको तीज’ गीत सार्वजनिक भएको छ ।

परापूर्वदेखी धार्मिक एवं सांस्कृतिक प्रचलन अनुसार तीज पर्व मनाउँने क्रममा निरन्तरता दिदै यस बर्षको तीजमा उक्त गीत सार्वजनिक भएको हो । वास्तवमा यो विशेष परम्परागत पर्व हो ।

यो हिन्दु पर्व भए पनि अहिले सबैले मनाउने गरेका छन् । अहिलेको समावेशी समाजको लागि यो राम्रो पक्ष पनि हो । यसैले समभावनाको बोध गराउँदछ ।

यसपटक कोरना कहरले सार्वजनिक रुपमा तीज मनाउन नसकिने अवस्था छ तर पनि घरमै गीत संगीत सुनेर मनोरंजन होस् भनेर कलाकारहरुले तीजका बिभिन्न गीत संगीत सार्वजनिक गरिरहेका छन्।

यस्तैमा गीतकार तथा संगीतकार मनोज सिग्देल युरेशले तीज कोशेली ल्याएका हुन । यस गीतमा शब्द मनोज सिग्देल ‘युरेशु’ को रहेको छ भने स्वर विनय कार्की र कविता श्रेष्ठको रहेको छ।

गीतलाई संगीत संयोजन स्वयम गायक विनय कार्कीले गरेका हुन्। स्टुडियो भर्सनमा निर्माण गरिएको भिडियोमा विनय कार्की र कविता श्रेष्ठ फ़िचर्ड छन्।

भिडियोमा जनकराज अधिकारीको छायांकन र प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ। २०६५ साल देखि निरन्तर संगीत क्षेत्रमा सं’घर्ष गर्दै अघि बढिरहेका गीतकार सिग्देलले हाल सम्म ८ वटा गीत सार्वजनिक गरिसकेका छन्।

सम्पूर्ण नेपाली नारीहरुलाई यसै गीत मार्फत शुभकामना दिदै सिग्देलले सुरक्षित तरिकाले तीज मनाउन अनुरोध गरेका छन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्