Logo

बाजुराको मार्तडी बजारमा निर्माण गरिएको सडकमा सोलार बत्ती जडान


104 Views

रासस – हिमाली जिल्ला बाजुराको जिल्ला सदरमुकाम मार्तडी बजारमा निर्माण गरिएको सडकमा सोलार बत्ती जडान कार्य थालिएको छ । बडीमालिका नगरपालिकाले रातिको समयमा सञ्चालन हुने सवारीसाधन र सर्वसाधारणको आवतजावत सहज बनाउन सडकमा खम्बा गाडेर सोलार बत्ती जडान कार्य शुरु गरेको नगरपालिकाले जनाएको छ । पक्की सडक निर्माण भएको क्षेत्रमा सहज आवतजावत गर्न बजार क्षेत्रका मुख्य सडकमा सोलार जडान कार्य थालेको बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताउनुभयो ।

उहाँले खुलामञ्चदेखि गौडाडिल र जिल्ला अस्पतालदेखि महोक होटलसम्मको सडक क्षेत्रमा सडक बत्ती सोलार जडान गर्न थालेको नगरप्रमुख बडुवालले राससलाई बताउनुभयो । मार्तडी बजारमा पक्की सडक निर्माण भएका क्षेत्रमा क्रमिकरुपमा सोलार बत्ती जडान गरी उज्यालो नगरपालिका बनाउने लक्ष्यसाथ काम गरिने नगरप्रमुख बडुवालको भनाइ छ ।

खुलामञ्चदेखि गौडा डिल र जिल्ला अस्पतालदेखि वन डिभिजन कार्यालय हुँदै मोहक होटलसम्म १५ वटा खम्बामा सोलार बत्ती जडान गरिएको नगर उपप्रमुख कविता विष्टले बताउनुभयो । नगरपालिकाको लगानीमा सो कार्य गरिएको हो । पहिलो चरणमा जिल्ला अस्पताल हुँदै मोहक होटल, खुलामञ्चदेखि गौडा डिलसम्म सोलार बत्ती जडान गरिएका भए पनि दोस्रो चरणमा डिआर मस्टदेखि दुनीहाट बजार र कारागारसम्म सोलार बत्ती जडानका लागि बजेट विनियोजन गरिएको छ ।

बडीमालिका नगरपालिकाले मार्तडी बजार क्षेत्रका सोलार बत्ती जडानकार्यसँगै सिसी क्यामरा जडानकार्य यसै आर्थिक वर्षमा गर्ने भएको छ । मार्तडी बजार क्षेत्रमा चोरीका घटना बढ्दै गएकाले त्यसको नियन्त्रणका लागि सिसि क्यामरा जडान गरिने नगरप्रमुख बडुवालले जानकारी दिनुभएको छ ।

सडकबत्तीको सहायताले रातिको समयमा चोरी र अन्य हिंसात्मक गतिसम्बधी न्यूनीकरण गर्नका लागि सिसी क्यामरा जडान गर्ने तयारी भइरहेको नगरप्रमुख बडुवालले बताउनुभयो । नगरपालिकाबाट नै निगरानी राख्ने गरी हरेक दिन बजार क्षेत्रका हुने चो’री, लु’टपाट, आ’गलागी जस्ता कार्य समयमै नि’यन्त्रण गरी चो’री र हिं’सात्मक गतिविधिमुक्त बनाउने गरी उक्त क्यामरा जडान हुने भएको नगरपालिकाले जनाएको छ ।

क्यामरा जडान साउन भदौमा गर्ने बताइएको छ । बजारमा सिसी क्यामरा जडानपछि जघन्य अपराधदेखि सामान्य चो’रीका घ’टनाका दो’षीलाई पक्राउ गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347