Logo

अङ्ग्रेजी जलपथ र ओली पानीजहाज -नियात्रा ३


1,235 Views

भिम राई

जिन्दगी भरि पलाएका दिलचश्पी रहरहरु पुरा गर्न सबैभन्दा उत्तम उपाय पानीजहाज नै हो भन्ने कुरो हामीले पुर्ववर्ति पानीजहाजहरुको यात्रा गरेर अनुभव गरि सकेको थियौ । किनभने पानीजहाज यात्रामा छँदा हरेक बन्दरगाहहरुमा आ’बिभार्व एउटा सुनौला बिहानीसँग सँगै अर्को एउटा नया सहरको जन्म भै रहेको हुन्थ्यो । तिनै प्रसूत नया सहरको नया प्रेम, माया र स्नेह सँगसँगै हरेक बिहानी हामी स्फूर्तिको साथ ब्युझि रहेको हुन्थ्यौ ।

तारासँग स्क्यानडेनिभियन मुलुकहरु मध्ये डेनमार्क, फिनल्याण्ड, स्वेडेन र नर्बेको यात्रा पहिले पुरा गरि सकेका थियौ । तर आईसल्याण्डबाट देखिने उत्तरि बत्ति ‘नर्दन लाइट’ हेर्ने समय मिलाई हाल्न सकेको थिएनौ, किनभने त्यो एकदम सहि समयमा हुन जरुरि थियो । तिनै माथि उल्लेख गरिएका राष्ट्रहरु सबै सुन्दर भएता पनि किन किन हामीलाई दोहर्याएर नर्वे जान मन लागि रहेको थियो ।

दोश्रो चोटि नर्वे जाने निधो गरेपछि ब्रिटानिय क्रुजबाट ‘नर्वेजियन फियोर्ड’ को एक हप्ते यात्रा मैले आरक्षण गरेको थिए । अरु राष्ट्र भन्दा नर्वेको प्राकृतिक रङमन्चिय दृश्य बन जगँल, खोलानाला, झरना, डाँडा काडा, ताल तलैया र हिमशिलाहरुको सुन्दर दृश्यबलोकन गर्न मन पराउने जो कोहिले त्यस यात्रालाई सम्भवत स्वर्गिय यात्रा भनेर मान्दथे ।

स्क्यानडेनिभियको ठिक बिपरित खडेरिले बयस्क हुन नपाउदै जिउदै सुख्दै गरेका खजुरका रुखहरु र सुर्यको नमिठो तापले टलक्कै टल्केका मरुभुमिको बालुवाहरु सङ्ग मितेरि गास्न त्यसको छ महिना पछि हाम्रो एघारौ पानीजहाज यात्रा ‘जेवेल अफ द सिज’ रोयल क्यारिबियनबाट पर्सियन खाँडी राष्ट्रहरुको दश दिने यात्रा पनि हाम्रो अग्रिम आ’रक्षण भएको थियो ।

अङ्ग्रेजी जलपथ र ओली पानीजहाज -नियात्रा ३, लेखक भिम राई र उहाँको साथी ।

ग्रिनविच समय अनुसार बिहानको दश बजे पानीजहाजको सहयात्री क्रिस र सानु सँग ‘ओसन टर्मिनल’ साउथाम्पटनको मुखैमा हाम्रो भेट भएको थियो । तारा र मैले एक दिन अगाडि नै घर छाडेर ‘लियोनार्डो राजकिय होटल’ मा एक रात बास बस्न पुगेका थियौ ।

‘होटलको समय कस्तो रह्यो र?’ क्रिसले हामीलाई भेटने बितिक्कै जिज्ञासा ब्यक्त्त गरे ।

