Logo

पूर्व माओवादी छिन्नभिन्न भए : प्रचण्ड दुः’खी छन


395 Views

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वि’वादले निकास नपाइरहेका बेला स्थायी समितिमा दुई धा’र देखिएको छ । एउटा धार प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्नुपर्ने पक्षमा छ भने अर्को माधव नेपालसँग ।

केपी ओलीसँग २०७७  मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्तावमा सहमति गरेका प्रचण्डले आफू यूटर्न भएलगत्तै २०७७ साउन  ५  गते  सोमबार पूर्वमाओवादी खेमाका नेता बोलाएर छलफल गरे । छलफलमा सहभागी एक नेताका अनुसार, केपी ओली पक्ष र माधव नेपाल पक्ष एक ढिक्का,  एकजुट रहेकाे  हुँदा आफ्नाे नेतृत्वकाे माओवादी खेमा पार्टी एकीकरण पछि आफूलाई छाडेर  छिन्नभ न्न बनेको भन्दै प्रचण्डले दुःख व्यक्त गरेका थिए ।

आफ्नाे नेतृत्वमा एमालेसंग एकीकृत भएकाे  माओवादी पार्टीका नेताहरू आज काेही केपी ओलीसंग काेही माधव नेपालसंग गएर उनीहरूकाे गुटलाई बलियाे बनाउने र  मलाई कमजाेर बनाउने  काम भएकाे भन्दै गुनासाे राखेकाे स्राेत बताउछ ।

‘माधव र ओली हाम्रा साथीलाई समेटेर एक ढिक्का छन्, तर हामी छिन्न भिन्न भयौं,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर, मलाई साथ दिने कोही भएन ।’ स्राेतका अनुसार, प्रचण्डको यस्तो गुनासोपछि नेताहरूले  आआफ्नाे धारणा राखेका थिए । सो क्रममा केहीले ओली र केहीले माधवसँग मिलेर अघि बढ्न सुझाएका छन् ।

केपीसँग नभई माधवसँग मिल्न सुझाव दिनेमा मात्रिका यादव, चक्रपाणि खनाल र देव गुरुङलगायत थिए । नारायणकाजी श्रेष्ठ पनि केपीसँग मिल्न नहुने पक्षमा छन् । वर्षमान पुन भने  कूटील रूपमा जता पुग्याे उतैकाे गुटकाे जस्ताे भूमिका रहेकाे  ठहर नेताहरूकाे रहेकाे छ । उनी दुवै समूह मिलेर अगाडि बढ्नुपर्ने नत्र सबैकाे भविष्य अन्धकार हुने  मत राख्ने गरेकाे स्राेत बताउछ।

टोपबहादुर रायमाझी, मणि थापा, हरिवोल गजुरेलले ओलीसँग मिल्नुपर्ने आवाज चर्को बनाउँदै लगेकाे प्रचण्ड निकट स्राेत बताउछ । २०७७ साउन ५ गते  सोमबारको खुमलटारको भेलामा पनि उनीहरूले प्रष्टै रुपमा ओलीको पक्ष लिएको बताइएको छ ।

लेखराज भट्ट र रामबहादुर थापा बादल पनि प्रचण्डसँग चिढिएका छन् । स्रोतका अनुसार, ढलपलजस्ता देखिएका  गृह मन्त्री थापाले पनि केपीलाई साथ दिने भन्दै लाइन प्रष्ट पारेको नेकपाका एक नेताले बताए ।

यो पनि पढ्नुहोस नेकपाकाे आन्तरिक वि’वाद : सहमतिको ‘बटम लाइन’ ! नेकपाको दुवै पक्ष सहमतिबाट निकास खोज्नुपर्छ भन्नेमा सहमत छ । तर अहिलेसम्म निकास निस्कने छाटकाँट देखिएको छैन । बरु, दुवै समूह गलाएर आफ्नो पक्षको पल्लाभारी बनाउने ध्याउन्नमा लागेका छन् ।

नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टी उपाध्यक्ष वामदेव गौतम सुरुमा केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने अडानमा थिए । तर प्रधानमन्त्री ओली दुवै पद छाड्नेमा सहमत हुन सकेनन् ।

त्यसपछि प्रचण्ड, माधव, जेएन र वामदेव समूह विवाद समाधानका लागि केही लचक देखिएका छन् । दुईमध्ये कुनै एक पद छाड्नुपर्ने विषयलाई उनीहरूले अहिले ‘बटमलाइन’ नै बनाएर अडिग भएर बसेका छन् । तर, बटमलाइन जे पस्के पनि प्रधानमन्त्री ओली भने अहिलेसम्म टसकोमस भएका छैनन् ।

अर्को पक्षको मागअनुसार दुईमध्ये एक पद छाड्नेमा प्रधानमन्त्री ओली कुनै पनि हालतमा सहमत हुने संकेत अहिलेसम्म पाइएको छैन ।  पार्टीलाई वि’भाजनबाट जोगाउन स्थायी समिति बैठक स्थगित गरेर नेकपाका अध्यक्षद्वय वान टु वान वार्तामा बसिरहेका छन् । केही दिनदेखि वान टु वान र त्रिपक्षीय वार्ताकाे यो क्रम पनि चलिरहेको छ । तर, दुई अध्यक्ष र माधव नेपालबीचको संवादबाट पनि कुनै निकास निस्किने कुनै संकेत देखिएको छैन ।

स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने प्रष्ट पारेपछि कसरी अघि बढ्ने भन्ने अन्योलता प्रचण्ड–माधव समूहमा देखिएको छ । बारंबार स्थायी समिति स्थगित पछि बस्न लागेकाे पार्टी सचिवालय बैठकले फेरि के कस्ताे माेड लिने हाे ? प्रतिक्षाकाे घडी भएकाे छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347