Logo

प्रचण्ड भन्छन ओलीले मसँग ब’दला लिन खोजे


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड–माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरुले पार्टीमा चलिरहेको बहस पदको झ’गडा नभएको प्रष्टिकरण दिएका छन् ।

पार्टीसम्वद्ध सञ्चारकर्मीसँग बुधबार भएको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा विचार, नीति, विधि, पद्धतीका लागि सं’घर्ष भइरहेको बताए ।

केपी ओली र प्रचण्डको बीचमा पदको ल’डाई हो भन्ने प्रचार भइरहेको भन्दै चारै नेताले त्यसको खण्डन गरे । ‘पार्टीभित्रको बहसलाई जसरी पदको निम्ति छिनाझ’पटी हो कि भनिएको छ, त्यो होइन’ अध्यक्ष प्रचण्डले भने ।

आफूहरुले नेतृत्व लिन नभई पद त्यागका रुपमा पार्टी एकता गरेको र मंसिर ४ मा आलोपालो सरकार चलाउने सहमति पनि छाडेको स्मरण गर्दै नेकपा अध्यक्ष प्रचण्डले भने, ‘मैले त उदारतापूर्वक र झमेला पनि हुने देखेर सहमति गरेको हुँ । मलाई त प्रधानमन्त्री हुने हतारो पनि छैन, रुची पनि छैन ।’

पार्टीमा अध्यक्ष केपी ओलीसँग यस्तै विषयमा गम्भीर अन्तरसं’घर्ष चलिरहेको नेताहरुले बताए । अध्यक्ष प्रचण्डले अघि भने, ‘अहिलेको बहस पार्टीलाई विधि, पद्धती, विचारका आधारमा चलाउने हो कि पार्टी भनेको केही होइन, एकपटक निर्वाचित भएपछि नेता नै सबथोक हो भन्ने भन्ने बहस हो ।’

नेकपा अध्यक्ष प्रचण्डका अनुसार मंसिर ४  गते आफूलाई कार्यकारी अध्यक्ष बनाउने सहमतिपछि उनले स्थायी र केन्द्रीय कमिटीको एक/एक बैठकको अध्यक्षता गरे । त्यो बैठकमा जनवादी छलफल भएको थियो र त्यसले लिएका निर्णयहरु पनि मूलभूत रुपमै सही भएको उनको दाबी छ ।

तर त्यो सफलता अर्का अध्यक्ष केपी ओलीका लागि वि’डम्बना बन्न पुगेको उनले बताए । अब आफूहरु र’क्षात्मक हुने भयौं भनेर ओली समूहले भेला गरेर पोलिसी सिफ्ट गरेको भन्दै उनले भने, ‘पूर्व एमालेहरुलाई एक बनाउनुपर्छ । पूर्वमाओवादीमा पनि तान्नुपर्छ र प्रचण्डमाथि आ’क्रमण गर्नुपर्छ भनियो ।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्