Logo

विपत्तिको सारथी राष्ट्रिय युवा संघ नेपाल


93 Views

कबिता रेग्मी, संखुवासभा-वर्षा मौसमसँगै विगतको वर्षहरु झैं यसवर्ष पनि कहीँ भारीवर्षा, कहीँ खडेरी, कहीँ वाडी पैरो वा कहीँ डुबान निरन्तर भइनै रहेको छ । विगत भन्दा फरक भएको यसपटकको वातावण, विश्वलाई चुनौती दिइरहेको कोरोना भाइरसले असर गरिरहेको अवस्थामा लकडाउन भएको अवस्थामा नेपालभर पैरो, वाडीको कारण हजारौंलाई विस्थापित, सयौं भाइते, अपाङ्ग र मृत्यु भइरहेको छ ।

जसमा प्रदेश एकको संखुवासभा जिल्ला पनि अछुतो रहेको छैन । जसमा संखुवासभा जिल्लाको सिलीचोङ गापा वडा नं.१ बासिन्दामा पनि अविरल वर्षाको कारण ८ घर बगाएर ११ जना वेपत्ता तथा १ जना युवाको ज्यान गएको छ ।

यस दुःख घडीमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति संखुवासभा संयोजक अनिल राई लगायतको संयोजन तथा पहलमा पिडितहरुलाई आर्थिक राहत संकलन गरि प्रदान गरिएको संयोजक अनिल राईले बताए ।

विपत्तिको सारथी राष्ट्रिय युवा संघ नेपाल

संयोजक राई लगायतको पहलमा निर्माण व्यवसायीहरु निमा लामा रु.२० हजार, जंबु शेर्पा रु.२० हजार, छिरिङ शेर्पा रु.२० हजार, नेकपा जिल्ला सचिवालय सदस्यहरु अदल कुलुङ २ हजार, लाक्पा ल्होमी २ हजार गरिु जम्मा ६४ हजार संकलित राहत रकम स्वास्थ्य व्यवस्थापनका लागि २० हजार र बिस्थापितहरुको व्यवस्थापनको लागी रु.४४ हजार सिसुवा वडा नं.३ का अडा अध्यक्ष, अलक्ष कुलुङ र स्वास्थ्यको दिपेन्द्र कुलुङलाई एकै साथ रकम हस्तान्तरण गरिएको संयोजक अनिल राईले बताए ।

वर्षाले पारेको असरलाई थप व्यवस्थापन गर्न तथा आपत्तकालिन जनसमूदायहरुलाई व्यवस्थित गर्न राष्ट्रिय युवा संघ नेपाल संखुवासभा हरक्षण लागि रहेको संयोजक राईले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347