Logo

चर्चित गायक अरुण थापा मगरको बायोपिकमा फिल्म निर्माणमा कास्टिङलाई लिएर वि’वाद


बिश्वराज राई-निर्देशक निर्देशक दिनेश राउत र अभिनेता प्रदीप खड्काले पहिलो पटक एकसाथ काम गर्दैछन् । अर्को वर्षबाट छायांकन सुरु हुने चलचित्र अहिले स्क्रिप्ट लेखनमा काम भइरहेको छ । तर, चलचित्र कस्तो कथावस्तुमा बन्न लागेको हो भन्ने जानकारी निर्माण टिमले दिएको छैन । तर, केही दिनयता चर्चित गायक अरुण थापा मगरको बायोपिकमा फिल्म निर्माण हुन लागेको चर्चा चलिरहेको छ ।

यस्तै गरी आज आदिबासी जनजाती मात्री भाषा पबर्द्धन समितिको सयोजन सुर्य चेम्जोङको सयोजकमा डा. कृष्ण भट्टचन, चलचित्र निर्देशक नबिन सुब्बा, आदिबासी जनजाती चलचित्र महासङ्घको अध्यक्ष अमृत सुनुवार र महा-सचिब पुर्खाजित राई, आदिबासी जनजाती मात्री भाषा पबर्द्धन समिति निबर्तमान सयोजक युबराज मगर, समाजशात्री बिना खालिङ लगायत आदिबासी जनजाती चलचित्रको जन्य १४ सस्थाहरुको प्रतिनीधीको एक भिडियो जुम कुराकानिमा समेत गहन छलफल गर्दै बि’रोध गरेको छ्न ।

५० वर्ष अगाडिको सेटअपमा तयार पारिने चलचित्रमा अभिनेता प्रदीपले गायक थापाको भूमिका निर्वाह गर्ने बताइएको छ । गायक अरुण थापाको बायोपिक बन्न लागेको कुराले उनका प्रशंसकहरु खुसी भए पनि कलाकार छनोटलाई लिएर वि’वाद सुरु भएको छ । मंगोलिन अनुहारका अरुण थापासँग आर्यन अनुहारका प्रदीप खड्का नसुहाउने भन्दै निर्माण टिमलाई कास्टिङ परिवर्तन गर्न विभिन्न संघसंस्थाहरुले आग्रह गरेका छन् ।

आदिबासी जनजाती चलचित्र महासङ्घको अध्यक्ष अमृत सुनुवारले ‘मिस–कास्टिङ’ भएकोमा निर्माण टिमको ध्यान आकर्षण गरानु पर्ने बताए । उनले कास्टिङ परिवर्तन नगरे चलचित्र प्रदर्शनको समयमा वा अन्य समयमा हुने विरोधको सम्पूर्ण क्ष’ति निर्माताले बेहोर्नु पर्ने हुनाले सुटिङ हुन भन्दा अघी नै आदिबासी सौन्दर्यबाट फिल्म बन्नु पर्ने तर्क दिए । त्यस्तै गरी डा. भट्टचनले भने ‘बायोपिक चलचित्रमा कलाकार छनोट महत्वपुर्ण हुने भएकाले आदिबादी दृष्ट्रीकोणबाट र सामुहिक जिबन पद्धतिबाट हुनुपर्ने छ।’

मगर चलचित्रकर्मी सङ्घको अध्यक्ष युबराज मास्किले समेत सोच-विचारका साथ फिल्म निर्माण गर्न निर्मातालाई भेटेर नै अनुरोध गर्ने कुरा बताए । मिस–कास्टिङ’ गलत भूमिकाको नेतृत्व भोलिको ईतिहासमा हुने हुँदा आज नै सोच बिचार पुर्याएर चलचित्र बनाउनु पर्ने सबैको मत रहेको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्