Logo

विसं २०६८ को जनगणनामा किन घट्यो, राईको जनसंख्या र भाषा वक्ता संख्या ?


292 Views

निनाम कुलुङ ‘मंगले’
यो लेखमा राई के हो/को हुन् ? अनि आठपहरिया, कुलुङ, खालिङ, जेरो, नाछिरिङ, बाहिङ, बान्तावा, मेवाहाङ, याम्फु, लोहोरुङ, साम्पाङ आदि किरातीहरु के हो/को हुन् ? उनीहरुको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि छ, छैन ? छ भने, कहाँ छ/कहाँ हो ? ती भूमि उनीहरुले कहिलेदेखि चर्चिदै आए ? भन्ने बारेमा यहाँ छोटोमा चर्चा गरिने छ ।

साथै नेपालका अन्य जाति वा समुदाय (जात वा समूह होइन, किन भने, जात वा समूह हुनलाई अरु जाति वा समुदायको भन्दा फरक अर्थात् छुट्टै भूमि, छुट्टै भाषा, छुट्टै धर्म, छुट्टै संस्कार, छुट्टै संस्कृति, छुट्टै रीतिरिवाज र आदि अनादि कालदेखि मान्दै आएको परम्परागत कानुन, मूल्य–मान्यता, हामी भन्ने भावना आदिको दरकार पर्दैन/चाहिँदैन !) जस्तै फरक अर्थात् छुट्टै भूमि, छुट्टै मातृभाषा, छुट्टै धर्म, छुट्टै संस्कार, छुट्टै संस्कृति, छुट्टै रीतिरिवाज र आदि अनादि कालदेखि मान्दै आएको परम्परागत कानुन, मूल्य–मान्यता, हामी भन्ने भावना आदि भएर पनि जानेर वा नजानेर हालसम्म राई ! करणको मारमा परेका कुलुङ लगायत किरातीहरुकोहरु साँच्चै अन्य जातिसरह स्वतन्त्र जातीय अस्तित्व छ त ? कि, बक–बक मात्रै गरेका हुन् ? अनि कुलुङ लगायत किराती जातिहरुको जनसंख्या कति छ ? जो राज्यबाट अभैm पनि छुट्टै जाति हुन् भनी मान्यता पाउन बाँकी छन् । त्यस्तै कुलुङ लगायत किराती जातिहरुको मातृभाषी संख्या कति छन् ? आदि–इत्यादि बारे केही लेख्ने प्रयास गरिएको छ ।

हुन त कुनै पनि जातजातिहरु स्वतन्त्र जातजाति हुन कि होइनन् ? भनी हेर्ने विभिन्न आधारहरु रहेको हुन्छ । जस्तै उनीहरुले परम्परादेखि चर्चिँदै आएको भूमि, उनीहरुले बोल्ने भाषा, उनीहरुले मान्ने धर्म, उनीहरुले दैनिक जीवनमा अपनाउने विधि–विधान आदि इत्यादि । जातजाति, भाषाभाषी, धर्म आदिको सम्बन्धमा महत्वपूर्ण कुरो के हो भने, राज्यले हरेक १०–१० वर्षमा गर्ने राष्ट्रिय जनगणनालाई पनि प्रमुख आधार मान्ने गरिन्छ । त्यसैले यो कोणबाट हेर्दा विसं २०६८ मा केन्द्रीय तथ्यांक विभागले गरेको ११ औं राष्ट्रिय जनगणनामा उल्लेख भएअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय १३ रहेको छ भने, कुलुङ मातृभाषी संख्याचाहिँ ३३ हजार १ सय ७० रहेको छ । यसरी हेर्दा कुलुङ मातृभाषीको संख्याचाहिँ जनसंख्याको तुलनामा लगभग पाँचहजार बढी रहेको देखिन्छ । यो विषयमा कुलुङ जातिको आधिकारिक मातृ संस्था ‘नेपाल किरात कुलुङ भाषा तथा संस्कृति उत्थान संघ’ (नेकिकुभातसंउसं) ले नेपालभरि कुलुङ जातिको जनसंख्या १ लाख ६० हजारदेखि २ लाखसम्म रहेको अनुमान गरेको छ । कुलुङ जातिका अगुवाहरुले विसं २०५७/०५८ देखि नै कुलुङ र राईबीचको भिन्नता र फरकबारे आप्mनो समुदायबीच व्यापक रुपमा बहस र छलफल गर्दै भए तापनि धेरै जसो कुलुङ जातिका मान्छेहरुले आपूmलाई अभैm पनि प्रस्ट रुपमा कुलुङ जातिका रुपमा चिनाउनेभन्दा पनि ‘कुलुङ राई !’ भन्ने/लेख्ने र कतिले त ‘राई !’ मात्रै भन्ने/लेख्ने गरेको हुँदा बाँकी कुलुङ जातिको जनसंख्या पनि ‘राई !’ मा गाभिन गएको छ । जसले गर्दा कुलुङ जातिको आधिकारिक जनसंख्या कम देखिएको छ ।

