Logo

हलेसी विकास समितिले अध्यक्ष पाएसँगै समन्वय गतिविधि बढ्यो


372 Views

मान्सुङ चाम्लिङ-लामो समय देखी हलेसी विकास समितिमा रिक्त रहेको अध्यक्ष पदमा पूर्व माननीय टंक राईलाई मन्त्रिपरिषदको निर्णयसँगै गतिविधिले तिब्रता पाएको छ । राईले अध्यक्षको नियुक्तिपत्र पाएसँगै पहिलो वैठक बसेर पहिलो चरण अन्र्तगत १५ कार्ययोजना तयार गरेको थिए ।

सोही अनुसार आज विकास समितिको बर्तमान अवस्था, भइरहेको गतिविधिहरुबारेमा हलेसी त्रिधार्मिक स्थलको अवलोकन भ्रमण सुष्म रुपमा कार्यसमिति, स्थानिय जनप्रतिनिधिहरु र स्थानियहरुको साथ अवलोकन गर्नु भएको छ ।

अवलोकन भ्रमणको क्रममा अध्यक्ष राईले हलेसी त्रिधार्मिक स्थललाई प्रकृति मैत्रि वातावरणलाई सोही रुपमा नै व्यवस्थापन गर्नको लागी आवश्यक समन्वय गर्न थालिएको बताए ।

हलेसी विकास समितिले अध्यक्ष पाएसँगै समन्वय गतिविधि बढ्यो

त्रिधार्मिक पर्यटकिय स्थललाई पर्यटनको रुपमा विकास गर्नको लागी तयार गरिएको हलेसी गुरुयोजना मुताविक यसलाई सफल र अपनत्व गराउन स्थानिय समूदायहरु सहित सबै निकायहरुसँग समन्वय गर्ने क्रममा असार २७ गते २०७७ मा दोस्रो चरणको समन्वय हलेसी बजार समिति, आमा समूह र भजन समूहसँग छलफल गरिने अध्यक्ष राईले बताए ।

पहिलो चरणको अवलोकन भ्रमण अन्र्तगत मन्दिर परिसर वरिपरी सबै अवलोकन गरिएको कार्यकारी निर्देशक समर भुजेलले बताए । अलोकन भ्रमणमा वडा अध्यक्ष चइन्द्र राई, जनप्रतिनीधि डिल्ली राई, कार्यसमिति प्रमोद गिरी, युवा नेताद्धयहरु लंक राई, सर्वधन वस्नेत, समाजसेवी मंगल परियार तथा पुजारी गोपाल गिरी लगायत स्थानियहरु सहितको अवलोकन भ्रमण गरिएको निर्देशक भुजेलले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347