Logo

एयर इन्डियाको जहाज दु’र्घटनामा कम्तिमा बिस जनाको मृ’त्यु


एजेन्सी-एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ शुक्रबार साँझ केरलको कोजिकोडमा दु’र्घटना हुँदा कम्तिमा २० जनाको मृ’त्यु भएको छ।

भारतीय अनलाइन स्क्रोलका अनुसार दु’र्घटनामा जहाजका दुई पाइलटसहित कम्तिमा २० जनाको मृ’त्यु पुष्टि भएको छ। यो संख्या बढ्न सक्ने स्क्रोलले लेखेको छ। विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु थिए। सबै यात्रुको उद्धार कार्य जारी छ।

त्यस्तै १०० भन्दा बढी यात्रु घा’इते भएका छन्। स्क्रोलका अनुसार ११२ जना घा’इतेलाई अस्पताल लगिएको छ। विमान दुबईबाट आइरहेको थियो। नेपाली समयअनुसार साँझ करिब ७ बजेर ४५ मिनेट जाँदा कोजिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दु’र्घटना भएको हो। विमान अवतरण क्रममा भारी वर्षा पनि भइरहेको थियो।

तस्बिरः हिन्दुस्तान टाइम्स

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्