Logo

धरहराकाे ११ औँ तलाको ढलान सकियो


91 Views

काठमाण्डाै। धरहराकाे ११ औँ तलाको ढलान सकिएको छ । अघिल्लो हप्तादेखि सुरु भएको ११ औँ तलाको ढलान बुधबार सकिएको हो ।अब १२ औं तलाको काम सुरु भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । धरहरा पुनर्निर्माणको समग्र कामको अहिलेसम्मको प्रगति भने ४० प्रतिशत पुगेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवालीले बताउनुभयो ।

अहिले झण्डै २ सय ६० जना कामदार खटिएका छन् । लकडाउन हटेपछि धरहराको काम धमाधम भैरहेको पनि प्राधिकरणले जनाएको छ ।झण्डै ४२ रोपनी क्षेत्रफलमा बन्दै गरेको नयाँ धरहरा पहिलाको धरहरा भन्दा चौडा हुनेछ । पुरानो धरहरा झण्डै साढे ४ रोपनी क्षेत्रफलमा थियो । धरहरामा दुई वटा लिफ्ट पनि हुनेछ । भित्रबाट २२ तलाको हुने धरहरा बाहिरबाट भने बेसमेन्ट सहित ११ तलाको हुनेछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347