Logo

कृषि अभ्यासमा सफलहुँदै सविता, अनुगमनमा माननीय राई र अध्यक्ष


मान्सुङ चाम्लिङ

पानी कम पर्ने हलेसी क्षेत्रमा कृषि खेतीतर्फ उन्मुख हुनु आफैमा चुनौती छ । हालसम्म यस क्षेत्रमा पिउने पानीको समेत हाहाकार भएको हुनाले लिफ्टिङ परियोजना अगाडी बढीरहेता पनि सिंचाईको लागी कुनै व्यवस्थापन भएको छैन । यही चुनौतीका बाबजुत पनि हलेसी तुवाचुङ नगरपालीका वडा नं.५ दुर्छिम हात्तिढुंगे निवासी सविता चाम्लिङ विगत ३ वर्षबाट कृषि व्यवसायमा अभ्यासमा लागि परिरहेकी छिन् ।

कृषि अभ्यासमा सफलहुँदै सविता, अनुगमनमा माननीय राई र अध्यक्ष

सविताले कृषिक्षेत्रसँग सम्बन्धित १८ महिने कृषि प्राविधिक पास गरी प्रमाणपत्र लिएपश्चात यसलाई कार्यान्वयन गर्नको लागी अभ्यासमा उनी सफल भएकी छिन् । उनले संचालन गरेको कृषि फर्मलाई सभासद माननीय पाँचकर्ण राई, जिल्ला समन्वय समिति खोटाङ अध्यक्ष बबि चाम्लिङ, युवा नेता देबबिक्रम राई, मुन्धुमविद भोगीराज चाम्लिङ लगायतले अनुगमन गरेका थिए ।

कृषि अभ्यासमा सफलहुँदै सविता, अनुगमनमा माननीय राई र अध्यक्ष

हाल पछिल्लो समय उक्त कृषि फार्म संचालन गर्न कृषि ज्ञान केन्द्र खाटाङको तर्फबाट सात लाख तथा फर्मको लगानी २ लाख बाउन्न हजारगरी जम्मा ९ लाख ५२ हजारहेको सविताले बताइन । कृषि फर्म अवलोकन पश्चात सविताले गरेको मेहनत उदाहरणीय रहेको माननीय पाँचकर्ण राईले बताउनु भयो ।

उनले आफ्नो अध्ययन पश्चात नमुना कृषि फर्म दर्तागरी आफ्नै घरमा विभिन्न कृषिकार्य अभ्यासमा छ्नि । जसमा कम्पोष्टमल, टमटर नर्सरी, खाल्डे नर्सरी, टाँडे नर्सरी, ट्रे नर्सरी, काउली, वन्दा, मौसमी र बेमौसमी तरकारीहरु, खुर्सानी, चाईनिज साग, टनेवोडी, चौमासे सिमी, झँ्यागे सिमी, धनिया मसला लगायतका स्थानिय तरकारी र मसलाहरुका उत्पादनमा लागि रहेकी छिन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्