Logo

किन म कम्युनिष्ट हुन सकिन ?


385 Views

भिम राई

अष्ट्रियाको राजधानि भियनाबाट हिजो प्राग आउदै गर्दा दिन भरि पानी परि रहेको थियो । तर अचानक आज मौसम परिबर्तन भएकोले सुर्यको प्रकाशका किरणहरुले प्रागलाई सर्लक्कै ढाकि रहेका देखिन्थ्यो । होटलमा ब्रेकफास्ट खाएपछि सबेरै पुरानो टाउन पुगेर अष्ट्रोनोमिकल घडिलाई रहर पुगिन्जेल मैले हेरेको थिए । जुन घडिलाई सन् १४१० मा बनाईएको थियो । घडिले सुर्य, चन्द्र र मुख्य ग्रहहरुको तत्कालिन स्थान पत्ता लगाउन मदत गर्दथ्यो । त्यसपछि लगभग छ सय बर्ष अगाडिका युरोपियन मानिसहरुको त्यति राम्रो दिमाग लाई सम्झदै सम्झदै मेरा कदमहरूलाई केहि अगाडि बढाई रहे ।

त्यति राम्रो मौसम भएको समयमा मैले आजिवन पालेको जिज्ञासा पुरा गर्न ‘चार्ल्स ब्रिज’ पुग्दा अगाध प्रशन्न मुद्रामा थिए । भेल्टाभा नदीको बिशाल छाती माथी रहेको त्यो मनोमोहक पुलको निर्माण अष्ट्रोनोमिकल घडि भन्दा निक्कै अगाडि सन् १३५७ मा राजा चार्ल्सले गरेका थिए । त्यस समय देखि सन् १८०० सम्म प्रागका मानिसहरु खोला वारी पारी त्यस पुलको सहयोगले मात्रै गर्न सक्त्तथे । त्यसपछि प्रागको त्यस नदीमा तिनै एतिहासिक चार्ल्स ब्रिज लगायत १८ वटा पुलहरु बनेका थिए ।

चार्ल्स ब्रिजमा मेरो पाईताला पर्दा समय बिहानको एघार बजेको थियो । तिनै पुलको बिचौ बिच भागमा उभिएर भेल्टाभा नदीबाट बहदै आएको मन्दमन्द बताससँग रम्दै लामो समयसम्म प्रागको दृश्यबलोकन गरि रहे । म उभिएको सिधै पारी पट्टि बडेमाको दमसाईलो भित्ता देखिएका थिए । तिनै भित्तामा फराकिलो क्षेत्रफल ओकटेर बनाईएको सफल पुँजीबादी राष्ट्र अमेरिकाको राजदुताबासलाई मैले एक्कासि देखे । त्यति सुरक्षित अमेरिकन राजदुताबासलाई अचानक देखेपछि पुलको पर्खाल माथि थचक्कै बसेर पुँजिबाद र साम्यबादको दुई फरक ब्यबस्थाहरुलाई केहि बेर मनन गर्न थाले ।

साच्चै बिश्व एउटै देश अनि त्यहाँ बोलिने भाषा, धर्म, पैसा र ब्यबस्था जम्मै एक्कै प्रकारको हुदो हो त कति सुन्दर हुन्थो होला भन्ने मनमनै कल्पना गरे । त्यसबेला म पुर्व साम्यबादी राष्ट्र चेक गणतन्त्रमा थिए । सन् १९८९ मा बिश्र्व भर अशफल भएको कम्युनिष्ट शासन बढारिन पुर्वी युरोपमा आएको आँधिबेहरीले चेकोस्लाभाकिय पनि अछुतो राख्न सकेको थिएन । कम्युनिष्ट शासनको अबसान पछि सन् १९९३ मा चेकोस्लाभाकिय टुक्रेर चेक र स्लोभाकिय फाल्टा फाल्टै राष्ट्रहरु बनेका थिए । त्यसबेला देखि प्राग, चेक गणतन्त्रको राजधानि रहदै आएको थियो ।

कम्युनिष्ट एबम पुर्व कम्युनिष्ट राष्ट्रहरु पुगेर त्यहाँको बस्तु स्थिती, रहन सहन र बाताबरण बुझ्ने रहर मैले जिन्दगी भरि पाली रहेको थिए । तिनै क्रमलाई निरन्तरता दिदै पुर्व कम्युनिष्ट राष्ट्रहरुको अध्यान भ्रमण गर्नको लागि यात्रामा म एक्लै निस्केको थिए । गत हप्ता रोमानिय, हङ्गेरी, स्लोभाकिय र अस्ट्रियालाई एक चक्कर मारेर ड्यानुब नदीको किनारै किनार रेल बाट हिजो मात्रै प्राग आई पुगेको थिए । अस्ट्रिया बाहेक माथि उल्लेख गरिएका जम्मै पुर्व कम्युनिष्ट राष्ट्रहरु थिए । अनि त्यस चरणको मेरो यात्रा बर्लिनमा गएर शेष हुदै थियो । त्यतिबेला चार्ल्स ब्रिज माथि बसेर केहि बेर भावनामा डुब्दै तिनै पुरानो कुरोहरु स्मंरण गरि रहेको थिए ।

किन म कम्युनिष्ट हुन सकिन ?

