Logo

राष्ट्रिय मानब अ’धिकार आयोगमा सुचिउन्मुख ४४ जातिहरुको डे’लिकेसन : यस बिषयलाई महत्वको साथ अगाडी बढाईने अध्यक्ष शर्माको उत्तर


सम्बाददाता, काठमाडौँ | राष्ट्रिय मानब अ’धिकार आयोगको कार्यालय हरिहर भवन ललितपुरमा सुचिउन्मुख ४४ जातिहरुलाई नेपाल सरकारले सूचीकरण गरी समुदायको मौलिक हक अ’धिकार सहित जातीय पहिचानको सुनिस्चित गरिदियोस भनि राष्ट्रिय आदिबासी जनजाती महासंघले डेलिकेसन सहित ज्ञापनपत्र बुझायो ।

राष्ट्रिय आदिबासी जनजाती महासंघको नेतृत्वमा आदिबासी किरात महासंघका पदाधिकारीहरुको उपस्थितिमा राष्ट्रिय मानब अ’धिकार आयोगका अध्यक्ष तथा पूर्व प्रधान न्यायधिस अनुपराज शर्मा ज्यु समक्ष राष्ट्रिय आदिबासी जनजाती महासंघ र आदिबासी किरात महासंघका अध्यक्ष चन्द्रसिंह कुलुङले ज्ञापनपत्र बाचन गरी आयोगका अध्यक्ष ज्यु समक्ष पेश गर्नु भएको थियो ।

आदिबासी किरात महासंघका महासचिब धिरेन सुस्तोचा वाहिङ र नैन सेटाल्चु जेरुङले समेत  समुदायहरुको मौलिक हक अ’धिकारका लागि  सुचिउन्मुख, अल्पसंख्यक, लोपन्मुख, सिमान्तकृत जातिहरुलाई सूचीकरण गरियोस भनि विचार पेश गरेको थियो भने अन्य सहभागीहरुले समर्थन गर्नु भएको थियो ।

आयोगका अध्यक्ष अनुपराज शर्मा ज्युले ज्ञापनपत्र बुझेपछि नेपालको इतिहासलाई ब्याख्या गर्दै भन्नु भयो  नेपालको सन्दर्भमा जिम्मेवारी तथा पदबिया हिसाबले जाति बनेको कुरा सत्य हो र यो बिषय आदिबासी जनजातीमा मात्र नभएर अन्य जातिमा पनि यो समस्या भेटिन्छ तथापी किरात समुदायमा राई पदवीलाई जाति बनेकोले वास्तविक पहिचान हराएर गइरहेको विश्लेषण गर्नु भयो ।

त्यसकारण आदिबासी जनजाती समुदायहरुको, समुदायक अ’धिकार सहित मानब अ’धिकारका बिषय सं’बेदनशिल रहेको र हरेक समुदायहरुको मौलिक हक अ’धिकार र पहिचानलाई सम्मानजनक उनीहरुको भाषा सस्कृति परम्परागत ज्ञानसिप मुल्यमान्यतालाई राज्यले संरक्षण गरी हरेक तहमा सहभागीता जनक अ’धिकारलाई सुनिश्चित पार्नु पर्छ ।

अन्तरास्ट्रिय महासन्धि आइ एल ओ १६९ लाई नेपाल सरकारले हस्ताक्षर गरेकोले समुदायक अ’धिकारलाई कु’ण्ठित पर्नु नहुने बताउदै अबको मुख्य एजेण्डाको रुपमा सुचिउन्मुख ४४ जातिलाई सूचीकरण गर्ने बिषयलाई अगाडी बढाउने प्रतिज्ञा गर्नु भयो।

सहभागीहरु चन्द्रसिंह कुलुङ, सुर्य कुलुङ, भलाकाजी थुलुङ, धिरेन सुस्तोचा वाहिङ, नैन सेटाल्चु जेरुङ, सुजन खालिङ, डेकेन्द्र मेवाहाङ, दिलिप खवास, कृष्ण बाहिङको उपस्थिति रहेको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्