प्रश्नको प्रति उत्तरमा रातभरि पोखिएको मुशलधारे बर्षाले होटलको छानोमा भरेको सङ्गितसँग सुत्न सकेनौ भन्ने अशुभ समाचार बेखुशि हुदै उसलाई सुनाए । गत रात बर्षिएको तिनै बेसरम मुतले बिहानि पखसम्म सहरका बाटो घाटो बेस्सरि भिजाएको थियो । हाम्पसायर जिल्लाको मध्यवर्ती भाग हुदै बहेर आउने ‘इटचन नदी’ साउथाम्पटान पानीको मुख सम्म नपुग्दै कालो र मैलो भएर त्यसबेला सम्म उर्लि रहेको देखिन्थ्यो ।

हाम्रो भेटघाट पछि नजिकै रहेको कार पार्कमा आ-आफ्नो कार पार्क गरेर राख्यौ । र, लुगाफाटाले टन्न भरिएको एक एक वटा रबरका बाकस सडकको पेटिबाट सरर गुडाउदै बन्दरगाह तर्फ लाग्यौ । साउथाम्पटनमा अबस्थित त्यो बन्दरगाह बेलायति पानीजहाज ‘पि एन्ड ओ’ क्रुज कम्पनिको घरायसि बन्दरगाह थियो । हामीले त्यँही बन्दरगाह बाट पटक पटक अन्य कम्पनिका पानीजहाजहरु चढेका भएता पनि ‘पि एन्ड ओ’ कै पानीजहाज प्रथम पटक चढदै थियौ ।

बिश्वको सबैभन्दा ठुलो रोयल क्यारेबियनको ‘सिम्फोनि अफ द सिज’ सेवाको लागि बिश्र्वमा हाजिर भएको थियो । जस्लाई निर्माण गर्न १ बिलियन ३५ मिलियन डलर लागेको थियो । त्यो स्टर्लिङ्ग पाउण्ड वा अमेरिकन डलर नेपालीमा रुपान्तरण गर्दा खै कति हुने होला भनेर बिचरी बुईपामा हुर्केकी तारालाई के थाहा होला र???

सहरमा रातभरि पानी परेको भएता पनि बिहानी पख तिरिरि घाम देखा पर्दै थियो । त्यति सफा गरि खुलेको निलो आकास मुनिको त्यो दिन १० जुन २०१९ को थियो । हामी चार जना ढल्किदै ढल्किदै सडकको पेटिमा हिडेर बन्दरगाहको अध्यागमन हल भित्र छिरेका थियौ । डेढ सय बर्षको बेलायति पानी जहाजको इतिहासमा सबैभन्दा ठुलो पानीजहाज झ्यालबाट देखेर हामी केहि बेर स्त’ब्ध भयौ ।

ब्यस्त बेलायति जिन्दगीबाट भागेर एक हप्ता छुट्टि मनाउन जाने प्रफुल्ल मुद्राका यात्रुहरुले अध्यागमनको हल खचाखच भरिएका थिए । त्यँहा देखीएको धेरै जसो यात्रुहरु पेन्सन पाकेका बुढापाकाहरु मात्रै थिए । अन्य पानीजहाज भन्दा बेलायति पानीजहाजहरुमा अलिक बढि नियम पालना गर्नु पर्ने भएकोले लैन छोकडाहरुलाई यात्रामा जान त्यति धेरै प्रोत्साहित बनाउदैन थियो । हामी हल भित्र पसेपछि बिस्तारै भिडको पछि पछि लाग्यौ । र बिजुलिबाट चल्ने स्वचालित भर्याङ्गबाट माथीलो तलामा उक्लियौ ।

माथिलो तलामा लहरै टेबलहरु राखिएका थिए । हामी त्यहाँ पुग्ने बितिक्कै कर्मचारिहरुले हाम्रो कागज पत्रहरु जाँच गर्न थाले । हामीले अग्रिम आ’रक्षित गरेको कोठाको नम्बर जाँचे पछि पानीजहाजको कोठा खोल्ने चाबी ‘कार्ड’ कर्मचारिहरुले हामीलाई हस्तान्तरण गरि दिए ।