हाम्रो विशेष आग्रह हो । हुन पनि कसैले कसैको ‘म को हो/हामी को हौं ?’ भनी आफनैले निर्णय गर्ने आत्मनिर्णको अधिकारको हनन् गर्न मिल्छ ? कि कसो हौं राई ! सर/राईनी ! म्याडमहरु ?

तर, यस सम्बन्धमा आठपहरिया, कुलुङ, खालिङ, जेरो, नाछिरिङ, बाहिङ, बान्तावा, मेवाहाङ, याम्फु, लोहोरुङ, साम्पाङ आदि किरातीहरुको अवस्था भने फरक छ । जस्तै यहाँ एउटा आश्चार्य लाग्दो उदाहरण प्रस्तुत गरौं । विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार बान्तावा जातिको जनसंख्या ४ हजार चानचुन छ । तर, उनीहरुको मातृभाषी संख्या भने १ लाख ३२ हजार चानचुन छ । त्यस्तै साम्पाङको जनसंख्या १६ सय चानचुन छ । तर, उनीहरुको मातृभाषी संख्या भने, १८ हजार चानचुन छ । त्यस्तै किरातीभित्रको अल्पसंख्यक अर्थात् कम जनसंख्या भएको जाति मानिएको जेरो जातिको जातीय जनसंख्या नै आएको छैन । तर, उनीहरुको पनि मातृभाषी संख्याचाहिँ १७ सय चानचुन आएको छ । त्यस्तै राई ! जातिको पनि जनसंख्या ६ लाख २० हजार चानचुन छ । जबकि राई ! को जनसंख्या विसं २०५८ को राष्ट्रिय जनगणनामा ६ लाख ३५ हजार चानचुन थियो । १० वर्षमा १.५ प्रतिशतले मात्रै बढे तापनि विसं २०६८ को जनगणनामा राई ! को जनसंख्या कम्तिमा ७ लाख त पुग्नुपर्ने थियो । तर, … । त्यस्तै विसं २०५८ को जनगणनामा ३ लाख ७१ हजार चानचुन रकेहो राई ! भाषाको वक्ता संख्या भने, विसं २०६८ मा स्वात्तै घटेर १ लाख ५९ हजार चानचुन मात्रै छ । यो के भएको हो र यस्तो किन भएको हो ? यस बारेमा जसले ‘राई जात होइन भन्दै छ, उसको नागरिकता र तीन पुस्तेमा मात्रै होइन, जग्गा–धनी प्रमाणपूर्जा, स्कूल पढेको सर्टिफिकेट, ड्राईभिङ लाइसेन्स, पेन्सन पट्टा, विद्यार्थी परिचयपत्र, वृद्ध भत्ता परिचयपत्र आदिमा समेत राई ! छ भन्दै हिँड्ने राई सर र राईनी म्याडमहरुले प्रस्ट्याउनैपर्ने हुन्छ । खास गरी यो काम कथित् राई ! जातिको नाममा खुलेको राई ! यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र काठमाण्डौ जिल्ला प्रशासन कार्यलय रजिस्टर्ड/काजिप्रका दर्ता नम्बर–३२८/०४९/०५०) का हर्ताकर्ता बनेका राई सर/राईनी म्याडमहरुले गर्नेपर्ने हुन्छ । स्मरण रहोस्, ‘यायोक्खा’ कुनै माईकालाल राई ! को भाषा नभएर बान्तावा जातिको भाषा हो । तर, ‘यायोक्खा’को शाब्दिक अर्थ भने यो पंक्तिारलाई थाहा भएन । यसरी हेर्दा इतिहासमा उनीहरु (राई के–कति कारणले जातै हो ? भन्ने कनै विश्वासिलो र भर पर्दो तथ्य, प्रमाण र आधार नदिई एकोहोरो सुगा रटाई गर्दै राई जातै हो ! भन्नेहरु) नराम्रोसँग कलंकित हुने छन् । त्यस्तै हाम्रा भावी पुस्ता (नाति, पनाति, खनाति, जनाति, …) ले पनि राई जातिवाला राई सर/राईनी म्याडमहरुलाई नराम्रोसँग सराप्ने छन् ।

