Logo

हलेसी विकास समितिको समन्वय तेस्रो चरणमा


बिसा चाम्लिङ
हलेसी विकास समितिको वैठकसँगै पार्टीगत छलफल, अवलोकन भ्रमण र सवालहरुको पहिचान, तथा थप समन्वय अन्र्तगत विकास समितिको गतिविधिलाई तिब्रता बढाउन सरोकारवाला र अधिकारवाला समूदाय, संस्थाहरुसँग समन्वय गर्ने क्रममा टोल विकास समिति, भजन समहू, होटल व्यवसायीसंघ, ककनी मन्दिर संरक्षण समिति छलफल भएको विकास समिति अध्यक्ष टंक राईले बताए । बाँकी रहेको अन्य राजनीतिक दलहरु, सामाजिक संस्थाहरु लगायत सरोकारवाला संस्थाहरु समन्वय अगाडी बढाईने अध्यक्ष राईले बताए ।

हलेसी विकास समितिको समन्वय तेस्रो चरणमा

समितिको अध्यक्षमा पूर्व मा. राईको आगमनसँगै तिब्र रुपमा क्रियाकलाप तथा गतिविधि बढीरहेको कार्यकारी निर्देशक समर भुजेलले बताए । हलेसी त्रिधार्मिक स्थल भएको हुनाले सबै धर्महरुसँग सम्बन्धित धार्मिक ग्रन्थहरुमा आधारित तथा हलेसीसँग जोडिएको इतिहास, जसमा उनीहरुको इतिहासलाई समग्र रुपमा अध्ययन र अनुसन्धान गरी खोजअनुसन्धान ग्रन्थ आगामी वर्षभित्रमा तयार गर्ने कार्य अनुरुप थप कार्य पनि अगाडी बढीसकेको अध्यक्ष मा. राईले बताउनु भयो ।

हलेसी विकास समितिको समन्वय तेस्रो चरणमा

पर्यटन विश्वको उत्कृष्ट व्यवसाय तथा आय आर्जनको माध्यम भएको हुनाले विश्वमा अपवादमा रहेको त्रिधार्मिक स्थल हलेसीलाई सोही रुपमा व्यवस्थित गर्नै रोजगारी सृजर्ना गर्दै व्यवसायिक बनाउन भरपुर प्रयास गर्ने लक्ष्य रहेको अध्यक्ष राईले बताए ।

हलेसी विकास समितिको समन्वय तेस्रो चरणमा

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्