Logo

बाह्रबिसे नगरपालिका बाढीः दुईको मृत्यु, १८ बेपत्ता (अपडेट)


अविरल वर्षासँगै आएको पहिरोबाट बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन्।

स्थानीयवासीले जम्बु निवासी २० वर्षका निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव स्थानीय बासिन्दाले भेटेका छन्। अरुको सुरक्षाकर्मी र स्थानीय बासिन्दाले खोजीकार्य गरिरहेका छन् ।

बाह्रविसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाले स्थानीय खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुलसँगै अरनिको राजमार्गको ४० मिटर जत्ति सडक बगाएको जानकारी दिएका छन्।

उनले घटनामा घाइते भएकाको उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर आउँदै गरेको बताए।

मेयर शेर्पाले बाढीले जम्बु बजार बगाएको र जुरेमा समेत पहिरो गएको जानकारी दिएका छन्। तस्बिरः देवराज सुवेदी (रासस)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्