तर, हामी कुलुङ जाति वा भनौं समदायले त आगामी जनगणना (विसं २०७८ को १२ औं) सकेसम्म कुलुङ जाति र कुलुङ मातृभाषाको सही तथ्यांक प्रकाशित होस् भन्नका लागि अहिलेदेखि नै कुलुङ जातिको वस्ती रहेको प्रदेश, जिल्ला, गाउँ, वडा, टोल–टोल (भुईँ तहसम्म) मा गएर ‘हामी किन र कसरी कुलुङ जाति हो ?’ भन्नेबारेमा प्रशिक्षण दिने काम गर्दैछौं/गर्दैछ । र, केन्द्रमा पनि केन्द्रीय तथ्यांक विभाग (केतवि) सँग समन्यय गरेर प्रशिक्षण लिने (यो काम एक चरणमा भईसकेको छ) भई रहेको छ । यसमा कुलुङ जातिको आधिकारिक मातृ संस्था ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (कूलू गूसखोम)’ आप्mनो बुताले भ्याएसम्म लागि परेको छ ।

नेपालको सन्दर्भमा जातजातिका सम्बन्धमा भन्नु पर्दा/उदाहरण प्रस्तुत गर्दा बाहुन नेपालको एउटा जात मानिन्छ । अनि जसरी बाहुनभित्र निरौला, पाण्डे, घिमिरे, पोखरेल, गौतम आदि थरहरु हुन्छन् । त्यसरी नै कुलुङ भनेको पनि बाहुन भने जस्तै एक जाति हो । कुलुङ जातिभित्र पनि विभिन्न थर/उपथरहरु छन् । जस्तै थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, सैमालुङ, पिदिसै, सूर्वा, राजित्ति, थोप, छेन्हो, रिन्हो, गोक्तुलु, वालाखाम, वार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोरोखु, वारोखु, मोल्थो, ङोपोचो, छाप्दुलु, खाप्चिसिङ, रोतेम्बु लगायत ३ सय ६० वटाभन्दा बढी थर/उपथरहरु रहेको छ । संभवतः आठपहरिया, खालिङ, नाछिरिङ, जेरो, बाहिङ, बान्तावा, मेवाहाङ, याम्फु, लोहोरुङ, साम्पाङ आदि किरातीहरुमा पनि यस्तै थर/उपथरहरु रहेको छ र, नै उनीहरुबीचमा पनि आपस्तमा विवाहवारी चल्दै आएको छ । त्यस्तै जसरी कुलुङ जातिको उत्पत्ति थलो अर्थात् कुलुङ जातिको मूल थलो अर्थात् ऐतिहासिक भूमि सोलुखुम्बु जिल्लाको उत्तर–पूर्र्वी क्षेत्रको बुङ, छेस्खाम, गुदेल, सोताङ, पावै आदि गाविसका विभिन्न स्थानहरु (हाल महाकुलुङ र सोताङ गाउँपालिका) हुन् भने यी ठाउँलाई कुलुङहरु आफ्नो मातृभाषामा “मा कूलू” मात्रै भन्छन् ।

