Logo

एक शब्द जसले सुमधुर बनाउँछ : मानिसहरुको बोलीले उनीहरुको सोचाई दर्शाउँछ


141 Views

एजेन्सी, काठमाडौँ – सबन्धलाई मानिसहरु मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन् । मुठ्ठी बेस्सरी कस्नुभयो भने पुतली मर्छ, खोल्नुभयो भने उडेर भाग्छ । सम्बन्ध पनि त्यस्तै हो, एक – अर्कालाई केरकार बढी गरियो भने भित्रभित्रै सम्बन्धमा चिसोपना आउँदै जान्छ भने स्वतन्त्र छोडिदियो भने कता पुगिसक्छ थाहा नै हुदैँन । त्यसैले जीवन जति संवेदनशील छ सम्बन्ध पनि  उत्तिकै छ ।

आजभोलि सम्बन्धहरु नाजुक बन्दै गइरहेका छन् । प्रविधि र विज्ञानको विकासले मानिसलाई अनावश्यक आवश्यकता र तनावतिर डोर्याइरहेको छ । मानिसहरु के कारणले सम्बन्धमा दरार आउँदै छ भन्ने कुरातर्फ कहिल्यै ध्यान दिदैँनन्  तर सम्बन्ध बिग्रिएकोमा भने गुनासो गर्दै हिँड्छन् ।

क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अध्ययनले जुन सम्बन्धमा जोडीले ‘म’ सट्टा ‘हामी’ शब्द प्रयोग गर्छन् ती जोडीको सम्बन्ध निकै राम्रो भएको बताएको छ । ति मानिसहरु आफूलाई आफ्नो साथीको नजिक भएको महसुस गर्ने बताइन्छ ।

उक्त अनुसन्धानको लागि ३० वटा अध्ययन गरिएको थियो । जसमा ५ हजार प्रतियोगी सहभागी भएका थिए । अध्ययनपूर्व सहभागीहरुको व्यवहार, सम्बन्ध, खुशी साथै शारीरिक र मानसिक स्वास्थ्य स्थितिको विषयमा अध्ययन गरिएको थियो ।

अध्ययनले पार्टनरबीच हुने कुराकानीका क्रममा जो ‘हामी’ शब्दको प्रयोग गर्छन् ति व्यक्तिहरु निकै खुशी भएको पाइयो । वास्तवमा ‘हामी’ शब्दको प्रयोग गर्नेहरु एक–अर्काप्रति समर्पित हुने र हरेक पलमा साथ दिने गर्छन् । उनीहरु आफ्ना पार्टनरको ख्याल राख्ने गर्छन् । उनीहरु एक–अर्कालाई पाएकोमा खुशी महसुस गर्छन् र सम्बन्धमा सधैँ न्यायोपन ल्याइराख्छन् ।

यो पनि …अचम्मको कुरा : पति क्वारेन्टाइनमा, पत्नी प्रेमीसँग फंरार …एजेन्सी-को’रोना म’हामा’रीबाट संसारै प्र’भावित छ। घरेलु हिं’साका घटना बढेका छन्। सम्बन्ध वि’च्छेद तथा आ*त्महत्याका घ*टना पनि सुनिएका छन्। तर, भारतको विहारमा एक दम्पती कोरोना कहरमा यस्तो स्थितिमा पुग्यो कि पति क्वारेन्टाइनमा हुँदा पत्नी प्रेमीसँग फ*रार भइन्।

विहारको बेगूसरायमा एक महिला र उनका प्रेमीलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ। बेगूसरायस्थित महिला थानामा रहेका दुबैको सम्बन्ध प्रेमी प्रेमिकाको रहेछ। बेगूसरायको बखरीस्थित शकरपुरा निवासी महिला विमलाले एक वर्ष पहिले खगडिया जिल्लाका विजयसँग विहे गरिन। विहेको ९ महिनापछि विजयले विमलालाई बेगूसरायस्थित माइतीघर छोडेर कामका सिलसिलामा गुजरात गए।

माइती आएकी विमलाको गाउँमै रहेका पूर्वप्रेमी कुन्दनसँग निकटता बढ्न थाल्यो। सम्बन्ध यति निकट भयो कि एकअर्का विना बाँच्न नसक्ने भन्नेमा पुगे। यता कोरोना महामारीले लकडाउन भएपछि पति विजय गुजरातबाट घर फर्किए। तर, उनी १४ दिन क्वारेन्टाइनमा बस्न पर्‍यो। विजय गुजरातबाट फर्किएको खबर विमलाले पाइसकेकी थिइन्।

क्वारेन्टाइन अवधि सकेर विजय ससुराली घर शकरपुरा पुगे। उता पत्नीले प्रेमीसँग भाग्ने योजना बनाइसकेकी थिइन्। विरामीको बहाना बनाएर विमला पतिसँग बेगूसराय आइन्। त्यहीँबाट पतिलाई छो*डेर विमला प्रेमी कुन्दनसँग भागिन।

