Logo

दयाहाङ र निरञ्जलीको ‘बल्ल बल्ल भेट भो’ भिडियो सार्वजनिक


70 Views

काठमाडौ । कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र चार महिनादेखि ठप्प छ । चलचित्र क्षेत्र ठप्प रहेपनि म्युजिक भिडियोको छायाँकन भए सँगै भिडियो सार्वजनिक भईरहेको छ ।

चलचित्रमा चलेका केही कलाकारहरु म्युजिक भिडियोमा व्यस्त देखिएका छन । लकडाउन खुकुलो भएसंगै अभिनेता दयाहाङ राईले केही म्युजिक भिडियोमा काम गरिसकेका छन् । उनी अभिनित एक म्युजिक भिडियो शुक्रबार मात्रै सार्वजनिक भएको छ ।

मिलन चाम्सको निर्देशनमा तयार ‘बल्ल बल्ल भेट भो’बोलको म्युजिक भिडियामा अभिनेता दयाहाङले निरञ्जली लामासंग कम्मर मर्काएका छन् । साथमा क्षितिज सुवेदीलाई भिडियोमा हेर्न सकिन्छ ।

दीपक शर्माको शब्दरसंगीत रहेको यो गीतमा दीपा लामा र तेम्बा शेर्पाले स्वर दिएका छन् । कविराज गहतराजको कोरियोग्राफीमा धुलिखेलको मनोरम दृश्यमा सुदीप बरालले भिडियोको छायाँकन गरेका हुन् । भिडियोलाई धु्रवराज पराजुलीले सम्पादन गरेका छन ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347