त्यस्तै कतिपय विदेशी लेखक तथा अन्वेषकहरु र नेपालका अन्य जातिले यो क्षेत्रलाई ‘महाकुलुङ’ (ग्रेटर कुलुङ) भनेर चिन्दछन् । हाल कुलुङको बाक्लो बसोवास सोलुखुम्बु जिल्लाको महाकुलुङ क्षेत्रबाहेक संखुवासभा, भोजपुर, सुनसरी, इलाम, झापा, सुनसरी, मोरङ र भारतको दार्जीलिङ, सिक्किम, आसाम, भुटान लगायतका ठाउँहरुमा छ भने नेपालकै तेह्रथुम, चितवन, धनकुटा, ताप्लेजुङ, पाँचथर, उदयपुर, सिराहा, कास्की, खोटाङ, काठमाण्डौ, ललितपुर, भक्तपुर, मुस्ताङ, धनुषा लगायत २६/२७ जिल्लामा कुलुङहरुको पातलो वस्ती रहेको छ । त्यस्तै आठपहरिया, नाछिरिङ, खालिङ, जेरो, बाहिङ, बान्तावा, मेवाहाङ, याम्फु, लोहोरुङ, साम्पाङ आदि किरातीहरुको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि होला । तर, ….

स्मरणीय छ, विसं २०५८/०५९ (यले दोङ ५०६१) मा चन्द्रसिंह कुलुङ, इन्द्र होनिति कुलुङ, टंक सोम्फोरु, प्रकाश लोवात्ती कुलुङ,प्रकाश राई “दीनदुःखी” (यो पंक्तिकारको त्यो बेलाको लेख्ने नाम), पत्तिबहादुर सोम्फोरु, मेखबहादुर कुलुङ, सूर्यबहादुर कुलुङ, इन्दिरा कुलुङ, पाण्डु राजित्ति लगायतको सक्रियतामा भाषाविद्हरु अमृत योन्जन तामाङ र डा. माधव पोखरेलको सहयोगमा कुलुङ भाषाको स्वर वर्ण र व्यन्जन वर्ण पहिचान गरिएको थियो । सोअनुसार कुलुङ भाषामा २१ वटा व्यञ्जन वर्ण र १२ वटा स्वर वर्ण पहिचान गरिएको छ । कुलुङ भाषामा दीर्घ मात्रै भएकोले लिपिवद्ध गरिँदा दीर्घलाई ह«स्व मान्ने र दीर्घ जनाउदा विसर्ग (ः) दिने वा ः चिन्ह प्रयोग गर्ने व्यवस्था गरिएको छ ।

कुलुङ जातिको अरु जातिको भन्दा भिन्न प्रकारको भाषा (मातृभाषा), भेषभुषा, चाड–पर्व, संस्कार, संस्कृति, रीतिथिति, रहनसहन, चालचलन, परम्परागत कानुन, मूल्य–मान्यता, हामी भन्ने भावना आदि रहेको छ । कुलुङ जातिमा जन्मदेखि मृत्युसम्मका सबै कार्यमा आफ्नै जातिका पूर्खाले मूख्य भूमिका खेल्छन् । जहाँसुकैका कुलुङले पनि मृत्युपछि मृतक (मृत–आत्मालाई) को आत्मालाई महाकुलुङको ‘पोम्लालुङ’ भन्ने ठाऊँमा फलँकदै (पतुर्दै) पठाउने गर्छन् । कुलुङ समुदायमा चलेको विश्वास र मान्यताअनुसार ‘पोम्लालुङ’ नै कुलुङ जातिको लागि ‘स्वर्ग’ हो । मृतकलाई यसरी ‘स्वर्ग’ अर्थात् ‘पोम्लालुङ’ पठाउँदा पुग्नुअघि मृतकको आत्मालाई पानी पिउन दिने ठाऊँ छ । यो ठाऊँलाई ‘पोम्ला काउ’ भनिन्छ । सो ‘पोम्ला काउ’ भन्ने ठाऊँ सोलुखुम्बु जिल्लाको तत्कालीन बुङ र छेस्खाम गासिको पेल्माङ भन्ने गाउँमा पर्छ । मृत्युपछि मृत–आत्मालाई पठाइने कुलुङहरुको स्वर्ग अर्थात् ‘पोम्लालुङ’ सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाको गुदेलमा पर्छ । जुन स्थललाई कुलुङ जातिले पवित्रस्थल मान्ने गरेका छन् ।

