Logo

आगामी जनगणना २०७८ मा राईक’रणको मा’रमा परेका किरातीहरुले ध्या’न दिनुपर्ने कुराहरु


निनाम कुलुङ ‘मंगले’-नेपालमा हरेक १०–१० वर्षमा हुने राष्ट्रिय जनगणनाको तथ्यांक कहिल्यै पनि विश्वास गर्न सकिने, सही र भरपर्दो गरी आउने गरेको छैन ! भन्ने आम भनाइ वा गुनासो रहने गरेको छ । खासगरी यस्तो गुनासो वा भनाइ नेपालका आदिवासी जनजाति, मातृभाषी, धार्मिक समूह, अल्पसंख्यक, तेस्रो लिंगी लगायतका अगुवाहरुबाट आउने गरेको छ ।

त्यसैले यहाँ सरसर्ती रुपमा विसं २०४८, विसं २०५८ र विसं २०६८ को तीनवटा जनगणनाबारे केही प्रकाश पार्ने प्रयास गरिएको छ । मसिनो गरी केलाएर सबै कोणबाट लेख्दा धेरै लामो हुने भएकोले माथि उल्लेखित तीनवटै जनगणनामा बढ्दै गएका आदिवासी जनजाति (जातिगत संख्या र उनीहरुको जनसंख्या घटबड) र उनीहरुको घट्दै÷बढ्दै गएको जनसंख्या बारेमा केही लेख्ने जमर्को गरिएको छ । विसं २०४८ अर्थात् सन् १९९१ को राष्ट्रिय जनगणनामा उल्लेख भएका नेपालका आदिवासी जनजाति र ती जातिहरुको जनसंख्या तल उल्लेख गरिएको छ ।

(क) हिमाली आदिवासी जनजातिः थकाली १३ हजार ७३१, भोटे १२ हजार ४६३, शेर्पा १ लाख १० हजार ३५८ । हिमाली आदिवासी जनजातिको जनसंख्याः १ लाख ३६ हजार ५५३ । (ख) पहाडी आदिवासी जनजातिः गुरुङ ४ लाख ४९ हजार १८९, चेपाङ ३६ हजार ६५६, जिरेल ४ हजार ८८९, तामाङ १० लाख १८ हजार २५२, थामी १९ हजार १०३, नेवार १० लाख ४१ हजार ९०, मगर १३ लाख ३९ हजार ३०८, राई ! (राई कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शासकहरुले दिएको पदवी/पगरी मात्रै भएकोले ! चिन्ह राखिएको हो ।) ५ लाख २५ हजार ५५१, लिम्बु २ लाख ९७ हजार १८६, लाप्चा ४ हजार ८२६, सुनुवार ४० हजार ९३४, अन्य १ लाख ८४ हजार २१६ । पहाडी आदिवासी जनजातिको जनसंख्याः ४७ लाख ७६ हजार ९९३ ।

(ग) भित्री मधेसी आदिवासी जनजातिः कुमाल ७६ हजार ६३५, दनुवार ५० हजार ७५४, दरै १० हजार ७५९, बोटे ६ हजार ७१८, माझी ५५ हजार ५०, राउटे २ हजार ८७८, राजी ३ हजार २७४ । भित्री मधेसी आदिवासी जनजातिको जनसंख्याः २ लाख ६ हजार ६८ ।  (घ) मधेसी आदिवासी जनजातिः गनगाई २२५२ …, थारु ११ लाख ९४हजार २२४, धिमाल १६ हजार ७८१, राजवंशी ८ हजार २१७ अन्यः १ लाख २९ हजार ७७७ । तथ्यांक स्रोतः डोरबहादुर विष्टको ‘सबै जातकोे फुलबारी’ नामक किताब ।

