Logo

राजनीतिक दलहरुसँग समन्वय गर्दै हलेसी विकास समिति


मान्सुङ चाम्लिङ
खोटाङ। त्रिधार्मिक स्थल हलेसी विकास समितिले आफ्नो १७ कार्ययोजना अनुरुप सातौं कार्ययोजना कार्यन्वयन गर्ने क्रममा हलेसी तुवाचुङ नगरमा रहेका सबै राजनीतिक दलहरुको प्रतिनीधिहरुसँग त्रिधार्मिक स्थल हलेसीलाई सबैको समन्वय र सहकार्य मार्फत अगाडी बढ्ने बारेमा सुझाव, सल्लाह लिंदै सहकार्य गर्न राजनीतिक दलहरुसँल छलफल गरिएको विकास समितिका अध्यक्ष टंक राईले बताए । नगरमा रहेका नेकपा, नेका, जसपा लगायत राजनीतिक दलका प्रतिनीधिहरु, समाजसेवीहरुको उपस्थितमा छलफल गरिएको अध्यक्ष राईले बताए ।

राजनीतिक दलहरुसँग समन्वय गर्दै हलेसी विकास समिति

छलफलमा दलका प्रतिनिधिहरु तथा समाजसेवीहरुले दिएको सुझावलाई आत्मसाथ गर्दै आवश्यक परेमा थप सल्लाह र सुझाव लिंदै आएको सुझावहरुलाई कार्यान्वयन गर्न समन्वय र सहकार्य गर्दै अगाडी बढ्ने र आवश्यक परेमा थप राजनीतिक दलहरुसँग छलफल गरिने अध्यक्ष राईले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्