त्यस्तै विवाहमा चेली पक्षकाले ज्वार्इँ पक्षलाई सुक्तुलू (चुल्हा) मा दी (जाँड) र हाङ्मुवा (रक्सी) चढाउँदै ‘दीक–दरान’ (धिक–धरान) अर्थात् वागदत्ता दिएर सम्पूर्ण रुपमा सुम्पने गरिन्छ । सामान्यतया कुलुङ जातिमा २ पटक विवाह गर्ने प्रचन रहेको छ । पहिलो विहेसम्म चेलीको मृत्यू भइहालेमा माइतीले नै काजक्रिया गर्नु पर्छ । दोश्रो विवाह छिन्ती विवाह हो, जसलाई कुलुङ भाषामा ‘दाप्लो कुइम’ भनिन्छ ।

त्यस्तै कुलुङ जातिको आफ्नै जातीय पहिरन, गरगहना र मौलिक भेषभुषा र बाजागाजाहरु पनि रहेको छ । कुलुङ जातिमा जन्म संस्कार गर्दा बालबालिका जन्मेपछि जन्म दिने आमा (सुत्केरी) आफैले नाइटो काट्ने, भांग्रे सिस्नोको धागोले बाँध्ने, बच्चालाई भांग्राकै कपडाले बेरेर राख्ने, स्थान र समय अनुसार ५/७ दिनमा कटुस, उत्तिसको काँचो बोक्रा र हरियो पात मिसाएर कुटेको धुलोले बच्चा र सुत्केरीलाई नुहाई दिने गरिन्छ । यसरी नुहाएपछि चोखो भएको मानिन्छ । मृत्यु संस्कारमा भने अकालमा मरेकाहरुलाई खाडल खनेर, घरभन्दा टाढा जंगल, ओढार आदिमा काँडा बिच्छ्याएर, लासलाई नाँगै घोप्टो पारेर राखिन्छ र, फेरि लासमाथि काँडा, सिस्नो आदिले छोपेर पुरिन्छ । यस्तो मृत्युलाई कुलुङ भाषामा “हिल्सी” भनिन्छ । स्वाभाविक रुपमा मृत्यु भएकाहरुलाई भने घु¥यान वा घर नजिकैको बारीमा गाडिन्छ ।

ऊ वेला राज्यले दिएको छोटे राजासरहको ‘राई !’ पदवी/पगरी पाएकाहरुलाई भने किन राई लेख्नैपर्ने, के वाध्यता छ ? फेरि भन्ने नै हो भने, आज आएर इतिहास हेर्दा ऊ वेला त्यसरी ‘काजी’, ‘चौतरिया’, मुख्तिायार, मीर सुब्बा पाएका व्यक्तिका सन्तान–दरसन्तानहरुले भने, आफनो पिता–पूर्खाले पाएको काजी, ‘चौतरिया’, मुख्तिायार, मीर सुब्बा आदि पदवी भनौं पगरीलाई जात वा जाति मानेको देखिँदैन ।

