Logo

अ’त्याधुनिक राफेल ल’डाकू विमान भारतका लागि प्रस्थान गर्‍यो


150 Views

साउन । भारतले खरिद गर्न लागेका फ्रान्सेली अ’त्याधुनिक राफेल ल’डाकू बिमानको एक खेप भारतका लागि प्रस्थान गरेका छन् । पहिलो चरणमा पाँच वटा ल’डाकू बिमान बुधबार भारतीय वायुसेनामा समाहित गर्ने कार्यक्रम छ ।

ती ल’डाकू बिमानहरु फ्रान्सको मेरिगन्याक हवाई अ’ड्डाबाट उडेका थिए । ती बिमान भारततर्फ प्रस्थान गर्नुअघि फ्रान्सस्थित भारतीय राजदूतावासले गरेको ट्वीटमा भारतीय वायुसेवाको क्षमता विकासमा राफेल बिमानको सहभागिताले महत्वपूर्ण योगदान गर्ने बताइएको छ ।

फ्रान्सेली बिमानमा सात जना भारतीय पाइलटको समूह समेत सहभागी छ । उनीहरुलाई फ्रान्सस्थित डासल्ट एभिएसन कम्पनीमा तालिम समेत दिइएको थियो ।

भारतले सन् २०१६ मा गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो प्र’तिरक्षा खरिदमा राफेल लडाकू बिमान समावेश थियो । निकै वि’वादबीच भारतको मोदी सरकारले ६० हजार करोड भारतीय रुपैयाँमा फ्रान्सबाट ३६ वटा ल’डाकू बिमान खरिद गरेको हो ।

नयाँ ल’डाकू बिमान जुलाई २९ का दिन भारतको अम्बाला आइपुग्ने छन् ।

लामो दूरीका मिटिओर हवाई क्षे’प्यास्त्र र स्काल्प जडित यी बिमानले पाकिस्तान र चीनका विभिन्न स्थानमा अचुक निशाना लगाउन सक्ने विश्वास गरिएको छ । (रासस/एएनआई) 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347