Logo

चौथो जिल्ला सभा खोटाङ सम्पन्न, जनताको जनादेशलाई सम्मान गरिने मा. राई


बिसा चाम्लिङ

नेपालको संविधान २०७२ घोषणा पश्चात नेपाल संघिय संरचनामा गएसँगै र्आिर्थक वर्षको बजेटहरुको चौथो बजेट सबै स्थानिय तहहरुमा सम्पन्न भएसँगै खोटाङ जिल्लाको समेत चौथोसभा सम्पन्न भएको छ । जनताले आफ्नो अमूल्य मत दिएर ५ वर्षे कार्यकालको मेन्डेट दिएर जनप्रतिनीधि जिताएर पठाएको तथा जनताको सवालहरुलाई सम्बोधन गर्ने सुनौलो अवसरहरु भएर पनि लक्ष्य सम्म पुग्न हरप्रयास भइरहेको प्रदेश सभा सदस्य प्रमुख अतिथि माननीय रामकुमार राईले बताए । अबको बाँकी रहेको दुई वर्षे अवधिमा जनादेशलाई सम्बोधन हुने किसिमले राज्यले तथा सरकारले कार्ययोजना ल्याउनेमा आफ्नो अन्तिम सम्म प्रयास हुने मा. राईले प्रतिवद्धता जनाए ।

चौथो जिल्ला सभा खोटाङ सम्पन्न, जनतको जनादेशलाई सम्मान गरिने मा. राई

जनताले स्थायी सरकारको लागी दिएको जनाअधिकारलाई सम्मान गर्दै अगाडी बढ्ने अवस्थामा कोरोना अपवादको समस्या विश्वभर फैलिएको अवस्थामा नेपाल अछुतो हुन नसकेकोले त्यसपछिका दिनहरुमा सरकारले सही दिशा गर्न प्रयास गर्दैगर्दा पनि लक्ष्य सम्म पुग्न धेरै चुनौतिहरु आएको अवगत गराउनु भयो । यसकारण बाँकी कार्यकालको समयमा निश्चित रुपमा जनताको जनादेशलाई सम्मान हुने कार्य गरिने मा. राईले बताउनु भयो ।

चौथो जिल्ला सभा खोटाङ सम्पन्न, जनतको जनादेशलाई सम्मान गरिने मा. राई

हरेक वर्ष आ.व.शुरुसँगै हुने सभामा जिल्लाको सबै पालीहरुको प्रमुख तथा उपप्रमुख लगायत समन्वय समितिका सदस्यहरु तथा पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्