त्यस्तै विसं २०५८ अर्थात् सन् २००१ मा उल्लेख भएका नेपालका समग्र आदिवासी जनजातिको जनसंख्या र थप भएका नयाँ आदिवासी जनजातिको जातिगत तथ्यांक पनि तल उल्लेख गरिएको छ ।  (क) हिमाली आदिवासी जनजातिः थकाली १२ हजार ९७३, भोटे १२ हजार ४६३, शेर्पा १ लाख ५४ हजार ६२२, ब्यासी २ हजार १०३, वालुङ १ हजार १४८ । हिमाली आदिवासी जनजातिको जनसंख्याः १ लाख ९२ हजार ९ । यसरी हेर्दा विसं २०५८ को राष्ट्रिय जनगणनामा ब्यासी र वालुङ गरी दुई हिमाली आदिवासी जनजाति थपिएको देखिन्छ भने, हिमाली आदिवासी जनजातिको जनसंख्या १ लाख ८३ हजार ३०९ रहेको थियो ।

(ख) पहाडी आदिवासी जनजातिः मगर १६ लाख २२ हजार ४२१, तामाङ १२ लाख ८२ हजार ३०४, नेवार १२ लाख ४५ हजार २३२, राई ! ६ (राई कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शासकहरुले दिएको पदवी÷पगरी मात्रै भएकोले ! चिन्ह राखिएको हो ।) लाख ३५ हजार १५१, गुरुङ ५ लाख ४३ हजार ५७१, लिम्बु ३ लाख ५९ हजार ३७९, घर्ती/भुजेल १ लाख १७ हजार ५६८, सुनुवार ९५ हजार २५४, चेपाङ÷प्रजा ५२ हजार २३७, थामी २२ हजार ९९९, याक्खा १७ हजार ३, पहरी ११ हजार ५०५, छन्त्याल ९ हजार ८१४, बराम ७ हजार ३८३, जिरेल ५ हजार ३१६, दुरा ५ हजार १६९, लाप्चा ३ हजार ६६०, हायु, १ हजार ८२१, ह्योल्मो ५७९, कुसुन्डा १६४ । यसरी हेर्दा विसं २०५८ अर्थात् सन् २००१ को राष्ट्रिया जनगणगनामा पहाडी आदिवासी जनजातिमा घर्ती/भुजेल, याक्खा, पहरी, छन्त्याल, बराम, ह्योल्मो गरी ६ वटा नयाँ जाति थपिएको थियो भने पहाडी आदिवासी जनजातिको समग्र जनसंख्या ५४ लाख ६६ हजार ४६३ रहेको थियो ।

(ग) भित्री मधेसी आदिवसी जनजातिः कुमाल ९९ हजार ३८९, माझी ७२ हजार ६१४, दनुवार ५३ हजार २२९, दरै १४ हजार ८५९, बोटे ७ हजार ९६९, राजी २ हजार ३९९, राउटे ६५८ । विसं २०५८ को जनगणनामा भित्री मधेसी आदिवासी जनजातिको जातिगत संख्या बढेको देखिदैन भने जनसंख्या २ लाख ५१ हजार १४९ रहेको थियो । (घ) मधेसी आदिवासी जनजातिः थारु १५ लाख ३३ हजार ८७९, राजवंशी ९५ हजार ८१२, सन्थाल/सतार ४२ हजार ६९८, गनगाई ३१ हजार ३१८, धिमाल १९ हजार ५३७, ताजपुरिया १३ हजार २५०, मेचे ३ हजार ७६३, किसान २ हजार ८७६, कोचे १ हजार ४२९, मुन्डा ६६० । २०४८ को जनगणनामा मधेसमा थारु, धिमाल र राजवंशी मात्रै आदिवासी जनजातिको रुपमा रहेका थिए भने, २०५८ को जनगणनामा सन्थाल/सतार, गनगाई, ताजपुरिया, मेचे, किसान, कोचे र मुन्डा गरी ७ वटा नयाँ जातिका रुपमा आए । उनीहरुको जनसंख्या १७ लाख ४५ हजार २२४ रहेको थियो । यसरी विसं २०५८ मा पहिचान खुलेका नेपालका समग्र आदिवासी जनजातिको जनसंख्या ६७ लाख ४६ हजार १५५ रहेको थियो ।