अङ्ग्रेजी जलपथ र ओली पानीजहाज -नियात्रा ३, लेखक भिम राई र उहाँको साथी ।

त्यो कार्डले हाम्रो कोठा खोल्न मात्र नभएर पानीजहाज भित्र भएको दश वटा रेस्टुरेन्टहरुमा खाना खान, दोकानमा लुगाफाटा र गहना खरिद गर्न र तेर्ह वटा भ’ट्टि पशलहरुमा पे’य प’दार्थ किन्न पनि सहजै सकिने थियो । जतिबेला पायो त्यतिबेला सहज तरिकाले तिर्न मिल्ने प्लास्टिक कार्डमा कति खर्च भयो भनेर सुर्ता गरि रहन पनि पर्दैनथ्यो । एक्कै चोटि पानीजहाज छाडने बेलामा जमिनमा भन्दा दोब्बर महँगो माल समान खरिद गरेको एक मुष्ट हिसाब निस्कदा मात्रै टाउको फुलिएर आउने गर्दथ्यो ।

पानीजहाजका कर्मचारिहरुले कागजि काम सकेपछि हाम्रा सुटकेसहरु उनीहरु सँगसँगै राखे । अनि हामीलाई एउटा ठुलो निलो कार्ड दिए । त्यसको साथ साथै ध्वनि प्रसारक यन्त्रबाट त्यस रङ्गको कार्डलाई उदघोषण नगरिन्जेलसम्म कुर्सिमा आरामले बस्नोस भनेर उनीहरुले अनुरोध गरे ।

मनभरि एक हप्ता यात्रामा गरिने रमाईलो क्षणहरुको कल्पना गर्दै गर्दै आरामदायि कुर्सिमा हामी थपक्कै बसि रह्यौ । पानीजहाज यात्रामा जाने मानिसहरुको भिड बढेर मुनि तला सम्म पुगि सकेको त्यँही कुर्सिबाट देखिन्थ्यो । त्यति धेरै मानिसहरुको हुल देखेपछि बिश्व भरि सेवा दिई रहेको ३ सय १८ वटा क्रुजहरुको बारेमा हामीले एक अर्कामा केहि बेर कुरो गरि रह्यौ । हरेक दिन पाँच लाख सैतिस हजार मानिसहरु बोकेर धर्तीको एक ठाउँ देखी अर्को गन्तब्यसम्म तिनै पानीजहाजहरुले सेवा पुर्याई रहेका हुन्थे ।

नेपाल कम्युनिस्ट पार्टीको सरकारले ता’मझामको साथ पानीजहाज किन्ने कार्यलय खोलेको समाचार सुन्नमा आएको थियो । निकट भबिष्यमा आफ्नो देशको चन्द्र सुर्य झण्डा भएको पानीजहाजबाट यात्रा गर्न पाईनेछ भनेर ताराले धेरै खुशि प्रकट गर्दै हामी सबैको अगाडि मुख खोलिन ।

अङ्ग्रेजी जलपथ र ओली पानीजहाज -नियात्रा ३, लेखक भिम राई र उहाँको साथिहरु ।

दुवै पट्टिको गाला दोब्रिएर कान कानसम्म पुर्याएर छाडेकी मुस्कान सहितको उनको आशाबादि कुरो सुनेर मलाई मनमनै हल्का पिर पर्यो । किनभने त्यो ब्रिटानिय क्रुजको निर्माण गर्न ४७३ मिलियन पाउण्ड लागेको थियो । अझै पोहोर साल देखी ६,६०० यात्रुहरु बोक्न सक्ने क्षमता भएको बिश्वको सबैभन्दा ठुलो रोयल क्यारेबियनको ‘सिम्फोनि अफ द सिज’ सेवाको लागि बिश्र्वमा हाजिर भएको थियो । जस्लाई निर्माण गर्न १ बिलियन ३५ मिलियन डलर लागेको थियो । त्यो स्टर्लिङ्ग पाउण्ड वा अमेरिकन डलर नेपालीमा रुपान्तरण गर्दा खै कति हुने होला भनेर बिचरी बुईपामा हुर्केकी तारालाई के थाहा होला र???

