Logo

राजनीतिसँगै कृषि क्रान्तिमा युवा नेता देबक्रिम राई


खोटाङ, मान्सुङ चाम्लिङ

आफ्नो उर्वर जोवन देखी हालसम्मको सम्पुर्ण समय राजनीतिमा खर्चिएता पनि आफ्नो जन्मभूमी कृषिमा निर्भर भएको हुनाले पछिल्लो समय केही बचेको समय कृषिमा खर्चिंदै आएका छन्, युवा नेता देब बिक्रम राई । उहाँले आफ्नो वंशज हलेसी क्षेत्रबाट आएको हुनाले आफ्नो वंशजको नाम र क्षेत्रको आधारमा बाघसिंह हलेसे मेमोरियल गार्डेन फर्म दर्ता गरेर कृषि क्रान्तिमा लागेका छन् । कृषिमा लागेको धेरै वर्ष भएता पनि फर्म दर्ता गरेर अगाडी बढेको भने करिब ५ वर्ष भएको राईले बताए । पछिल्लो समयमा कृषि ज्ञान केन्द्र खोटाङको आर्थिक सहकार्यमा ३ लाख तथा फर्मको १ लाख गरेर जम्मा ४ लाख रुपैंयाको लगानीमा लिचिी पकेटको रुपमा कृषि अभियानमा राई होमिएका छन् ।

राजनीतिसँगै कृषि क्रान्तिमा युवा नेता देबक्रिम राई

राईले खोटाङ जिल्लाको लिचि कृषि व्यवसायमा आफ्ले अग्र रुपमा लगानी गरिरहेको दावी गर्नु भएको छ । हाल सम्म ५०० बोट लिची लगाइएको जानकारी गराउनु भयो । यसको साथै यससालबाट एबोकाडो १५० बोट विरुवा समेत लगाइएको जानकारी गराउनु भयो । यसमा थप अन्य विरुवाहरुमा आँप लगायतको फलफुलहरु लगाइएको अवगत गराउनु भयो ।

राजनीतिसँगै कृषि क्रान्तिमा युवा नेता देबक्रिम राई

युवा नेता राईले संचालन गर्नु भएको कृषि फर्मलाई सभासद माननीय पाँचकर्ण राई, जिल्ला समन्वय समिति अध्यक्ष बबि चाम्लिङ लगायतले अवलोकन गर्नु भएको थियो । राजनीति आफैमा सेवा भएको हुनाले आर्थिक व्यवस्थापन गर्न तथा युवाहरुलाई राजनीतिमा आवद्ध हुँदै कृषि क्रान्तिमा लाग्ने उदाहरण प्रस्तुत गर्नु भएको माननीय पाँचकर्ण राईले बताउनु भयो । पछिल्लो समय कृषि ज्ञान केन्द्रको आर्थिक समन्वयमा थोरै थोरै लगानी गरे पनि जनताहरुमा कृषि लगानीमा हौसला थप्ने काम भने उत्साहपुर्ण भएको जिल्ला समन्वय समितिका अध्यक्ष बबि चाम्लिङले बताए ।

राजनीतिसँगै कृषि क्रान्तिमा युवा नेता देबक्रिम राई

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्