यस्तै यहाँ विसं २०६८ अर्थात् सन् २०११ को ११ औं राष्ट्रिय जनगणनामा आएको आदिवासी जनजातिको जातिगत संख्या र उनीहरुको जनसंख्याको पनि वर्णन गएिको छ ।
(क) हिमाली आदिवासी जनजातिः थकाली १३ हजार २१५, भोटे १३ हजार ३९७, शेर्पा १ लाख १२ हजार ९४६, डोल्पो ४ हजार १०७, ल्होपा २ हजार ६२४, ब्यासी/सौका ३ हजार ८९५, तोप्केगोला १ हजार ५२३, वालुङ १ हजार २४९, ल्होमी १ हजार ६१४ । यसरी हेर्दा २०५८ मा ब्यासी र वालुङ गरी दुई हिमाली आदिवासी जनजाति थपिएका थिए भने, २०६८ को जनगणनामा डोल्पो, तोप्केगोला, ल्होमी र ल्होपा गरी ४ वटा हिमाली आदिवासी जनजाति नयाँ जातिको रुपमा थपिए । उनीहरुको जम्मा कजनसंख्या १ लाख ५४ हजार ५७४ रहेको थियो ।

लेखमा उल्लेख गर्नेपर्ने अर्को विषय रहेको छ ‘–हरेक १०–१० वर्षमा हुने जनगाणनामा जातीय जनसंख्या बढ्ने र घट्ने क्रम ।’ जस्तो कि, विसं २०५८ को राष्ट्रिय जनगणनामा ६ लाख ३५ हजार १५१ रहेको राई ! को जनसंख्या २०६८ को जनगणनामा घटेर ६ लाख २० हजार चानचुनमा झरेको देखिन्छ ।

(ख) पहाडी आदिवासी जनजातिः मगर १८ लाख ८७ हजार ७३३, तामाङ १५ लाख ३९ हजार ८३०, नेवार १३ लाख २१ हजार ९३३, राई ! ६ (राई कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शासकहरुले दिएको पदवी÷पगरी मात्रै भएकोले ! चिन्ह राखिएको हो ।) लाख २० हजार ४, गुरुङ ५ लाख २२ हजार ६४१, लिम्बु ३ लाख ८७ हजार ३००, घर्ती/भुजेल १ लाख १८ हजार ६५०, सुनुवार ५५ हजार ७१२, चेपाङ/प्रजा ६८ हजार ३९९, थामी २८ हजार ६७१, याक्खा २४ हजार ३३६, पहरी १३ हजार ६१५, छन्त्याल ११ हजार ८१०, बराम ८ हजार १४०, जिरेल ५ हजार ७७४, दुरा ५ हजार ३९४, लाप्चा ३ हजार ४४५, हायु, २ हजार ९२५, ह्योल्मो १० हजार ७५२, कुसुन्डा २७३, कुलुङ २८ हजार ६१३, घले २२ हजार ८८१, खवास १८ हजार ५१३, नाछिरिङ ७ हजार १५४, याम्फु ६ हजार ९३३, चाम्लिङ ६ हजार ६६८, आठपहरिया ५ हजार ९७७, बान्तावा ४ हजार ६०४, थुलुङ ३ हजार ५३५, मेवाहाङ ३ हजार १००, बाहिङ ३ हजार ९६, साम्पाङ १ जार ६८१, खालिङ १ हजार ५७१, लोहोरुङ १ हजार १५३ । २०५८ को जनगणनामा पहाडी आदिवासी जनजातिमा घर्ती/भुजेल, याक्खा, पहरी, छन्त्याल, बराम, ह्योल्मो गरी ६ वटा जाति थपिएका थिए भने, २०६८ को ११ अनौं जनणनादेखि पहिले–पहिलेको जनगणनामा राई ! जातिमा गाभिने गरेको कुलुङ लगायत १२ वटा किरातीहरु एवम् घले र खवास गरी १४ वटा नयाँ जातिहरु थपिए भने, २०६८ को जनगणनामा पहाडी आदिवासी जनजातिको जनसंख्या ६७ लाख ५२ हजार ८१९ रहेको छ ।