पति विजयले महिला थानामा उजुरी दिए। दुवैलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राख्यो। महिला थानाका जाँच अधिकारी संजय मिश्राका अनुसार विमलाले प्रेमीसँगै बस्ने भन्दै अडान लिएकी छिन्। उता पति विजय यो घ*टनालाई पञ्चायतमा लैजाने मनस्थितिमा छन्।

विजयले पत्नी भागेको उजुरी दर्ता गरेपछि सबैलाई थानामा लिएर छलफल गरिएको जाँच अधिकारी मिश्राले बताए। उनका अनुसार तत्काललाई पति विजयसँग विमलालाई घर पठाइनेछ।

यो पनि …क्वारेन्टाइनमा बसेकी युवती र सु’रक्षाकर्मी आ’पत्तिजनक अ’वस्थामा भेटिए …बाग्लुङ्ग -बाग्लुङ्ग जिल्लाको बुर्तिवाङ स्थित उत्तरगंगा माविको क्वारेन्टाईनमा भारतबाट फर्किएरका ६ जना महिला सहित ४४ जना बसिरहेका छन् ।

क्वारेन्टाईनको सुरक्षाको जिम्मा सेनालाई दिईएको छ । जिल्लाको पश्चिम व्यापारिक केन्द्र समेत रहेको बुर्तिवाङ बजार स्थित उत्तरगंगा माविमा रहेको क्वारेन्टाइनमा गए राति १२ बजेको समयमा अति आ’पत्तिजनक घट’ना घ’टन गएको बुर्तिवाङ बजारको घरघरमा चर्चा छ ।

क्वारेन्टाईनमा बस्ने युवाहरुले क्वारेन्टाईनको अर्को कोठामा बस्ने एक युवती र एक जना सुरक्षाकर्मीलाई आ’पत्तीजनक अवस्थामा देखेपछी तत्कालै यसको जानकारी प्रहरी लगायत सरोकारवाला निकायलाई फोनबाट दिएपछी घटना छताछुल्ल भएको हो ।

बिहिबार बिहान करिब ८ बजे ईलाका प्रहरी कार्यालयका प्रमुख, सुरक्षामा खटिएका नेपाल आर्मीका ईन्चार्ज लगायत अन्य केही विशेष व्यक्तिहरु बसी छलफल गरेपछि निज यु’वती र घ’टनामा सं’लग्न नेपाल आर्मीका ती जवान दुवैलाई सम्झाइएको बताइएको छ ।

त्यसपछि मध्यरातको समयमा गलत हर्कत गर्न खोज्ने ती सुरक्षाकर्मीलाई विभागीए कार्वाही गर्ने टोलीका इन्चार्जले आश्वासन दिएको बताइएको छ । क्वारेन्टिनमा रहेकी युवतीसंग गएर भेटघाट गरेका कारण अहिले उनलाई आर्मीको छुट्टै क्वारेन्टिनमा राखिएको एक स्रोतले बताएको छ ।

तमानखोला गाउँपालिकाकी ती युवती १२ दिन पहिले भारतको दार्जीलिङबाट आएर ढोरपाटन नगरपालिकाले निर्माण गरेको उत्तरगंगा मा.वि.को क्वारेन्टिनको ४ नम्बरको कोठामा बस्दै आएकी थिइन । उक्त घ’टना घटेपछि उनलाई स्थानीय पालिकाको समन्वयमा तमनखोला गाउँपालिकाकै क्वारेन्टिनमा आज विहान पठाइएको स्रोतले बताएको छ ।

कोरोना सं’क्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल आर्मीको एक टोली दुई महिना पहिले नै कोरोना जोखिमको न्यूनीकरण र सुरक्षाको लागि भन्दै बुर्तिबाङको उत्तरगंगा मा.वि.को विद्यालय भवनमा बस्दै आएको छ । अहिले उक्त क्वारेन्टिनमा ६ जना महिला सहित ४४ जना भारतबाट आएका व्यक्तिहरु क्वारेन्टिनमा बस्दै आएका छन् ।

कोरोना संक्रमणको समयमा जनतालाई सहजीकरण गर्ने र थप सुरक्षा दिने भनेर खटिएका जिम्मेवार व्यक्तिबाट नै क्वारेन्टिनमा बसेकामाथि गरिने यस खालको हर्कतले स्थानीयबासी र क्वारेन्टिनमा बसेकाहरुले समेत असुरक्षाको महसुस गर्दै आएका छन् ।

आफ्नो डिउटी समेत अफ भएको समयमा मध्यरातमा क्वारेन्टिनभित्रै पसेर युवतीसंग मायाजालमा बाँधिन खोज्ने आर्मीका ती व्यक्तिलाई अब कुन विभागीय का’र्वाहीले बाँध्ने हो ? त्यो भने कसैलाई थाहा छैन । बरु घ’टनालाई नै गोप्य राख्ने प्रयास गरिएको देखिन्छ । तर यो घटनाले बुर्तिबाङमा सु’रक्षा चु’नौती थपिएको र क्वारेन्टिनमा बस्ने कोरोनाका संभावित सं’क्रमितहरु समेत अ’सुरक्षित रहने अवस्था आएकोमा यस घटनाले स्थानीयबासीलाई समेत चि’न्तित बनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347