हरियो, कालो र बैजनि रङ्ग पछाडि निलो कार्ड बोक्ने मानिसहरुको पानीजहाज चढने पालो आएको थियो । ध्वनि प्रसारक यन्त्रबाट निलो रङ्गको कार्ड बोक्ने मानिसहरु अध्यागमन छेउमा जानु होला भन्ने उदघोष हुने बितिक्कै हामी अरु भन्दा अगाडि अध्यागमन तर्फ लाग्यौ । सुरक्षा ढोकामा हाते झोलाहरुको साथ साथै हाम्रा शरिरहरु जाचिए पछि हामी हिडदै पानीजहाज भित्र पस्ने सानो पुल ‘ग्याङ्ग वे’ लाई पार गर्दै भित्र पस्यौ ।

फिलिपिनो महिला कर्मचारीहरुले पानीजहाज भित्र पस्ने बितिक्कै हामीलाई पानीजहाजमा स्वागत छ तर सबैभन्दा पहिले सोर्हौ तलामा जानु होला भन्ने निर्देशन दिए । हाम्रा कोठाहरु क्रमशस् जि ७०८ र जि ७१० आठौ तलामा भएता पनि कोष्ठ परिचरहरुले कोठाको साफ सफाई त्यति बेलासम्म गरि सकेका थिएनन् रहेछ । महिला कर्मचारीहरुको निर्देशन पालन गर्दै बिजुलिको लिफ्ट चढेर हामी सोर्ह तलामा पुग्यौ ।

लिफ्टबाट निस्कने बितिक्कै टोस्टरमा डढदै गरेको रोटिका मगमग बासना हाम्रो थेप्चे नाकमा सिधै आएर ठोकिन थाल्यो । रोटिको बासना त्यति नजिकै सुँघेर, ‘बल्ल मलाई भोक लाग्यो,’ ताराले हत्तर पत्तर गरेर भनिन । हामी त्यसबेला सोर्हौ तलामा अबस्थित ‘होरिजन’ बफेट रेस्टुरेन्टको मुख्य ढोका बाहिर पुगि सकेको थियौ । जहाँ हरेक बिहानको छ बजे देखि भोलि बिहानको दुई बजेसम्म टनका टन खानाहरु खाने काम हुन्थे ।

‘पानीजहाज यात्राको एउटा अशल पक्ष भनेको खानेकुरो पनि हो ।’

अङ्ग्रेजी जलपथ र ओली पानीजहाज -नियात्रा ३, लेखक भिम राई र उहाँको साथि ।

धेरै लामो समय पछाडि क्रिसले बोलेको त्यो बाक्यंश डढदै गरेको बेकनको गन्ध सँगै मिसिएर म नजिकै आई पुगेको थियो । उसको भनाईमा शत प्रतिशत सहमत हुदा हुदै म ढोका भित्र छिरि सकेको थिए । जहाँ हाम्रो आँखाले देखिन्जेल सम्म भेगन, शाकाहरि र मां’साहारि तिनै प्रकारमा अङ्ग्रेजि, भारतिय, चाईनिज, टर्किस, जापानिज, मेक्सिकन र भुमध्यसागरिय खानाहरु सजाएर राखिएका देख्न सकिन्थे । गोमन सर्पको जिब्रो झै घरि घरि बाहिर निस्कि रहने ताराको जि’ब्रो फ्रेन्च फ्राइज, बर्गर, पिज्जा, पानकेक, अमलेट, नुडल्स र सलाद बाडने छुट्टा छुट्टै स्टेसनहरुमा तारा सँगसँगै डुलि रह्यो ।