(ग) भित्री मधेसी आदिवसी जनजातिः कुमाल १ लाख २१ हजार १९६, माझी ८३ हजार ७२७, दनुवार ८४ हजार ११५, दरै १६ हजार ७८९, बोटे १० हजार ३९७, राजी ४ हजार २३५, राउटे ६१८ । भित्री मधेसको जनसंख्या ३ लाख २१ हजार १७६ रहेको छ । (घ) मधेसी आदिवासी जनजातिः थारु १७ लाख ३७ हजार ४७०, राजवंशी १ लाख ५२ हजार २४२, सन्थाल÷सतार ५१ हजार ७३५, गनगाई ३६ हजार ९८८, धिमाल २६ हजार २९८, ताजपुरिया १९ हजार २१३, मेचे ४ हजार ८६७, किसान १ हजार ७३९, कोचे १ हजार ६३५, मुन्डा २ हजार ३५० । २०६८ को जनगणनामा मधेसी आदिवासी जनजातिको संख्या थपघट भएको देखिदैन । मधेसी आदिवासी जनजातिको जनसंख्या भने २० लाख ३४ हजार ६९५ पुगेको छ । ९२ लाख ६३ हजार २६९ रहेको छ ।

विसं २०४८ को जनगणनाको तथ्यांकलाई आधार मानेर हेर्दा त्यो वेला हिमाली आदिवासी जनजाति ३ वटा, पहाडी आदिवासी जनजाति ११, भित्री मधेसी आदिवासी जनजाति ७ वटा र मधेसी आदिवासी जनजाति ४ वटा गरी २५ वटा जातिहरु कुन जाति हो ? भनी जातीय स्वपहिचान खुलेको आदिवासी जनजातिको रुपमा रहेको थियो भने, २०५८ मा नेपालको आदिवासी जनजातिको जातिगत संख्या बढेर हिमाली आदिवासी जनजाति ५, पहाडी आदिवासी जनजाति २०, भित्री मधेसी आदिवासी जनजाति ७ र मधेसी आदिवासी जनजाति १० गरी गरी ४२ वटा जातिहरु कुन जाति हो ? भनी जातीय स्वपहिचान खुलेको आदिवासी जनजातिको रुपमा रहेको थियो ।

तर, २०६८ को जनगणनामा भने, नेपालमा आदिवासी जनजातिहरुको जातिगत संख्या बढेर ६० पुगेको छ । जस्तै हिमाली आदिवासी जनजाति ९, पहाडी आदिवासी जनजाति ३४, भित्री मधेसी आदिवासी जनजाति ७, मधेसी आदिवासी जनजाति १० गरी जम्मा ६० वटा जातिहरु आदिवासी जनजातिका रुपमा आए । त्यसो त विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा आएका अरु केही जातजातिहरुले पनि आफुहरु आदिवासी जनजाति हौं भनी दावी गरी रहेका छन् । यसरी हेर्दा विसं २०४८ को जनगणनादेखि नै जनसंख्याको सवालमा लगभग स्थिर रहेको जातीय जनसंख्या भनेको थकालीको रहेको देखिन्छ । किनभने, थकालीको जनसंख्या विसं २०४८ मा १३ हजार ७३१, विसं २०५८ मा १२ हजार ९७३ (२०४८ भन्दा केही घटेको) र विसं २०६८ मा १३ हजार २१५ (२०४८ भन्दा ५०० कमै) रहेको देखिन्छ । जे भए तापनि जनगणनामा एकै जाति थकाली भनी आएको थकालीहरु विसं २०५४ मा बनेको जनजाति विकास समिति अन्तर्गत ६ वटा अलग–अलग जाति जस्तो कि, थकाली, मार्फाली थकाली, छैरोतन, स्याङतान, चिमतन, ठिनतन गरी ६ वटा अलग–अलग जातिमा सूचीकृत भए ।

