Logo

गिनिज बुक अफ वोर्ल्ड रेकर्ड जडिबुटिको बालुबाट शुरु


नेपालका प्रथम पार्कर खेलाडी दिनेश सुनार शायद यो नाम अब कसैको लागि पनि नौलो छैन होला, हो उही दिनेश सुनार जसले “परकर खेल” मा नेपालको प्रतिनिधितोव मात्रै नभै चार पटक सम्म आफ्नो र देशको नाम गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा दर्ता गरएका छन्।

सानै देखि अलि फरक र जोखिम किसिमको खेल र काम गर्न मनपराउने दिनेशले पार्कर खेल भने चलचित्र बाट प्रभावित भएर शुरु गरेको बताउछन। परकर खेल लाइ समाबेश गरेर बनाइएको धेरै चलचित्र हरु हेरे पनि दिनेश बहने आफु थाई चलचित्रका नायक टोनी जा र उनको चलचित्र बाट अति नै प्रेणीत भएको पनि उनले बताए। चलचित्रमा नायकले गरेको स्टन्टलाइ उनि बारबार स्लोमो गर्दै हेर्ने गरेको र त्येही कुरा आफु बालुवामा गएर अभ्यास गर्ने गरेको कुरा परकर दिनेशले बताए।

अल्लारे उमेरमा लहै लहै र हुट हुटिमा साथि भाइ हरु संग यो खेल सिक्दा कति पटक चोट पटक लाग्यो कति पटक बालुवा साहुको कुटाइ पनि खाइयो गन्ति नभएको उनले बताए। बिगत सम्झिदै दिनेश भन्छन कुरा २०६३ साल तिरको होला चलचित्रमा नायकले गरेको कुरा आफ्नै उमेरका केटाहरूले हावामा शरीर बंगाएर उल्टी जम्प हानेको देखे र त्यस्तो चलचित्रमा मात्र देखेको थिएँ,’ उनले भने, ‘मैरै उमेरका केटाहरूले गरेको देखेर छक्कै परेँ।

अनि म पनि यो गर्न सक्छु भन्ने लाग्यो त्येस पछि उनि पनि उल्टी-सुल्टी हान्ने प्रयास गर्न थाल को र निकै प्रयासपछि उनी हावामा शरीर मर्काएर उल्टी हान्न सक्ने भएपछि उनको दैनिकी यसैमा बित्न थालेको पनि उनले बताए।

फलस्वोरुप अहिले उनि नेपालकै पहिलो परकर खेलाडी हुनुको साथै उनले यसै खेल बाट गिनिज बुक ओफ वोर्ल्ड रेकर्डमा आफ्नो नाम ४ पटक दर्ता गराएर देशको शान बधाउन सफल भएको उनले बताए।-हटौडादैनिकबाट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्