 

मेरो बर्लिनको यात्रा दोश्रो पटकको थियो । तीस बर्ष अगाडि शीत युध्दको समयमा हन्नोभर, पश्चिम जर्मनीबाट सैनिक रेल चढेर पुर्व जर्मनी हुदै बर्लिन पुगेको याद मेरो मस्तिष्कमा अझै सम्म ताजा थियो । बर्लिनमा एक हप्ता समय बिताउदा मैले ‘छ घण्टा’ मात्रै पुर्बी जर्मनी घुम्ने अनुमति प्राप्त गरेको थिए । त्यसैले तत्कालिन कम्युनिष्ट शासक एरिक होनेकरलाई मनमनै गालि गर्दै गर्दै ‘चेक पोईन्ट चार्ली’ बाट आँसुको पर्खाल बर्लिन काटेर जिन्दगीमा पहिलो पटक कम्युनिष्ट राष्ट्रको भ्रमण गरेको यादलाई केहि बेर कोट्याएर बसि रहे ।

चेक गणतन्त्रको राष्ट्रिय नदी भेल्टाभा माथि खुट्टा झुन्डाएर पुल मुनि अबिरल बहि रहेको पानीको दृश्य पर्खालमा बसेर एकोहोरो हेरि रहेको थिए । र तिनै साम्यबादी राष्ट्रहरुको भ्रमणको स्मंरण गर्दै थिए । पुर्व जर्मनीपछि मैले चिनमा बिताएको याद लाई प्रागमा बसेर झलझलि सम्झे । मलाई जिन्दगी जिउने क्रममा पटक पटक चिनको बेइजिङ, शघाँई, नानजिङ, छाङ्सा र सेनजन सहरहरु टेक्ने अबसर जुरेको थियो । प्रगतिको शिखर चुमेको सहर सेनजेन र सर्बमान्य नेता देङ साओ पिङ एक अर्कामा परिपुरक भएको कुरो त्यँही पुगेर मैले चाल पाएको थिए । अझै अध्यक्ष माओ त्से तुङको जन्म घर साओसान देखि कार्ल मार्क्सको समाधि स्थल हाइगेटसम्म पुगेर फूल चढाउने मौका पनि मलाई मिलेको थियो ।

पुँजिबाद र साम्यबादले जेलेको मेरो मस्तिष्कलाई लिएर भेल्टेभा नदीको किनारै किनार ट्याक्सि एक रफ्तारमा हुईकिई रह्यो । प्रागमा अपरान्हको मौसम चिनि झै गुलियो थियो । त्यति गुलियो मौसममा हिलटन होटलको सुन्दर अनुहार मेरो आँखा अगाडि नपरिन्जेलसम्म मैले ट्याक्सिमा साम्यबादी राष्ट्र उत्तर कोरिया लाई सम्झि बसे ।

आ…जे सुकै ‍मरोस भनेर मेरो स्मंरणलाई केहि बेर त्यतिक्कै थन्क्याएर राखे । कछुवा गतिमा पुल माथि हिडदै हिडदै खोलाको पारी पट्टि पुगे । त्यो बाटै बाटो उकालो लागेपछि टाक्राटुक्रि बादलसँग मितेरि गासी रहेको माथि क्षितिजसम्म पुग्न सकिन्थ्यो । क्षितिजमा देखिने दरवारलाई लगातार हेरि रहदा उल्टै दरवारले म तर्फ हेरि रहेको जस्तो यदाकदा मलाई आभास हुन्थ्यो । अचानक मैले त्यहाँबाट तिनै डाँडामा रहेको प्राग दरवार जाने निधो गरे । अनि लम्रङ लम्रङ हिडदै उकाली चढन थाले ।

त्यति ठाडो उकालो चढदै जादा मलाई निक्कै कठिन महसुस भै रहेको थियो । त्यसैले सुष्तसुष्त गतिमा मेरा कदमहरु चालि रहेका थिए । कोहि पर्यटकहरु म सँग सँगै उकालो चढदै थिए र कोहि ओरालो झर्दै गरेका पनि देखिन्थे । तर कोहि कोहि चाँही थाकेर पर्खाल माथि टाक्राक टुक्रुक बसि रहेका थिए । केहि बेरपछि उकालो चर्को रहेछ भन्ने सुचना मेरो पछाडि बोकि रहेको झोलाले मलाई एक्कासि दियो । झोलाले दिएको सुचना मेरो मस्तिष्कमा पुग्ने बितिक्कै आ…के मरि मेटनु है भन्दै कतै बसेर आराम गर्न खोजे ।

किन म कम्युनिष्ट हुन सकिन ?