त्यस्तै विसं २०५८ मा ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ (आजउराप्र) बनेपछि थकालीहरु फेरि थकाली, मार्फाली थकाली, (चिमतन, ठिनतन र स्याङतान गाभेर) तीनगाउँले थकाली र छैरोतन भनी सूचीकृत भएका थिए । तर, अचम्म के भने, छैरो भन्ने बर्खे गोठ राख्ने ठाउँ हो । जहाँ कुनै पनि थकाली स्थाई रुपमा नबसेर ‘टे्रकिङ सिजन’मा विदेशी पर्यटकलाई समथिङ बेच्ने तिब्बती शरणर्थीहरु बस्छन् । मेरो कुरोलाई नपत्याए, यस विषयमा चासो भएको कुनै पनि व्यक्ति, कुनै पनि वेला मुस्ताङ जिल्लाको ‘छैरो’ भन्ने ठाऊँमा गएर प्रत्यक्ष हेरे हुन्छ, बुझे हुन्छ । तर, अहिले पनि उनीहरु (२०५८ र २०६८ को जनगणनामा) एकै जाति थकालीकै रुपमा गणनामा रहेका छन् वा भनौं आदिवासी जनजाति सूचीमा अलग–अलग सूचीकृत भएअनुसार अलग–अलग जातिका रुपमा जनगणनामा भने आएका छैैनन् ।

यसरी हरेक १०–१० वर्षमा हुने राष्ट्रिय जनगणनामा नेपालका आदिवासी जनजातिहरुको संख्या (जनसंख्या होइन) बढ्ने क्रममा सबैभन्दा धेरै विसं २०६८ को ११ औं जनगणनामा लगभग ४३ प्रतिशत अर्थात् पहिलेको ४२ आदिवासी जनजातिमा १८ वटा आदिवासी जनजातिहरु थपिएर ६० वटा भएको छ भने, विसं २०५८ मा पनि विसं २०४८ को २५ वटा जातिको तुलनामा झण्डै ३९ प्रतिशतले बढेर ४२ वटा जाति भएको थियो । यसरी हेर्दा आगामी २०७८ को १२ औं राष्ट्रिय जनगणनामा पनि नेपालको आदिवासी जनजातिहरुको जातिगत संख्या अरु बढ्ने संभावना छ ।

त्यस्तै यो लेखमा उल्लेख गर्नेपर्ने अर्को विषय रहेको छ ‘–हरेक १०–१० वर्षमा हुने जनगाणनामा जातीय जनसंख्या बढ्ने र घट्ने क्रम ।’ जस्तो कि, विसं २०५८ को राष्ट्रिय जनगणनामा ६ लाख ३५ हजार १५१ रहेको राई ! को जनसंख्या २०६८ को जनगणनामा घटेर ६ लाख २० हजार चानचुनमा झरेको देखिन्छ । त्यस्तै विसं २०५८ को राष्ट्रिय जनगणनामा गुरुङको जनसंख्या पनि ५ लाख ४३ हजार ५७१ रहेको थियो । तर, विसं २०६८ को ११ औं जनगणनामा गुरुङको जनसंख्या पनि घटेर ५ लाख २२ हजार ६४१ मा झरेको छ । उता शेर्पा जातिको जनसंख्या पनि विसं २०५८ को जनगणनामा १ लाख ५४ हजार ६२२ रहेकोमा विसं २०६८ को जनगणनामा घटेर १ लाख १२ हजार ९४६ मा झरेको देखिन्छ ।…..क्रमश अर्को लेखमा ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्