Logo

तीनचुला झल्किने ऐतिहासिक स्थलको स्थायित्व र संरक्षण गरिने


विसा चाम्लिङ

खोटाङ। हलेसी विकास समितिको आठौं कार्य योजना अनुसार त्रिधार्मिक स्थललाई व्यवस्थापन गर्न आदिवासी समूदायहरु तथा स्थानियवासी समूदायहरुको जातिय संगठनहरुसँग छलफलको क्रममा किरात राईहरुको छाता संगठन किरात राई यायोक्खा, हलेसी तुवाचुङ नगर प्रारम्भिक कमिटीसँग छलफल गरिएको हलेसी विकास समितिको अध्यक्ष टंक राईले बताए । छलफलको क्रममा किरात राई समूदायहरुको संस्थागत प्रतिनीधिहरु, समाजसेवीहरु, शिक्षक तथा बुद्धिजिविहरुको उपस्थिति रहेको राईले बताए ।

तीनचुला झल्किने ऐतिहासिक स्थलको स्थायित्व र संरक्षण गरिने

छलफलको क्रममा हलेसी गुफालाई केन्द्र मानेर हलेसीका अन्य साँस्कृतिक थलोहरुलाई जोड्न, “साँस्कृति रिङरोड” बनाउने, किरातिहरुको चुलाको दार्शनिकतालाई आधार बनाएर तुवाचुङलाई केन्द्र मानेर चिचिङ्गा (खोक्चिलिपाको धारा) लाई एक चुला, लाहाचुङ धितुङलाई दोस्रो चुला र हलेसी गढीलाई क्षेत्रलाई तेस्रो चुला मानेर ऐतिहासिकतालाई जोड्ने, एकल धार्मिक “हलेसी महादेव विकास समितिलाई” ऐन फेरेर “हलेसी विकास कोष” बनाउने तथा स्थानीय भनाई अनुसार हलेसी गुफालाई “खोक्चिलिपा बुक्टो” नामकरण गर्नु पर्ने सुझावहरु आएको अध्यक्ष राईले बताए । आएको सुझावहरुलाई छलफलका आधारमा तथा खास गरी तीन चुलाको ऐतिहासिकतालाई तुरुन्तै कार्यान्वयन गरिने अध्यक्ष राईले बताए ।

तीनचुला झल्किने ऐतिहासिक स्थलको स्थायित्व र संरक्षण गरिने

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्