‘खै तपाईहरु के के लिनु हुन्छ, कुन्नि र?’ भन्दै म चाँही नुडल्स स्टेसन तिर लागे ।

एउटा खालि थाल टिपेर बिभिन्न प्रकारका सामुन्द्रिक माछाहरुको चुलि बनाएर नुडल्स बारमा केहि बेर खडा भै रहे । मेरो पालो आएपछि खानै नपाएर म’र्न लागेका निमछुरो चाईनिज भान्से भिक्टर गोउको छेउमा पुगे । भरर बलि रहेको आगोमा ताति रहेको कराहिमा दुई चार चोटि डाडुले चुटेर मेरो लागि नुडल्स र माछाको मिश्रित भोजन उसले तयार गरि दियो ।

भान्सेले तयार पारेको तातो तातो नुडल्स दाहिने हातमा बोकेर रेस्टुरेन्ट बाट बिस्तारै हिडदै बाहिर निस्के । केहि बेरमा तारा, क्रिस र सानु पनि खाना बोकेर साउथाम्पटनको दृश्यबलोकन गर्दै गर्दै खान म बसि रहेको ठाउँ ‘लाईडो डेक’ मा आई पुगे ।

कुर्सिमा आरामले बसेर खाना खान लाग्दा दुर दृष्टिमा देखिने पोर्टसमाउथ हारबरबाट आएको मन्द मन्द बतासले हाम्रो गालामा यदाकदा छोई रहेको जस्तो आभास हुन्थ्यो । दिउसोको त्यति सफा मौसममा ईटचन नदी र टेस्त नदीको सङ्गममा अबस्थित ओसन टर्मिनलको पानी माथि आकास तिर छाती फर्काएर उतानो परि रहेको ब्रिटानिय क्रुजको सोर्हौ तलामा मध्यान्हको खाना खादै खादै बेलायति आमाको काखैमा रहेको सेतो टापु ‘आईल अफ ह्वाईट’ को सुन्दर दृश्य हामीले नियालि रहेका थियौ ।

अङग्रेजी गित सँगसँगै धेरै जसो यात्रीहरु जहाजको बार्दलिमा उभिएर भुईमा कमिला जत्रा देखिने मानिसहरु सँग हात हल्लाएर बिदाई गर्न थाले । जम्मा ४,३२० जना यात्रु र १,३९८ कर्मचारिको साथमा भिमकाया पानीजहाजले बिस्तारै बन्दरगाह छोडदा उदाश भावमा ब्रिटानियको छोटो ईतिहास मेरो मानस पटलमा नाँचि रह्यो ।

सबैजना ब्यस्त भएर टेबलमा लन्च खाने क्रममा कसैको मुख बाट एक्कै शब्द पनि फुत्किन सकेका थिएनन् । केहि बेरमा घुम्ति पे’य पदार्थको सेवा प्रदान गर्ने उत्तर पुर्वि भारतकी युबती मोनिकाले एक गिलास बियर र तीन गिलास सेतो वाईन लिएर हाम्रो टेबलमा हाजिरि जनाईन । एउटा खुट्टा कँगारुको जस्तै बाङ्गो बनाएर प्रचलित राजकिय सम्मान गरे जस्तै नक्कल पारिन र हामीले मागेको पेय पदार्थ टेबलमा थपक थपक राखि दिईन । हामीले उनलाई धेरै धैरै धन्यबाद भन्ने बितिक्कै त्यहाँ बाट बिलय भईन ।

खाना खाई सकेपछि इन्डोनेशियन युबतीले तीन वटा कफि र मेरो लागि एउटा ‘अर्ल ग्रे’ चिया ल्याएर टेबलमा उपस्थित जनाईन । केहि बेरमा दुईजना फिलिपिनो युबतीहरुले तागालोक भाषामा गित गाउदै गाउदै किस्तिमा थपनि केकहरु डुलाई हिडेको देखेर तारा र सानुले मौकाको फाईदा उठाउदै फेरि केक बजाए । रमाईलो मौसम र साउथाम्पटनको सुन्दर दृश्यले हामीलाई त्यस टेबलमा धेरै लामो समय सम्म अलमल्याई रह्यो ।

