Logo

रोजगार र तलव सुबिधामा कटौटी तथा मजदूर विरो’धी सम्झौताको विरोधमा ६ संगठन सडकमा श्रम ऐनको कार्यान्वयनमा गर्न राज्यलाई दवाव


78 Views

अरुणा मानन्धर

काठमाडौं । विभिन्न ६ वटा मज’दूर संघ, संगठनहरुले ‘रोजगार कटौटी, तलव सुबिधा तथा मज’दूर विरो’धी सम्झौता’ को विरो’धमा भोलि काठमाडौंमा सडक आन्दो’लन गर्ने तयारी गरेका छन । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोनाभाई’रस) को संक्र’मण र त्यसले पारेको प्रभाव देखाउँदै देशकै अब्बल तथा आर्थिक रुपमा सबल देखिने कम्पनी, संस्थान, कार्यालय र त्यसका मालिकहरुले श्रम ऐनको मर्म विपरित ढंगबाट श्रमिक वर्गमा सम’स्या पारेको भन्दै संघ, संगठनहरु आन्दो’लन गर्न लागेका हुन । नेकपा (माओवादी केन्द्र) निकटको क्रान्ति’कारी ट्रेड युनियन महासंघ नेपाल (रिफन्ट) लगाएतका अन्य राजनीतिक पार्टी निकटका र स्वतन्त्र मज’दूर सम्बद्ध संघ, संगठनहरुको संयुक्त आयोजनामा भोलि उक्त कार्यक्रम हुन लागेको बुझिएको छ । उक्त कार्यक्रम क्रान्ति’कारी ट्रेड युनियन महासंघ नेपाल (रिफन्ट) , अखिल नेपाल क्रान्ति’कारी ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन फेडेरेशन, नेपाल समाजवादी ट्रेड युनियन महासंघ, प्रगतिशिल समाजवादी नेपाल ट्रेड युनियन महासंघ र स्वतन्त्र ट्रेड युनियन महासंघको संयुक्त आयोजनामा हुन लागेको बुझिएको छ ।

रिफन्टका महासचिव समेत रहेका मज’दूर नेता मेघराज खत्रिले भोलिको कार्यक्रमका विषयमा आज प्रेस सेन्टर नेपालसँग कुराकानी गर्दै मजदू’रमारा प्रवृतिका मालिक र राज्यको नीतिको विरोधमा कोरोना कहरका बिचमा पनि आफुहरु सडकमा उत्रिन बाध्य भएको बताए । रिफन्टका महासचिव खत्रिले पछिल्लो समय सम्म पुग्दा मालिकहरुले मजदू’रहरुलाई आफुलाई आवश्यक पर्दा कामदारको रुपमा सम्झौता गरेरै पनि कामदार लिने र आवश्यक नलागेमा त्यहि सम्झौताको अप’मान गर्दै जबर’जस्त कामबाट निकाल्ने, समयमा तलब नदिने, काम छाड्न बाध्य पार्ने लगाएतका मजदू’रमारा गतिविधि बढाएकोप्रति राज्य निकाय समेतको मौन समर्थन जस्तो अवस्था देखिएकाले सडकमै उत्रिनुपर्ने अवस्था सिर्जना भएको बताए । उनले राज्यको नियम कानुनको पूर्णतया कार्यान्वयन गर्ने सर्त सहित दर्ता भएका संस्थान, कार्यालय, कम्पनीहरुमा काम गर्ने मजदू’रमाथि अन्याय हुने र त्यसमा राज्य निकाय मौन बस्ने कुरा दला’ल संसदवादको प्रभाव भएको प्रष्ट पारे । उनले राज्यले बनाएको श्रम ऐनको पूर्ण कार्यान्वयन मालिकहरुले नगरेकै कारणले मजदू’रहरुले तत्काल देखिएको समस्या भोग्नुपरेको भन्दै उनले राज्यलाई श्रम ऐनको कार्यान्वयन गर्नका लागि राज्य निकायलाई सचेत बनाए ।

त्यस्तै उक्त कार्यक्रमको विषयमा प्रेस सेन्टर नेपालसँग कुराकानी गर्दै रिफन्टका उपाध्यक्ष समेत रहेका अर्का मजदू’र वर्गका नेता रामप्रसाद मैनालीले मालिक र मदजू’रबिचको अधिकार तथा पेशागत सुरक्षाको संघर्ष वर्गिय समाज रहेसम्म चलिरहने भन्दै मजदू’र श्रमिक वर्गको राज्यसत्ताँ स्थापना मूख्य कुरा भएको बताए । उनले कम्पनी वा रोजगार संस्थाका मालिकहरु र राज्य निकाय जहिले पनि मजदूरको श्रमशोष’णका पक्षमा रहदै आएको र त्यो मुलुकको वर्तमान वर्ग विभेदी सामाजिक संरचनाका कारण उब्जेको उनको भनाई छ। उनले मजदू’र तथा श्रमिक वर्गको हक, अधिकारको दिर्घकालिन व्यवस्थापनको लागि संघर्ष, विद्रो’हको माध्यमबाट सर्वहारा वर्गिय राज्यसत्ताँ स्थापनामा सबैले योगदान गर्नुपर्ने धारणा राखे । उनले मजदूर वर्गमाथि राज्य तथा रोजगारदाता मालिकहरुले गरेको अन्य’यापूर्ण व्यवहारको विरोधमा उत्रिनुको अहिले विकल्प नरहेको भन्दै भोलि हुने उक्त कार्यक्रममा सबै क्षेत्रमा छरिएर रहेका श्रमिक सम्बद्ध संघ, संगठनहरु, मजदू’र वर्ग तथा आम जनसमूदायलाई सहभागि हुनका लागि आग्रह समेत गरेका छन ।

आयोजक संगठनहरुले दिएको जानकारी अनुसार भोलि ठिक एक बजें माईतिघर मण्डला चोकबाट उक्त विरो’ध र्याली शुरु हुनेछ । मजदूर हक, अधिकार सम्बन्धी विभिन्न नारा, ब्यानर सहित सहभागि भएका सबै त्यहाँबाट नारा लगाउँदै नयाँवानेश्वर चोकमा जाने र कोणसभा गर्ने बुझिएको छ । उक्त विरोधसभालाई आयोजक संगठनका नेताहरुले सम्बोधन गर्ने बताइएको छ । राज्यको मजदूरमारा नीतिका विरु’द्ध नेताहरुले व्यापक भण्डाफोर गर्दै मजदू’रको समस्या तत्काल हल गर्नका लागि दवाव दिने र अर्को चरणको आन्दोलनको उद्घोष समेत गर्ने बुझिएको छ । कार्यक्रममा राजधानीका विभिन्न स्थानमा छरिएर रहेका, कामदार, मजदू’र तथा नागरिकहरुको बाक्लो सहभागिता रहने आयोजकले अनुमान गरेको छ । कार्यक्रमको सबैखाले आन्तरिक तयारी र जिम्मेवारी समेत बाँडफाड भएको बताइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347