Logo

नेकपा वि’वाद : बामदेव गौतम भेट्न भैँसेपाटी पुगे प्रधानमन्त्री ओली


99 Views

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वि’वाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न गौतम निवास भैँसेपाटी पुगेका छन् ।

गौतम निवासमा पूर्व मालेमा लागेका नेताहरुलाई पनि बोलाइएको छ । गौतमले नेकपाको विवाद समाधानका लागि ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि ओलीले उनकै निवासमा भेट्न भैँसेपाटी पुगेका स्रोतले जनाएको छ ।

६ बुँदे सार्वजनिक गरे पनि उपाध्यक्ष गौतम प्रचण्डको अध्यक्षतामा बसेको नेकपा स्थायी कमिटी बैठकमा उपस्थित भएका थिए ।

यो पनि…प्रचण्डले स्थायी कमिटी बैठकमा भने, ‘कसैको ल’हड र उ’त्तेजनाबाट पार्टी विभाजन हुन दिनु हुँदैन’ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवार भएर पार्टीलाई वि’भाजनबाट जोगाउनु पर्ने बताएका छन् । उनले स्थायी कमिटीका सबै सदस्यलाई पार्टी एकता कायम राख्नका लागि आआफ्नो जि’म्मेवारी निर्वाह गर्न आग्रह गरेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘कमरेडहरु यो बेला उ’त्तेजनाको होइन, साहस र धैर्यको आवश्यकता छ । कसैको ल’हड र उ’त्तेजनाबाट पार्टी वि’भाजन रोक्नका लागि सबैले भूमिका खेलौँ । पार्टीलाई विधि र प्रक्रिया अनुसार चलाउनुपर्छ ।’

पार्टी एकताको समयमा गरिएको छलफल स्मरण गर्दै प्रचण्डले भने, ‘ठूलो बलिदान र योगदानबाट नेकपा बनेको हो । यसलाई कसैको ल’हड र उ’त्तेजनाबाट मुक्त गर्नुपर्छ । पार्टी ग’म्भीर मोडमा पुगेको छ । हामी सबैजना जिम्मेवार बनौँ । उ’त्तेजना र ल’हडमा हामी लाग्नु हुँदैन ।’

प्रचण्डले आफूले आजको भेटमा पनि ओलीलाई बैठकमा सहभागी हुन आग्रह गरेको बताए । उनले भने, ‘आज पनि हामीले उहाँलाई आग्रह गर्यौँ । तर उहाँले मान्नु भएन । यसअघि पनि उहाँ सबै बैठकमा उपस्थित हुनु भएको थिएन ।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347