अष्ट्रोनोमिकल घडि झै मेरो टाउको लाई बिस्तारै तर फनक्कै ३६० डिग्रि घुमाएर एक चक्कर हेरे । मुख्य बाटो भन्दा अलिक पर तिर माटोको सानो ढिस्का देखियो, अनि त्यहाँ गएर थपक्कै बसे । मेरा यात्राका साथि झोलालाई निकालेर थपक्कै भुईमा राखे । खुईत्त गर्दै आरामले बसेपछि भेल्टाभा नदीको दायाँ बायाँ अबस्थित सबै घरहरुको रातो छानो लाई एक झमट मज्जाले नियालेर हेरे । साच्चै त्यहाँबाट देखिएको त्यति राम्रो प्राग मानिसहरुले जस्तो कल्पना गरेका थिए त्यस्तै बनाएका रहेछन् भन्ने मलाई लाग्यो । मैले त्यतिबेला प्रागलाई युरोपका अन्य आधुनिक सहरहरु भन्दा बिलकुल फरक देखेको थिए । माटोको ढिस्का माथि बसेर त्यति राम्रो दृश्यसँग अति प्रसन्न हुदै एक छिन रुमलिई रहे । अनि मेरो चिउँडोलाई दाहिने हातले थमाएर फेरि कम्युनिष्ट राष्ट्रहरुको स्मंरण गर्न थाले ।

सबैभन्दा पहिले पुर्वी युरोपको साम्यबादी शासन ढाल्ने महा नायकको त्यँही बसेर सम्झना गरे । सन् १९८९ मा गाडन्स्क, पोल्याण्डमा जन्मेका बिजुलि मिस्त्री लेक भालेन्साको जादुको छडिले पोलिस कम्युनिष्ट शासनलाई गर्लम्मै ढा’लेको त्यसबेला सम्झे । मैले त्यो समाचार निकोशिया, साईप्रसमा छँदा टेलिभिजनको पर्दामा देखेको त्यतिबेला झल्यास्स याद गरे ।

लेक भालेन्साले पोल्याण्ड मात्रै होइन सवै पुर्वि युरोपको कम्युनिष्ट शासन भ’त्काई दिन्छु भनेको सुन्दा मलाई भालेन्सा अजिवको नेता लागेको थियो । नभन्दै उसले जस्तो सोचेका थिए त्यस्तै गर्न उनी सफल रहे । पुर्वि युरोपको सबै कम्युनिष्ट शासन उसकै कारणबाट स’र्वनाश भएका थिए । त्यँही सालको दुखद क्रिसमसमा रोमानियका क्रु’र शासक निकोलाई र एलिना चाउचुस्केलाई गो’लि हानेर मा’रिएको ठाउ बुखारेस्ट पुगेर म भर्कर फर्कदै थिए । उनीहरुको छातिमा गो’लि प्र’हार गर्ने कप्तान बोइरुलाई त्यतिबेला सम्झेर मेरो आङ जि’रिङ्ग बनाउदै त्यँहाबाट सुस्तरि उठे ।

माटोको ढिस्कोबाट उठेर तिनै यादलाई सम्झदै तर थोरै भ’यभित मुद्रामा म डाँडाको टुप्पामा पुगेको थिए । चारै तिर पर्खालले घेरिएर राखिएको पुरानो प्राग दरवार अति आकर्षक देखिन्थे । एउटा बिरालो कालो होस वा सेतो होस जबसम्म मुसा मार्छ भने ठिक्कै छ भन्ने भनाईको साथ आर्थिक सुधार ल्याएको देङ साओ पिङको आशिर्बादले प्रशस्त पैसा कमाउने अबसर पाएका धनाढ्य चिनिया पर्यटकहरुले प्राग दरवारमा इस्तानबुलको ग्राण्ड बजार जतिकै घुईचो बनाई रहेका थिए । तिनै भिडसँग मिसियर म पनि केहि बेर नक्कली चाईनिज बन्न खोजे । एकछिन पछि चाईनिजहरुको हुलबाट छुट्टिएर मैले आफ्नो गतिलाई डाँडाबाट ओरालै ओरालो झरे ।