कुलुङ जातिको चाडपर्वमध्ये नीङ दोङ (नयाँ वर्ष), मिनारी दाचाम् चाक्चाकुर, तोस, देदाम, नागी, आरावा, मोबो वा साप्लोपा, साइपोम/साइपोको आदि प्रमुख हुन् भने साह«ै अनिकाल प¥यो, दुःख, बिमार भयो भने मात्रै ‘देदाम’ गर्ने प्रचलन छ । तर, देदाम गर्नु साह्रै खर्चिलो हुन्छ । जोडी सुंगुर, असंख्य कुखुरा, दी र हाङ्मुवा (जाँड रक्सी) आदि इत्यादि चाहिन्छ भने उक्त कार्य गर्दा नोक्छोले सुँगुरलाई ढाडमा तरवारले हानेर मार्ने गर्छन् । तोस गर्दा ‘योंङ्कुलु’ अर्थात् पवित्र ढुंगा राखिन्छ । त्यस्तै नागी गर्दा ‘दी छारी’मा लीप् (घेम्पा) पिँधमा प्वाल पारेर राखिएको हुन्छ । जुन ‘दी’ ले सुक्तुलू (चुल्हो) पुजिन्छ । यो पूजा ठाउँ अनुसार फापर, जौ र कोदोको जाँडले गर्ने गरिन्छ । यसरी हरेक दृष्टिकोणले हेर्दा जाति हुन चाहिने प्रशस्त आधार भएको कुलुङ जातिलाई हालसम्म नेपाल सरकारको मातहतमा रहेको ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ (आजउराप्र) मा भने सूचीकृत गरिएको छैन । सरकारको यो वास्तालाई दुःखद मान्नुपर्ने हुन्छ । हुन त कुलुङ जाति हालसम्म अलग्गै जातिका रुपमा सूचीकृत नहुनुमा सरकारभन्दा पनि राई जातिवालाहरुको संस्था ‘राई ! यायोक्खा’ नामक गैर सरकारी संस्था (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र, रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) का हर्तार्ता राई सर राईनी म्याडमहरु मुख्य वाधकको रुपमा रहेका छन् ।

त्यसो त ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन’ (आजउराप्र) २०५८ को दफा दुई (क) मा ‘आदिवासी जनजाति हुनका लागि तोकिएको आधारहरु जस्तै “आदिवासी/जनजाति” भन्नाले आफनो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांकृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्छ ।’ भनिएको छ । यी आधारहरु हेर्दा कुलुङ जाति आदिवासी जनजाति सूचीमा सूचीकृत नहुनुपर्ने कुनै कारणहरु देखिदैन । किनभने, कुलुङ जातिको आफनो छुट्टै मातृभाषा, परम्परागत रीतिरिवाज, छुट्टै सांकृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास मात्रै नभएर कुलुङ जातिको त ऐतिहासिक भूमि ‘महाकुलुङ’समेत रहेको छ ।

खासमा ‘चुरो कुरो !’ भन्नु पर्दा हालसम्म कुलुङ जाति अलग्गै जातिको रुपमा सूचीकृत नहुनुमा कथित् ‘राई !’ जातिमा गभिएकोले गर्दा हो । जबकि राई ! भनेको नेपालको कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शाह राजा र राणा शासकहरुले दिएको ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘सरदार’, ‘खरदार’, ‘बैदार’, ‘कारबाही’ जस्तै आदि पगरी/पदवी मात्रै हो । हुन त पदवी वा पगरीको कुरो गर्दा ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘सरदार’, ‘खरदार’, ‘बैदार’, ‘कारबाही’ आदि भन्दा ठूलो पदवी वा पगरीहरु जस्तै ‘काजी, ‘चौतरिया’, मुख्तिायार, मीर सुब्बा आदि पनि थिए । तर, आज आएर इतिहास हेर्दा ऊ वेला त्यसरी काजी, ‘चौतरिया’, मुख्तिायार, मीर सुब्बा पाएका व्यक्तिका सन्तान–दरसन्तानहरुले भने, आफनो पिता–पूर्खाले पाएको काजी, ‘चौतरिया’, मुख्तिायार, मीर सुब्बा आदि पदवी ीवा भनौं पगरीलाई जात वा जाति मानेको देखिँदैन ।

