काठमाडौँ । काठमाडौँ जिल्ला अ’दालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहवि’रुद्ध बे’इज्जतिसम्बन्धी मु’द्दा दर्ता गर्नुभएको छ । नायिका शाहले दु’व्र्यवहारको आरोप लगाइ आफ्नो च’रित्र ह’त्या गरेको उल्लेख गर्दै रु १० करोडको क्ष’तिपूर्तिको मागसहित नायक केसीले मु’द्दा दर्ता गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।

मु’लुकी अ’पराध सं’हिता, २०६४ को गा’ली बे’इज्जतिसम्बन्धी क’सूरको बे’इज्जति गरेमा हुने सजाय ९१० मा कसैले कसैको बे’इज्जति गरे वा गराइमा निजलाई दुई वर्षसम्मको कै’द वा २० हजारसम्मको ज’रिवाना वा दु’वै हुने व्यवस्था छ । तर विद्युतीय माध्यमबाट व अन्य आमसञ्चारका माध्यमबाट बेइज्जति गरे वा गराएमा निजलाई त्यस्तो सजायको थप एक वर्षसम्म कै’द र १० हजार रुपैयाँसम्म ज’रिवाना हुने व्यवस्था छ ।

बे’इज्जति गरेमा हुने सजाय ९२० मा कसैले कसैलाई बे’इज्जति गरे वा गराएको ठहरिएमा बे’इज्जति गरिएको व्यक्तिलाई कसूरको गम्भीरता, त्यस्तो व्यक्तिको प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बे’इज्जति गरेको भएमा त्यस्तो कुरासमेतलाई विचार गरी कसूरदारबाट मनासिब क्ष’तिपूर्ति र त्यस्तो व्यक्तिलाई कसूरदारबाट मु’द्दामा लागेको खर्चसमेत भराउनुपर्नेछ भन्ने व्यवस्था छ ।

सूचना अधिकारी कार्कीका अनुसार नायक केसीले यही व्यस्थालाई टेकेर रु १० करोड क्ष’तिपूर्ति माग गर्नुभएको छ । नायक केसीले आफ्नो चरित्र हत्या गरेको आ’रोप लगाउँदै नायिक शाहले कलाकार सङ्घमा उ’जुरी दिनुभएको थियो । नायिका शाहले चलचित्रमा काम गर्ने क्रममा दु’व्र्यवहार गरेको आरोप लगाएपछि वि’वाद चलचित्र सङ्घ हुँदै अ’दालतमा पुगेको खबर आजको समाचार पत्रले छापेको छ ।