मलाई जति उकालो चढन मुस्किल थियो तर ओरालो झर्न त्यति मुस्किल भएन । केहि बेर हिडेपछि भेल्टाभा नदि पार गरेर पुरानो टाउन तर्फ पुगे । म सँग कोहि बोल्ने साथि नभएकोले मनभरि साम्यबादको बिषयमा नानाथरि कुरोहरु सोच्दै बाटो पार गरि रहेको थिए । सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र निस्कन भन्दा पहिलेको एङ्गेल्सको जिवनीलाई मैले त्यति बेला थोरै स्मंरण गर्न थाले ।

लिभरपुलमा रहदा पटक पटक म सालफोर्ड पुगेको थिए । सन् १८४२ मा बाईस बर्षको कलिलो उमेरमा आफ्नो बाबुको सुति कारखानाका मालिक भएर फ्रेडरिक एङ्गेल्स प्रर्शियाबाट सालफोर्ड, म्यानचेस्टर पुगेका थिए । कुलिन परिवारको एङ्गेल्सले कारखानामा काम गर्ने माईकल बर्न्सका दुई प्यारी छोरीहरु म्यारी र लिज्जी बर्न्ससँग भेट नभएको भए सायद ‘द कन्डिसन अफ द वर्किङ क्लास इन इङल्याण्ड’ भन्ने पुस्तकको जन्म हुदैन थियो होला भन्ने मैले मनमनै सोचे । तिनै पुस्तकले उनको मार्क्ससँग घनिष्टता बढेको थियो नत्रभने मार्क्स हेगेलको दर्शन पढनमा नै ब्यस्त थिए ।

किन म कम्युनिष्ट हुन सकिन ?

कम्युनिष्ट घोषणापत्रको मुख्य प्रेरणा एङ्गेल्सको तिनै बिहे गर्न नमिल्ने प्रेमिका ‘म्यारी बर्न्स’ नै हुन भन्ने मैले सालफोर्ड पुग्दा सोचेको पुनस् प्रागमा याद गरे । त्यसरि म एक्लै हिडदै जादा सडकको सिधै अगाडि डबलिबाट अलिकति बायाँ तिर मोडिएको मात्र के थिए, अचानक मेरो नजर यौ’न सङ्ग्रालय तर्फ पुग्यो । यौन सङ्ग्रालय देखेपछि मार्क्स र एङ्गेल्स लाई मैले चटक्कै बिर्सि दिए । र थोरै पैसा तिरेर हेर्न मिल्ने सङ्ग्राहलय भित्र पसेर काठबाट बनेका बिभिन्न यौ’न सामाग्रिहरुसँग केहि समय ब्यतित गरे । त्यहाँबाट निस्केपछि सडक किनारमा रहेको एउटा ट्याक्सिलाई समातेर मेरो होटल तर्फ लागे ।

पुँजिबाद र साम्यबादले जेलेको मेरो मस्तिष्कलाई लिएर भेल्टेभा नदीको किनारै किनार ट्याक्सि एक रफ्तारमा हुईकिई रह्यो । प्रागमा अपरान्हको मौसम चिनि झै गुलियो थियो । त्यति गुलियो मौसममा हिलटन होटलको सुन्दर अनुहार मेरो आँखा अगाडि नपरिन्जेलसम्म मैले ट्याक्सिमा साम्यबादी राष्ट्र उत्तर कोरिया लाई सम्झि बसे । नब्बेको दशकमा ३८ समानान्तर रेखा कोरियामा म पुगेको थिए । दुवै कोरियाको सिमाना पानमुनजोम गाँउबाट तत्कालिन राष्ट्रपति किम इल सुङको प्रचार प्रसार गाउ ‘प्रोपोगान्डा भिलेज’ हेर्ने अबसर मलाई मिलेको थियो । आफ्नो ज्यानको असाध्यै माया लाग्ने भएकोले मैले कहिले पनि उत्तर कोरिया जाने सोच बनाउन सकेको थिईन । त्यसैले उत्तर कोरियाको सबैभन्दा नजिक तर संसारको सबैभन्दा जोखिम पुर्ण सिमानामा बसेर पुँजिबाद र साम्यबादको गहन अध्यान गरि रहेको थिए ।

‘महाशय ! म रिसेप्सनबाट बोल्दैछु र मेरो नाम इभा हो । यदि तपाईलाई राती सुत्ने साथीको आबश्यक पर्यो भने पोलिस, रोमानियन, हङ्गेरियन, रसियन र चेक युबतीहरुको पनि हामी प्रबन्ध गर्न सक्ने छौ ।’

