Logo

यसर्थ ग’लत थियो, कमरेड बैध्य र कमरेड बि’प्लवको पार्टी वि’भाजन !


गोपाल किराती –सामान्यत: कम्युनिस्ट क्रा’न्तिकारीहरु र विशेषत: माओवादी कम्युनिस्टहरु एकतावद्व हुनुपर्छ, भनेर नेपाली जनताले जोडदार प्रेरित गरिरहेका छन। जुन, नामधारी कम्युनिस्ट सरकारको द’लाल तथा नो’करशाही पुजीवादी राजकीय अ’त्याचार बि’रुद्व स्वभाविक प्रतिकृया हो।

माओवाद त्या’गेर प्रचण्डहरु जब अ’भिजातवर्गीय (बु’र्जुवा) कम्युनिस्ट पार्टीमा पलायन भए, लगत्तै हामीले नेकपा (माओवादी केन्द्र) पुनर्गठन गर्यौं। कमरेड मोहन बैध्य र कमरेड बि’प्लव वि’भाजित नबनेको भए आफ्ना वैचारिक- राजनीतिक मतहरुसहित सहजै त्यहाँ जुट्न सकिन्थ्यो। त्यो सुबिधाको अभावमा पार्टी पुनर्गठन तथा स्वतन्त्र पहलकदमी नै एक मात्र सही राजनीतिक सं’घर्ष बन्न पुगेको छ।

फागुन ०७५ मा नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन सम्पन्न गरियो। महाधिवेशनको स्वीकृत प्रतिवेदनले ०६९ मा बैध्य र बि’प्लवद्वारा पार्टी वि’भाजनको समिक्षाको माग गरेको छ। त्यस आधारमा, खासगरी तत्कालीन पार्टी वि’भाजन सम्बन्धी केन्द्रीत रहेर यहाँ समिक्षा प्रस्ताव गरिन्छ।

१. पार्टी वि’भाजनको औचित्यवारे : कमरेड बैध्यको नेतृत्व तथा कमरेड बि’प्लवको जोडमा ०६९ मा एकीकृत नेकपा (माओवादी) को जसरी वि’भाजन गरियो, निम्न घटनाक्रमले त्यसको क्रा’न्तिकारी औचित्य पुष्टि हुन सक्दैन:

क. जनयु’द्वको जगमा क्रा’न्ति गर्ने भनेर पार्टी वि’भाजन गरिएको हो, तर त्यस्तो क्रा’न्तिको ठोस पहसम्म गर्न सकिएन। जे जत्ति गरिएको छ, त्यसले वि’भाजनको औचित्य पुष्टि गर्दैन।

ख. प्रश्न उठ्यो कि बैध्यको विभाजन सही थियो भने त्यसबाट तत्काल बिप्लवको वि’भाजन किन भयो? अर्को, बादलको पनि वि’भाजन र संसदीय पलायन के हो?

ग. वि’भाजनपछि बैध्य र बि’प्लवको स्थिति विचार गर्दा उहाँहरुले एनेकपा (माओवादी) मै रहेर दुई लाइन सघर्ष गर्नु पर्दथ्यो, जुन क्रा’न्तिकारी हुन्थ्यो। दृढतापूर्वक भन्न सकिन्छ, त्यसो गरिएको भए माओवाद नै त्यागेर संसदवादीकरण हुनबाट प्रचण्डहरुलाई वस्तुत: रोक्न सकिन्थ्यो। विचार रक्षाको प्रश्नमा रगत, आँसु र पशिनाको धारा बगाएर आएको बहुसंख्यक कार्यकर्ता माओवाद त्यागेर भाग्नेको पक्षमा किमार्थ लाग्दैनथे।

२. सम्बिधान निर्माणवारे : ०५७ को दोस्रो राष्ट्रीय सम्मेलनबाट अघि बढाइएको सम्बिधानसभाको कार्यनीतिमा बैध्य-बि’प्लव दृढ प्रतिबद्व रहन सकेको भए प्रथम सम्बिधानसभाबाट अधिकतम् प्रगतिशील सम्बिधानमा सहमति बनेकै हो। प्रथम सम्बिधानसभाको अन्तिम समयमा मिश्रीत शा’सकीय प्रणाली तथा मिश्रीत नामसहित दश प्रदेशको राज्य पुन: संरचनामा माओवादी र कांग्रेस-एमालेवीच सहमति भएकै हो। जुन निम्न अनुसार थियो ।

क. राष्ट्रपति र प्रधानमन्त्रीको क्षेत्राधिकार वि’भाजन गर्ने र जननिर्वाचित कार्यकारी राष्ट्रपति तथा संसद निर्वाचित प्रधानमन्त्रीको शा’सकीय प्रणालीमा सहमति भएकै हो।

ख. राज्य पुन:संरचना समितिको सिद्वान्त र राज्य पुन:संरचना आयोगको खाकाको आधारमा थरुवान-मधेसमा दुई प्रदेश तथा पहाडतर्फ लिम्बुवान-मेची, किरात-कोशी, ताम्सालिङ-इन्द्रावती, नेवा-बागमती, तमुवान-गण्डकी, मगरात-राप्ती जस्ता मिश्रीत नामको राज्य पुन:संरचनामा सहति भएकै हो।

तर, सिधै नयाँ ज’नवादी सम्बिधान खोज्ने उ’ग्र वामपन्थी ग’ल्तिका कारण प्रथम सम्बिधानसभा, जसमा माओवादीको प्रथम स्थान थियो, बिना सम्बिधान रित्तो हात फर्कनु पर्यो। दोस्रो सम्बिधानसभा निर्वाचनमा “जसरी हुन्छ, एकीकृत माओवादी ह’राउ” अभियान छेंडेको बैध्य माओवादीले कांग्रेस-एमाले मात्र होइन, राप्रपासंग समेत भ’ष्माशुरे ग’ठबन्धन गर्न पुग्यो।

ज’नयुद्व र जनआ’न्दोलनको कार्यादेश एवं मर्म वि’परीत द’लाल तथा नो’करशाही पु’जीवादलाई राज्यसत्ता हस्तान्तरण गर्ने काम वस्तुत: कमरेड बैध्यको पार्टी वि’भाजनले गर्यो।

घ’टनाक्रमको ठिक ढंगले विश्लेषण गर्दा माओवादी कम्युनिस्ट आ’न्दोलनलाई दक्षिणपन्थी वि’सर्जनमा पुर्याउने मुख्यत: प्रचण्ड र बाबुराम नै हुन,भन्नेमा कुनै बि’वाद छैन। परन्तु, सहायकमा वाम वि’सर्जनको जिम्मा बैध्य र वि’प्लवले लिनु पर्छ। पार्टी वि’भाजनको वस्तुसंगत एवं कठोर समिक्षाको आधारमा मात्र परिपक्व एकता सम्भव हुनेछ।

समिक्षाको यस प्रारम्भिक अभियानमा सक्रीय सहभागी भएर सर्वप्रथम माओवादीहरु र लगत्तै कम्युनिस्ट क्रा’न्तिकारीहरुवीच सुदृढ एकता गरी देश र जनताको माग सम्बोधनका निमित्त सबैमा अपील गर्नु आजको ऐतिहासिक एवं वस्तुगत आवश्यकता हो,भन्ने स्वत: स्पष्ट छ। ( गोपाल किराती नेकपा माओबादी केन्द्रको अध्यक्ष हुनुहुन्छ । )

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्