Logo

माछा सगरमाथाको पानीको, बल्छिमा हलेसी आसपास


खोटाङ। स्वास्थ्य रहनको लागी माछा अतिआवश्यक भोजन । तर पहुँच सबै हुन्न आर्थिकको । विश्वको शिर सगरमाथाबाट वहने दुधकोशी र सुनकोशीको संगम स्थल त्रिधार्मिक स्थल हलेसी क्षेत्र । वर्षायामसँगै ठुला माछा मार्ने सिजन । हिउँमा पनि मारिन्छ ।

तर टिप उभौलीमा, धडिया उधौलीमा, तन्या (एक प्रकारको माछा मार्ने जाल) लगायत पनि संङ्लो पानीमा पनि मारिन्छ । तर वाडि आएपश्चात जाल, ठकौली, तन्या र बल्छीमा ठुला ठुला माछा मारिन्छ । चिसो बहने पानीको माछाको स्वाद नै वेग्लै । तागतको कुरै नगरौं, भन्नुहुन्छ सइन्द्र राई हलेसी दुर्छिम ।

यसपटकको जेष्ठ अन्तिमसँगै असारको समयमा १५ वटा बढी हलेसी आसपास ठुला माछाहरु बल्छीमा परे । ठुला माछा मध्येको धेरै पर्ने गाेंज तथा शहर । यी माछाहरुलाई बल्छीमा पार्न आधा केजी देखी ५ केजी सम्मको जिउँदो माछालाई बल्छीमा उनेर जिउँदै थाप्नु पर्छ ।

माछा सगरमाथाको पानीको, बल्छिमा हलेसी आसपास

 

त्यही जिउँदो माछा ठुला माछाले खाँदा बल्छीमा पर्छन्, भन्नुहुन्छ हलेसी धितुङ जयबहादुर राई ।यसपटक निकै गोंज माछा परेका अनुभव सुनाउनुहुन्छ सहिन्द्र राई, जसमा बतासेको माझीलाई जित्यौं । ठुला माछालाई पार्न ठेंड, सिद्रे कत्ले लगायतको माछा चारोको रुपमा राखिन्छ, भन्नुहुन्छ नरेन राई ।

यसपटक धिर्मिक स्थल हलेसी आसपास लगायत सुनकोशी र वारी र पारी धेरै माछा मारेको बताउनुहुन्छ टेकन राई । गोंज र शहरको लागी बल्छीमा थापिएको र थापेको माछाहरु हुन भनेर भन्नुहुन्छ गणेश मान्सुङ ।स्मरण रहोस कोशीको माछा माझीले मार्छ भन्ने समूदायको बुझाई भएता पनि कोशी आसपासका किराति समूदायहरुले अझ धेरै माछा मार्ने गरेको पाइन्छ, भन्नुहुन्छ एक युवा यन्जन राई ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्