कोरिया पुगेको दुई दशकपछि साम्यबादि शासक पोल पोटको देश कम्बोडिया पुगेको सम्झना गरे । एक बेलुकि सियाम रिपको ‘खमेर रेस्टुरेन्ट’ को शौचालयमा देखिएको हजारौ मानब खप्परको एउटा तस्बिरले मेरो आङ जिरिङ्ग बनाएको बितृष्णा प्रागमा याद गरे । कम्बोडियाबाट भियतनाम जादै गर्दा जेङ साउमिङ्गसँग सन् १९२६ बिहे गरेर पनि आजिवन अबिबाहित रहे भन्ने हो चि मिन्हको बिचार लाई सम्झेर उहाँ नायक कि खलनायक हुन भन्ने मैले ट्याक्सि भित्र बसेर सोचि रहे ।

केहि क्षणमा ट्याक्सि प्राग हिलटन अगाडि पुगेर रोकियो । दिनभरिको हिडाईले मेरो शरिर पसिनै पसिना भएको थिए । त्यसैले होटलमा पुगेर नुहाउने योजना बनाएको थिए । होटलको पाँचौ तलामा रहेको मेरो कोठाको ढोका खोल्दै गर्दा टिङिरिङ टिङरिङ फोनको घन्टी बजि रहेको मैले कोठा बाहिरबाट नै सुनि रहेको थिए । त्यसैले चाडो चाडो ढोका खोलेर फोनको रिसिभर उठाएर ‘हेल्लो,’ भने ।

‘महाशय ! म रिसेप्सनबाट बोल्दैछु र मेरो नाम इभा हो । यदि तपाईलाई राती सुत्ने साथीको आबश्यक पर्यो भने पोलिस, रोमानियन, हङ्गेरियन, रसियन र चेक युबतीहरुको पनि हामी प्रबन्ध गर्न सक्ने छौ ।’ ढोका खोलेर कोठा भित्र छिर्ने बितिक्कै अचानक रिसेप्सनिष्टको त्यस्तो कुरो सुनेर म केहिबेर अक्क न बक्क परे । धेरै अगाडि छाङ्सा, चिनमा छँदा पथ प्रदर्शकले ‘चिकन’ माग्दा टेबलमा चाहिने हो वा पलङमा चाहिने हो भनेर निश्चित गर्नुपर्छ भनेकी मैले तत्कालै याद गरे । अनि हतार हतार तपाईको सल्लाहको लागि धेरै धेरै धन्यबाद छ, तर मलाई सँगै सुत्ने साथीको आबश्यक छैन भनेर फोन राखि दिए । मैले फोन राखेपछि उनको भनाईले मेरो मन चसक्कै घोच्यो, किनभने उनले त्यहाँ पुकारेकी सबै राष्ट्रहरु पुर्व कम्युनिष्ट राष्ट्रहरु थिए ।

उनले भनेकी राष्ट्रहरुलाई केहि मनन गरे । दुई बर्ष अगाडि मात्रै लेक भालेन्साको गाउ गाडँन्स्क, पोल्याण्ड हुदै स्टोनियसम्म पुगेको थिए । त्यो भन्दा केहि समय अगाडि लगभग संसारको आधा हिस्सा ओकटेको तत्कालिन सोभियत सँघ पुगेको थिए । आफ्नो दाजु अलेक्जान्डर उलनोभको हत्याको बदलि लिन राजनितीमा हाम फालेका भ्लादिमिर इल्युच उलनोभले जारको शासन समाप्त गर्दै साम्यबादलाई पहिलो चोटि रुसमा अभ्यास गरेका थिए । लगभग तीस बर्ष सत्तामा रहेका जोसेफ स्टालिनले लिएको दुर्गति पथलाई मिखाएल गोर्बाचेभले बचाउन नसकेर देश नै १५ टुक्रा भएको स्मंरण मैले त्यति बेला गरे ।

एक्लै होटलको कोठामा बसेर रिसेप्सनमा भएकी इभाको अनुहार राम्ररि सम्झने प्रयत्न गरे, त्यै पनि उनलाई राम्ररि सम्झन सकि रहेको थिइन । मैले उनलाई वास्ता नगरे पनि म एक्लै कोठामा आउदै गरेकी उनले याद गरेकी रहेछिन भन्ने मलाई त्यतिबेला महसुस भयो । नजिकै रहेको कित्लिमा पानी भरेर उमाले । एक कप हरियो चिया बनाएर पिउदै झ्यालबाट प्रागको रात्रिकालिन रमझम लाई केहि बेर नियालि रहे ।

