Logo

देउवा र जनता समाजवादीका नेताहरूबीच भेट


जनता समाजवादी पार्टीका नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन्।

मंगलबार जसपाका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू बाबुराम भट्टराई, राजेन्द्र महतोलगायत सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए।

करिब एक घण्टा सभापति देउवासँग जसपा नेताहरूको भेटवार्ता भएको सभापति देउवाका सहयोगी भानु देउवाले  बताए। समसामयिक राजनीतिक घटनाक्रम, नागरिकता विधेयकलगायत विषयमा भेटवार्तामा कुराकानी भएको थियो।

सरकारले असार १८ गते संसदको अधिवेशन अन्त्य गरिदिएपछि विधेयकहरू छलफल गरी पारित हुनबाट रोकिएका छन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्