Logo

माओेवादी केन्द्रद्धारा क्रा’न्तिकारी कम्युनिष्ट नेता बर्मन बुढामगरप्रति श्र’द्धाञ्जली अर्पण गर्‍यो


73 Views

अरुणा मानन्धर, काठमाडौं । रोल्पाका क्रान्तिकारी कम्युनिष्ट नेता बर्मन बुढामगरको आज उपचारका क्रममा भएको नि’धन प्रति नेकपा (माओवादी केन्द्र) ले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शो’काकुल परीवारजनमा स’मवेदना व्यक्त गरेको छ ।

आफ्नो जीवनको करिब ६ दशक सामाजिक व्यवस्था रुपान्तरणको राजनीतिक आ’न्दोलनमा बिताएका बुढामगरको निधनले कम्युनिष्ट आ’न्दोलनमा क्ष’ति भएको उल्लेख गर्दै आज माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले शो’क वक्तव्य जारी गरेको हो ।

माओवादी केन्द्रका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज रंगनाथ ढकाल र प्रदेश संयोजक लोकेशको संयुक्त हस्ताक्षरमा जारी गरिएको उक्त शो’क वक्तव्यमा नेता बुढामगरको क्यान्सरका कारण अ’सामयिक नि’धन भएको प्रति समग्र पार्टी स्त’ब्ध भएको बताइएको छ ।

वक्तव्यमा भनिएको छ–‘सामन्तवाद वि’रुद्धको आ’न्दोलनका अथक यो’द्धा, नेपाली कम्युनिष्ट आन्दोलनका इमान्दार, त्यागी र सं’घर्षशिल नेता, रोल्पाको थवाङ निवासी कम्रेड बर्मन बुढामगरको असामयिक नि’धनको खबरले हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समिति अत्यन्त मर्माहत र स्त’ब्ध भएको छ ।’

विज्ञप्तीमा अगाडी भनिएको छ–‘जनन्या’यीक व्यवस्था स्थापनार्थ ड’टेर पश्चिम नेपालको रोल्पाबाट कम्युनिष्ट आ’न्दोलनको झण्डा फहराउने अग्रज व्यक्तित्व, विभिन्न भूमिकाबाट कम्युनिष्ट आ’न्दोलनमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएका कम्रेड बर्मन बुढामगरको आज ‘निधन भएको छ । यसले समग्र कम्युनिष्ट आन्दोलनमा क्ष’ति भएको छ ।’

उहाँले कम्युनिष्ट आ’न्दोलनमा खेलेको भूमिकाको चर्चा गर्दै विज्ञप्तीमा भनिएको छ–‘उहाँ रोल्पाली जनताका साथै पश्चिम नेपालको मु’क्ति आ’न्दोलनका अभिभावक समेत हुनुहुन्छ । उहाँले सामाजिक दलाल सत्ताँ वि’रुद्ध जनताको मु’क्ति र अधिकारका लागि निरन्तर सं’घर्षमा आफ्नो जीवनको अमूल्य समय जो दिनुभएको छ, हाम्रो पार्टी उहाँको योगदान र सं’घर्षप्रति स–सम्मान लालसलाम गर्दछ, साथैं उहाँले देखाएको न्याय र समानताको लागि मु’क्ति आ’न्दोलनको बाटोमा निरन्तर वर्गसं’घर्षको नेतृत्व गर्दै अघि बढ्ने विश्वास दिलाउन चाहन्छ ।’

कम्युनिष्ट आन्दोलनमा एक असल, इमान्दर र त्यागी नेता गु’माउनु पर्दा अत्यन्त पी’डाको अनुभूति गरिरहेको जनाउँदै माओवादी केन्द्रले बर्मन बुढामगरप्रति लाल–सलामसहित भा’वपूर्ण श्र’द्धाञ्जली ब्यक्त गरेको छ । साथै उहाँको शो’काकुल परिवारजन, आफ्न्त र सुभेच्छुकजन सबैमा परेको दुः’खप्रति गहिरो स’मवेदना व्यक्त गरेको छ ।

बुढामगरले देखेको समानतामूलक सामाजिक व्यवस्था स्थापनार्थको आ’न्दोलनलाई आफ्नो पार्टीले निरन्तर अघि बढाउँने विश्वास दिलाउँदै माओवादी केन्द्रले सं’घर्षको हरेक प्रकृयामा नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता समेत जाहेर गरेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347