खेलकुदमा समेत विकास हुँदै हलेसी क्षेत्र
खोटाङ-युवाहरु परिवार, समाज, देश र विश्व परिबर्तन गर्न समक्ष हुन्छ । आजको २१औं शताब्दीको समाज यहाँ सम्म आइपुग्न समेत युवाहरुको वलिदानी र योग्दानको कारण सम्भव भएको हो ।
नयाँ जोशका साथ परिबर्तन चाहने युवाहरु आफुलाई समयसँगै खेलकुद क्षेत्रमा पनि रमाउँन चाहन्छन् । खेलकुदले नै विश्वमा युवाहरु स्थापित भएका छन् । यसैको सकारात्मक अनुसरन अनुरुप नेपालमा समेत छ, पाइन्छ ।
यसै अनुरुप खोटाङ जिल्लाका साथ हलेसी क्षेत्रमा समेत विश्व सर्वाधिक विश्व चर्चित खेल फुटवल पहाडको गाउँ गाउँमा स्थापित हुँदैछ । यसै अनुरुप हलेसी तुवाचुङ नगरपालीका वडा नं.१ मा सम्पन्न भएको खेलमैदानको उद्भाटन भएको छ ।

प्रतिनिधिसभाको संसदीय कोषबाट दशलाख सहयोग भइ सम्पन्न भएको उक्त मैदानलाई आर्थिक रुपमा व्यवस्थापन गर्न स्थानिय युवाहरुले मा. विशाल भट्टराई लगायत नेतृत्वहरुलाई समन्वय गरे पश्चात उक्त रकम विनियोजन भएको स्थानिय युवा नेता उदय राईले बताए ।
उद्घाटन खेलमैदानमा प्रमुख अतिथिको रुपमा नेकपा नेता अमेम्बर राई, अतिथिको रुपमा रुद्र बहादुर राई, हरि खड्का तथा कमल राई, कृष्णमाया राई, डुन्डुवीर राई, लालबहादुर राई, मनोज राई तथा स्थानिय समाजसेवी, राजनीतिक नेतृत्वहरु, अभिभाकहरु, खेलाडी, कलाकारहरुको उपस्थितिमा उद्घाटन भव्य रुपमा गरिएको स्थानिय एली किरातीले बताउनु भयो ।




