Logo

बृहत् शब्दकोश किन यति धेरै साँ’घुरो ? डा. तारामणि राई


370 Views

काठमाण्डौ-नेपाली बृहत् शब्दकोशको पछिल्लो २०७५ मा प्रकाशित दशौं संस्करणको ‘एप’ बनेको रहेछ । थाहा पाएपछि खुसी मान्दै डाउनलोड गरेँ । हुन त प्रिन्टेड कपि पनि मसँग छ । तर हेर्न झन्झटिलो भएकाले आवश्यक शब्दहरू मात्र पल्टाएर हेर्ने गर्थेँ ।

‘एप’ भएपछि त हातैमा शब्दकोशको संसार । त्यसैले केही शब्दहरू हेर्न मन लाग्यो । म भाषाविज्ञानको विद्यार्थी भएकाले भाषाको नामहरू टाइप गर्न थालेँ- बान्तावा, चाम्लिङ, थुलुङ, कोयी, वाम्बुले आदि । कुनै शब्द फेला परेनन् ।

चाम्लिङ शब्द सम्बत् शाके १०१७ मा नै प्रयोग भएको कुरा इतिहासमा पढ्न पाइन्छ । बान्तावा भाषामा पिएचडी सन् १९८५ (विसं । २०४२ सालमा) भैसकेको छ । त्यसो त बाहिरी दुनियाँले माथि उल्लेख गरिएका भाषाका बारेमा धेरै पहिलेदेखि नै कुनै न कुनै रुपमा उजागर गरिसकेका थिए ।

कर्कप्याट्रिक (सन् १८११) ह्यामिल्टन (सन् १८१३), हड्सन (सन् १८३३), भान्सिटार्ट (सन् १८४८) र चटर्जी (सन् १९५१) आदिले गरेका अध्ययनहरूमा देख्न सकिन्छ । त्यति मात्रै होइन, विगतमा भएका राष्ट्रिय जनगणनाको तथ्याङ्कले समेत माथिका भाषाहरू समावेश गर्दै आएका छन् । मलाई के लाग्यो भने हिजोको धङ्धङ्गी नसकिएकाले यी भाषाहरू उल्लेख नभएका होलान् अर्थात् प्रविष्टि नपाएका होलान् ।

बृहत् शब्दकोश किन यति धेरै साँ’घुरो ? डा. तारामणि राई / बृहत् शब्दकोशको एप्समा टाईप गर्दा देखिएको शब्दहरु, ठिक टाईप गरिएको शब्द नभएर अरु देखिएको छ ।

त्यसपछि जातजातिको सूची हेर्न सुरु गरेँ । त्यहीं क्रममा नेपाल सरकारको निकायको रूपमा रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ऐन २०५८ ले सूचीकृत गरेका जातिका केही नामहरू क्रमश: टाइप गरेँ- बराम, छन्त्याल । शब्द फेला परेन भन्ने जवाफ आयो । निश्चिन्त हुनका लागि दोहोर्याकर एपमा टाइप मात्र गरिँन, हार्डकपी नै पल्टाएर हेरेँ । त्यहाँ पनि फेल परेन ।

आदिवासी जनजाति शब्दलाई कसरी प्रविष्ट गरिएको छ भनेर हेरेँ– लेखिएको रहेछ ‘ …ज्ञान-विज्ञानका हिसाबले केही पछि परेको पछौटे जाति । ज्ञान-विज्ञान भन्लाले के भन्न खोजिएको हो ? ? ज्ञानविज्ञानलाई कुन रूपमा परिभाषित गर्न खोजिएको हो ? यो बुझिनसक्नु व्याख्या पाएँ ।

लाग्यो, नेपाली बृहत्श ब्दकोशमा संघीय लोकतान्त्रिक गणतन्त्र आउन निकै बाँकी रहेछ…। (डा. तारामणि राईको फेसबुकबाट )

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347