प्रागको रमाईलो देखेर मलाई किन किन त्यति बेला पुर्व कम्युनिष्ट राष्ट्र युगोस्लाभियाको याद आयो । लगभग १५-१६ बर्ष अगाडि पुर्व युगोस्लाभियामा पुगेको थिए । साम्यबादी शासक जोशेफ टिटो बाचिन्जेलसम्म युगोस्लाभियालाई जब्बरजस्ति एक ढिक्का बनाएर राखेका थिए । तर उसको मृत्यु पछि तितर बितर भएको सर्बिया, क्रोशिया, बोस्निया हर्ज गोभिना र कोसोभो पुगेर देखेको दुखदायि जिवनसँग केहि बेर रङ्गिन प्रागको तुलना गरि रहे ।

समय बेलुकिको सात बज्यो । होटलको रिसेप्सनमा झरेपछि एउटा ट्याक्सि मगाएर खाना खान सहर तर्फ लागे । ट्याक्सि चालकसँग केहि बेरमा ‘गोल्ड फिङ्गर क्लब’ पुगेको थिए । क्लबको ढोका अगाडि ट्याक्सि रोकिए पछि हाम्रो नजिक एक जना मानिस आएर चालकसँग उनीहरुको भाषामा खै कुन्नि के के बोले रु मैले धेरै अगाडिदेखि त्यस क्लबमा जाने अभिष्ट रहर पालेको थिए । जुन रहर पुरा हुनै लागेकोले अति हर्षित एबम प्रसन्न मुद्रामा थिए त्यसैले केहि नबोलि चुपचाप बसि रहे । चालकले केहि बेरमा उसको नाम बारोस भन्दै मलाई परिचय गराई दियो ।

‘गोल्ड फिङ्गर क्लबमा स्वागत छ,’ धेरै उत्साहित हुदै बारोसले मलाई स्वागत गर्यो ।

मलाई पछ्याउनु होला भन्दै ऊ मेरो अगाडि अगाडि हिड्यो । पुच्छर हल्लाउदै हिडेको कुकुर झै म उसको पछि पछी पछ्याए । भर्याङ्ग चढेर एक्कै छिनमा हामी तला माथी पुग्यौ । र बिभिन्न कोठाहरु पार गर्दै गर्दै अगाडि बढि रह्यौ । क्लबमा हुने ठुल्ठुला होहल्लाको अपेक्षा गर्दै हिडेको थिए, त्यसको सट्टामा एकदमै शान्त देखेर थोरै अचम्म मान्दै म उसलाई पछ्याई रहेको थिए । दायाँ बायाँ देखिएका कोठाहरु सबै बन्द थिए । दाहिने घुम्ने बितिक्कैको एउटा कोठा अगाडि पुगेर बारोस टक्क रोकियो । जहाँ चार जना मान्छेहरु हामीलाई पर्खेर उभि रहेको थिए । मैले उनीहरुसँग गरेको छोटो परिचयमा बेलायतिहरु रहेछन भन्ने चाल पाए ।

‘तपाईहरुको लागि यो कोठा एक घन्टा सम्म आरक्षित गरिएको छ,’ बारोसले हामी सबैको अगाडि मुख खोल्यो ।

त्यति भनि सक्ने बितिक्कै उसले बिस्तारै कोठाको ढोका खोल्यो । उसको पछि पछि हामी त्यस कोठा भित्र पस्यौ । तर कोठा भित्र पस्ने बितिक्कै सबैजना एक चोटि गलल हास्यौ । बारोसले ढोकालाई बन्द गर्यो र दायाँ बायाँको पर्दा लगाई दियो ।

कोठाको बिचौ बिच भागमा एउटा टेबल थियो । टेबल माथि बाक्लो गद्दा जस्तो बिस्तारा देखिन्थ्यो । जसलाई रातो कम्बलले ढाकिएको थियो । तिनै टेबल माथी हिस्सी परेकी एउटी त’रुनी युबती ना’ङगो भु’तुङगो परेर उतानै सुति रहेकि थिईन । उनको हरेक अ’ङ्ग प्र’त्यङ्गहरु जस्तै हात, फिला, छाती, पेट र गु’प्ताङ्ग ढाक्ने गरेर मिठा मिठा भोजन सजिएको थियो । मलाई उनको त्यस्तो दयनिय अबस्था देख्दा पुर्व साम्यबादी राष्ट्रमा पैसा र जिन्दगीको बिषयमा केहि बेर सोच्न बाध्य तुल्यायो ।

