Logo

हलेसीमा गति लियो, शिक्षक संगठनले पनि


281 Views

खोटाङ, हलेसी-परिवार, समाज र राष्ट्रको आँखा भनेको शिक्षक हो । आजको समाज अथवा विज्ञान शिक्षकको कारण नै संभव भएको हो । आफुले लिएको ज्ञानलाई अरुमा प्रदान गर्दै शिक्षा, ज्ञान र उज्योलो छर्दै परिवार, समाज र विश्वलाई यहाँ सम्म आएको पाइन्छ ।

त्यहि शिक्षकहरुको पनि अझ मजवुत हुन संगठनहरु संगठित गर्दै आएको पाइन्छ । जसमा एकीकृत अखिल नेपाल शिक्षक संगठन पनि एक हो । हलेसी तुवाचुङ नगरपालीकामा यस संगठनको नयाँ सदस्यता विरणको क्रममा तारा राई, अम्बिका चौलागाई, सुमन खनाल र श्रवण कुमार साह गरी ४ जनालाई नयाँ सदस्य प्रदान गरिएको दिलिप वाम्वुलेले बताउनु भयो ।

नयाँ सदस्यता प्राप्तु गर्नु भएको सदस्यज्यूहरुलाई संगठनका जिल्ला उपाध्यक्ष क. अर्जुन दाहालको उपस्थितिमा तथा हलेसी नगरका अध्यक्ष क. मेथ बहादुर राईद्धारा सदस्यता वितरण गरिएको वाम्बलेले बताउनु भयो ।

स्मरण रहोस संगठन शक्ति र तागत हो । जहाँ संगठन हुन्छ, त्यहाँ चेतना, भावना र हामी भन्ने एकताको सद्भाव हुन्छ । नयाँ सदस्यज्यूहरुले संगठनको आभास गर्दै साँगठनिक भूमिका अदम्य साहसका साथ आफ्नो क्षमता प्रदान गर्नुहुनेछ । उहाँहरुलाई भावि दिनको शुभकामना छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347