समय दिउसोको चार बजेको थियो । पानीजहाजका कप्तान जोन म्याक्नलिले ‘ब्रिज’ बाट आकास नै चर्काउला झै गरेर तीन चोटि ठुलो ठुलो हर्न बजायो । त्यसपछि साउथाम्पटन बिदाई गर्ने क्रममा ध्वनि प्रसारक यन्त्र बाट मिठो अङ्ग्रेजी गित ‘गुडबाई ईङ्लिस रोज’ बज्न थाल्यो । अङग्रेजी गित सँगसँगै धेरै जसो यात्रीहरु जहाजको बार्दलिमा उभिएर भुईमा कमिला जत्रा देखिने मानिसहरु सँग हात हल्लाएर बिदाई गर्न थाले । जम्मा ४,३२० जना यात्रु र १,३९८ कर्मचारिको साथमा भिमकाया पानीजहाजले बिस्तारै बन्दरगाह छोडदा उदाश भावमा ब्रिटानियको छोटो ईतिहास मेरो मानस पटलमा नाँचि रह्यो ।

अङ्ग्रेजी जलपथ र ओली पानीजहाज -नियात्रा ३, लेखक भिम राई र उहाँको साथिहरु ।

हरेक घण्टा, तीन हजार ग्यालन तेल खर्च हुने ब्रिटानिय क्रुजको निर्माण गर्न सन् २०११ मा ट्रिस्टे, इटालीको फिनकान्टेरि कम्पनिलाई आ’देश दिईएको थियो । जस्ले लगभग चार बर्ष पछि २६ फेब्रुवरि २०१५ मा मात्रै क्रुजलाई पुर्ण रुप दिन सकेको थियो । फिनकान्टेरि कम्पनिमा बिस हजार श्र’मिकहरुले काम गर्ने भएकोले युरोपको सबैभन्दा ठुलो पानीजहाज निर्माण कम्पनि त्यो नै थियो ।

१४३ हजार टन कुल तौल क्षमता भएको १८ तले ब्रिटानिय क्रुजले बिस्तारै साउथाम्पटन पानी लाई छाड्यो र अङ्ग्रेजी जलपथ ‘च्यानल’ तर्फ अगाडि बढ्यो । दिनहुँ ३ हजार अण्डा एबम १५ हजार कफि पाक्ने पानीको पाँच तारे होटल ब्रिटानियले बिस्तारै सेतो टापुलाई बिदा गर्दै गर्दै अङ्ग्रेजी जलपथमा पुग्यो ।

अङ्ग्रेजी जलपथ पुगेपछि ‘२२ नट्स’ अथवा चालिस किलो मिटर प्रतिघण्टाको बेगमा पानीजहाजले गति लिन थालेको पानीजहाजका कप्तान म्याक्नलिले बतायो । अङ्ग्रेजी जलपथ छाडेर उत्तरि सागरमा लगभग ३६ घण्टाको जलयात्रा पश्चात स्टाभाङ्गर नर्वेमा पुग्ने पानीजहाजको पुर्व योजना थियो ।

१० मार्च २०१५ मा बेलायतको हजुर महारानी एलिजाबेथ दोश्रोले त्यो क्रुजको नाम ‘ब्रिटानिय क्रुज’ भनेर उदघाटन गरि बक्सेका थिए । बेलायति महारानीले उदघाटन गरि बक्सेको ब्रिटानिय पानीजहाज भएपनि स्टाभाङ्गर, नर्वे नपुगिन्जेल नयाँ नेपालको प्रथम ‘ओली पानीजहाज’ भन्दै धेरै लामो समय सम्म हामीले सम्झि रह्यौ ।।।

बुईपा खोटाङ । हाल : अक्सफोर्ड, बेलायत ।

 

 

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347