तर, ऊ वेला राज्यले दिएको छोटे राजासरहको ‘राई !’ पदवी/पगरी पाएकाहरुलाई भने किन राई लेख्नैपर्ने, के वाध्यता छ ? फेरि भन्ने नै हो भने, आज आएर इतिहास हेर्दा ऊ वेला त्यसरी ‘काजी’, ‘चौतरिया’, मुख्तिायार, मीर सुब्बा पाएका व्यक्तिका सन्तान–दरसन्तानहरुले भने, आफनो पिता–पूर्खाले पाएको काजी, ‘चौतरिया’, मुख्तिायार, मीर सुब्बा आदि पदवी भनौं पगरीलाई जात वा जाति मानेको देखिँदैन । तर, ऊ वेला राज्यले दिएको छोटे राजासरहको ‘राई !’ पदवी/पगरी पाएकाहरुलाई भने किन राई लेख्नैपर्ने, के वाध्यता छ ? फेरि भन्ने नै हो भने,कसैले ‘राई !’, ‘काजी’, ‘चौतरिया’, ‘मुख्तिायार’, ‘मीर सुब्बा’ पाएका व्यक्तिका सन्तान–दरसन्तानहरुले भने, आप्mनो पिता–पूर्खाले पाएको ‘काजी’, ‘चौतरिया’, ‘मुख्तिायार’, ‘मीर सुब्बा’ आदि पदवी भनौं पगरीलाई जात वा जाति मानेको देखिँदैन । तर, ‘राई !’ पदवी वा भनौं पगरीप्रति भने, हाम्रो यो अतिशय प्रेम किन बाँकी नै रहेको होला ? प्रश्न बुझी नसक्नु र गम्भीर खालको देखिन्छ ।

किनभने, ‘राई !’ पगरी वा पदवीलाई नै हामीले जबरजस्ती जात मानेर गएमा नेपालका २२/२८ (हालसम्म राईकरणमा परेको किरातीहरु कति छन् ? भन्नेबारेमा विज्ञ भनिनेहरुबीच एक रुपता नभएको) भाषी किरातीहरुको अस्तित्व नामेट भएर जाने निश्चित जस्तै छ । तर, पनि कसैलाई ‘राई !’ प्रति अतिशय मोह छ, उनीहरु ‘राई !’ भन्ने पदवी वा पगरीलाई नै जात मान्न चाहन्छन् भने, उनीहरुले राई नै लेखून्, त्यसमा हाम्रो आपत्ति र विमति रहेन/छैन । तर, ‘राई !’ लाई नै जातिमा स्थापित गर्न वा भनौं पदवी/पगरीलाई नै जात मान्नेहरुले पनि ‘राई !’ प्रतिको मोह त्यागेर आफनो जातीय स्वपहिचानले चिनिन चाहने कुलुङ लगायत किराती जातिहरुलाई पनि राज्यले ऊ वेला दिएको छोटे राजासरहको पदवी/पगरी ‘राई !’ लाई नै जाति मानी राख ! किनकि तिमीहरुको नागरिकता र तीन पुस्तेमा मात्रै होइन, जग्गा–धनी प्रमाणपूर्जा, स्कूल पढेको सर्टिफिकेट, ड्राईभिङ लाइसेन्स, पेन्सन पट्टा, विद्यार्थी परिचयपत्र, वृद्ध भत्ता परिचयपत्र आदिमा समेत राई ! नत्र भने … ! नभनून् भन्ने हाम्रो विशेष आग्रह हो । हुन पनि कसैले कसैको ‘म को हो/हामी को हौं ?’ भनी आफनैले निर्णय गर्ने आत्मनिर्णको अधिकारको हनन् गर्न मिल्छ ? कि कसो हौं राई ! सर/राईनी ! म्याडमहरु ?
थप केही जानकारी चाहिएमाः ९८४९९८५९९७, ९८६२४३६०४९

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347