Logo

साताभर चर्चित तस्बिर ! बाईक सवार दुवै जना सरकारी इन्जिनियर


पछिल्लो समयमा सामाजीक सञ्जालमा धरै घटनाहरु चर्चामा आउने गरेका छन् चाहे त्यो राम्रो तरिकाले होस् या चाहे नराम्रो तरिकाले होस् बेलाबेलामा सामाजीक सञ्जाल तताइरहेका हुन्छन् । अहिले पछिल्लो समयमा सामाजिक सञ्जालमा एकदमै चर्चा भइरहेको अथवा भाईरल बनेको यो तस्वीरको यथार्थ खुलेको छ ।

सामाजिक सञ्जालमा सो तस्वीर भाइरल बन्नुको एउटा कारण सरकारी नम्बरको मोटर साईकल अनि पछाडि बसेकी युवतीले लगाएको पहिरन नै हो। यदि सो मोटरसाईकल सरकारी नम्बरको हुदैन थियो र ति युवती यात्रा गरिरहेकी थिईन भने यो प्रश्न पनि सायद उठ्ने थिएन । तर यी दुवैजना पछिल्लो समय सामाजिक संञ्जालको चर्चामा आए । सरकारी कर्मचारीले लगाउने ड्रेस र उनिहरुले प्रयोग गर्ने सरकारी सवारी साधनको प्रयोगका पनि आफनै नियम छन् । जसको विषयमा सामाजिक संञ्जालमा चर्चा हुनु आफैमा स्वाभाविक हो ।

यातायात ब्यावस्था विभागका अनुसार प्रदेश-३-०२-००१ब-१४१२ नम्बरको मोटर साईकल धादिङको गल्छि गाउँपालिका को हो । गाँउपालीकाले अत्यावश्यक सामाग्री ओसार पसार (स्टोर) प्रयोजनका लागी सो मोटरसाईकल प्रयोग गदै आएको छ । सरकारी मोटरसाईकलमा सवार युवती र चालक युवा दुवै सरकारी कर्मचारी नै हुन् ।

उनिहरू दुवै जना भर्खरै सरकारी सेवामा गरेको र सिट्रोल ( सरकारी कर्मचारीको लागि दिईने संकेत नम्बर ) भर्न धादिङबाट काठमाडौं आएको खुलेको छ । सरकारी नम्बरको मोटरसाईकल चालक प्रताप बराल गल्छी गाँउपालिकामा कार्यरत ईन्जिनियर हुन् । उक्त मोटरसाईकलमा सवार युवती पनि सोहि गाँउपालीकामा कार्यरत सव-इन्जिनियर सविता शाही हुन् । उनिहरू दुवैजना गाउँपालिकाबाट स्विकृती लिएर नै काठमाडौं स्थीत निजामती किताब खानामा सरकारी संकेत नम्बर लिन आएका थिए ।

गल्छी गाँउपालीकाका प्रसाशकीय प्रमुख मोहन कुमार श्रेष्ठले दुवैजना गल्छि गाउँपालिका कर्मचारी भएको बताए । श्रेष्ठका अनुसार उनिहरू सरकारी सेवामा प्रवेश गरेपछि लिनुपर्ने सरकारी संकेत नम्बर लिन काठमाडौं आएका हुन् । सरकारी सेवामा प्रवेश पछि कर्मचारीका लागि सिट्रोल अर्थात सरकारी संकेत नम्बर आवस्यब पर्छ । श्रेष्ठले भने दुवै जना गाँउपालीकामा कार्यरत इन्जीनियर भएको बताए ।

श्रष्ठले भने “ सरकारी मोटर साईकल पनि गल्छी गाँउपालीकाकै स्वामित्वमा छ । मोटरसाईकलमा सवार कर्मचारीले लगाएको कपडाको विषयमा प्रश्न उठेको छ । यसका आफनै मर्यादा पनि छन् । यस विषयमा सत्य तथ्य बुझ्ने काम भैरहेको छ । त्यसपछि हामी कारवाहिको प्रक्रिया अगाडी बढाउँदै छौ ।” नागरिक टाईम्समा समाचार छ !

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्