युबतीको पुर्ण शरिर भरि पौष्टिक भोजनहरु टनाटन भरिएको देखिन्थ्यो । त्यहाँ सबैभन्दा बढि जापानिज सुसिहरु देखिएको थियो । जसले गर्दा त्यस ठाँउलाई सुसि बफेट भनिएको रहेछ भन्ने कुरो ती युबतीलाई देखेपछि मलाई पुष्टि भयो । ति जम्मै सुसिहरु हामी सबैजनालाई बराबरि बाडने भने प्रति ब्यक्ति आठ-दश वटा जति पुग्दथ्यो । अन्य सन्तुलित आहारामा मिलाएर काटिएका काँचो माछा सलमान र टुनाको चोक्टाहरु यत्र तत्र देखिएका थिए । सलमानको छेउ छेउमा वासाबि, तोरिको लिट्टो० काक्रो, अदुवा र लसुनको चटनिहरुले आराम गरेर हाम्रो स्वागतको लागी पर्खेर बसेका थिए ।

‘के तपाईको घर यहि चेक गणतन्त्र हो र?’ लामो समयसम्म केहि नबोलि लम्पसार उतानो सुति रहेकी युबतीलाई केहि उत्सुक्ताको साथ फेरि सोधे । ‘हवाना-क्युबाबाट आएकी हुँ । मेरो प्राग यात्राको एउटा लामो अदृश्य कथा छ ।’ लामो सास तानिन र थोरै बेखुशि मुद्रामा बोलिन ।

सुसिको बिचबिच भागमा हरियो धनियाका ठुल्ठुला पातहरु कम्बर मस्काउदै नाचि रहेका जस्तो देखिन्थ्यो । मैले तिनै मँगलामुखिको भिमकाया छा’ति नजिकैबाट चिहाएर हेर्दा अहिले भर्खरै बुर्कुसि मारेर भाग्ला झै गरेको देखे । तैपनि त्यति गतिलो बै’सालु ब’क्षस्थलको वरिपरि तीन चार दाना कालो अङ्गुर र जैतुन मिसाइ दिएपछी मुन्टो, अङ्गुर र जैतुन कुन हो भनेर छुट्याउन जो कोहिलाई हम्मे हम्मे पर्दथ्यो । त्यति बेलासम्म युबतीलाई देखेर मैले जे सोचेको थिए सायद ति बेलायतिहरुले पनि म जस्तै सोचि रहेको होला कि भन्ने मलाई लाग्यो । तर हामी कसैको मुखबाट एक्कै शब्द फुत्केको थिएन ।

स्त्री प्र’जनन अ’ङ्गको वरिपरिका निख्खर काला झारहरु अङग्रेजि अक्षर ‘टि’ आकारले खौरिएका देखिन्थ्यो । र तिनै अङग्रेजि टि अक्षरको दुबै कुनामा दुई दुई वटा रातो स्ट्राबुरीले अति सुकोमल र शुसोभित बनाई दिएका थियो । उनकी कानको दुबै पट्टि सेता सेता चुवाका फुलहरु सिउरेकी थिईन । तर उनको हात र खुट्टाको छेउ छेउमा चाँही पुर्ण रुपले फक्रेका सेतो कमलका थुङगाहरु थिए । टेबलका किनारै किनारमा पाँच जोडि चपस्टिकहरुले हामीलाई पर्खिरहेका जस्तो भान पर्दथ्यो । चपस्टिकहरुको दायाँ बायाँ छिमेकिहरु अदुवा, लसुन र सोइसस अचारले पनि अभागि समयको प्रतिक्षा गरि रहेकै अबस्था थियो ।

हामी सबै जनाले अहिलेसम्म युबतीको अगाडि उभिएर रमिता मात्रै हेरि रहेको थियौ । पर्खालको भित्ताबाट बिजुलिको मधुरो प्रकास आई रहेको थियो । अनि युबती सुतेको सिधै मास्थिर सिलिङमा बडेमाको ऐना थियो । उनी लम्पसार उतानो सुति रहेको टेबलको वरिपरि अङ्ग्रेजि अक्षर ‘यु’ प्रकारले घुमाएर राखिएको रातो सोफा थियो । जहा पाँच जना सम्म मान्छेहरु आरामले हल्लि हल्लि बस्न मिल्दथ्यो । कुन सिटमा बस्दा अलिक बढि फाइदा हुन्छ भनेर मैले मनमनै हिसाब गरि रहेको थिए । तर अङ्ग्रेजहरु म भन्दा धेरै बाठा रहेछन् । युबतीको स्त्री प्र’जनन अ’ङ्गको दायाँबायाँ उनीहरु सटासट बसि हाले । चाडै निर्णय गर्न नसक्ने म अभागिले युबतीको शिर तिरको भाग भेट्टाएको थिए । आफ्नो कर्मलाई थोरै धिकार्दै यु’बतीको टाउकोको नजिक पुगेर थपक्कै बसेको थिए ।

किन म कम्युनिष्ट हुन सकिन ?

