Logo

पदम र मेलिना राईको ’सख्खर चिनी’ सार्बजनिक : गीतमा सरोज र आश्मा अभिनय


पदम राई र मेलिना राईको आवाजमा ’सख्खर चिनी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक गरिएको गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् ।

गीतमा डिपी खनालको शब्द रहेको छ भने शङ्कर थापा स्माइलको कम्पोज रहेको छ । गीतलाई सुमन केसीले एरेन्ज गरेका हुन् । भिडियोलाई गम्भिर बिस्टले निर्देशन गरेका हुन् भने सुबोल थापाले कोरियोग्राफी गरेका हुन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन् ।

गीतमा प्रेमीकालाई फकाउन प्रेमीले गरेको बयान र प्रेमीलाई खुसी बनाउन प्रेमिकाले स्विकार गरेको तारिफलाई शब्दमा र सङ्गीतमा प्रस्तुत गरिएको छ । गीतको अडियो तथा भिडियो सुन्दर बनेको छ भने सरोज र आश्माको जोडी सधैँ झैँ गीतमा निकै खुलेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्