हामी सबैले आ-आफु बस्ने स्थान पाएपछी कोठामा एक छिन शून्यताले छायो । केहि बेरमा त्यस्तो शुन्यतालाई भँग गर्दै घन्द्रङ्गै दैलो खोलियो र दैलोको साथ साथै पर्दा पनि सरर गर्दै अर्को चोटि उघ्र्यो । पर्दा खोलिए सँग सँगै कोठा भित्र दुई जना बिकिनि पहिरनमा सजिएकी षो’डशिहरुले किस्तिमा पाँच सुराही जग बि’यर ल्याएर उपस्थित भएका थिए ।

सबैले बि’यर पायौ । सेबिकाहरु गएपछि सबैले आ-आफ्नो अगाडि परेका सुसिलाई आ’क्रमण गर्न थाल्यौ । बिचरी युबतीले हात खुट्टा केहि चलाउन सकि रहेकी थिईनन् । उनको हातको पाखुरा, पुर्ण जिउ र खुट्टाको फिला भरि स्वादिष्ट भोजनहरु थिए । यदि युबतीको जिउ चिलायो भने के गर्छिन होली भन्ने नाना थरिको कुराहरु मैले ब्यार्थमा सोचि रहे । म उनको टाउकोको नजिकै थिए, त्यसैले सुस्तरि उनको नाम सोधे ।

‘भेरोनिका,’ उनले छोटो उत्तर दिईन ।

‘के तपाईको घर यहि चेक गणतन्त्र हो र?’ लामो समयसम्म केहि नबोलि लम्पसार उतानो सुति रहेकी युबतीलाई केहि उत्सुक्ताको साथ फेरि सोधे ।

‘हवाना-क्युबाबाट आएकी हुँ । मेरो प्राग यात्राको एउटा लामो अदृश्य कथा छ ।’ लामो सास तानिन र थोरै बेखुशि मुद्रामा बोलिन ।

उनले हवाना भने पछि म पनि झसङ्ग भए । दुई बर्ष पहिले साम्यबादी मुलुक क्युबा जादै थिए । सन् १९५९ देखि साम्यबादको द’लदलमा फसेको फिडेल कास्ट्रोको अबशेष हेर्न जमैकाबाट क्युबा हिडेको मेरो पानीजहाज कोस्टारिका पुगेको मैले त्यतिबेला अमिलो स्मंरण गरे । सामुन्द्रिक आँधी बेहरीले नि’षेध गरेको क्युबा जाने मेरो रहर त्यति बेलासम्म पुरा हुन सकेको थिएन ।

कोठाको बाताबरण एकदम सुन सान थियो । म एउटै टेबलमा बेलायतिहरु सँगसँगै बसेको भएता पनि उनीहरुले बेलायति भट्टिपशलमा फुटबल खेल हेरे झै होहल्ला गरेका थिएनन् । तै पनि समय समयमा उचालिदै पछारिदै गरेको बियरको जगले निकालेका टक टक आवाज यदाकदा सुन्न सकिन्थ्यो । भित्ताबाट आई रहेको बिजुलिको मधुरो प्रकाशले ‘कमरेड भेरोनिका’ को अमुक नयनहरु घरि घरि जुनकिरि झै चम्कि रहेको आभास हुन्थ्यो ।

मैले त्यतिबेला भेरोनिकाको सुन्दर मुहारलाई नजर लगाउदै संसारको बिभिन्न मुलुकमा अभ्यास गरिएर अशफल हुदै अस्ताई सकेको साम्यबादी शासन ब्यबस्था किन नेपालमा पटक पटक उदाई रहेका छन् होला भनेर सम्झदै केहि बेर चिन्तित बनि रहे । अनि चारै तिर पर्दा बन्द भएको प्रागको एउटा सुनसान कोठामा चे ग्वेभाराले छाडेको रगतको बछिटा उछिटिएका बाईस बर्षे साम्यबादी ब’क्षस्थल माथि सजिएको कालो जै’तुन मानेर स्त’नको मु’न्टोलाई चोपस्टिकले घोच्दा उनको मुखबाट निस्केको ऐईया भन्ने आवाज मेरो कानमा मधुर भावले गुन्जि रह्यो ।

उनले छाडेकी अन्तिम शब्द ‘ऐइया’ सँगसँगै बिश्र्वको हरेक कुना कुनामा पुगेर गरेको मेरो साम्यबादको चालिस बर्षको अध्यानले सुस्तरि कोल्टे फेर्यो ।

‘कमरेड भेरोनिका ! किन किन म कम्युनिष्ट हुन सकिन र?’

बुइपा खोटाङ , हाल अक्सफोर्ड, बेलायत ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347