Logo

प्रधानमन्त्री ओली र प्रचण्डबीच आज पनि छलफल


धानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार पनि छलफल हुने भएको छ। अध्यक्ष प्रचण्डले जेठ २ गतेको सहमति छोडर गल्ती गरेको बताएका थिए भने प्रधानमन्त्री ओलीले जेठ २ गतेको सहमति गरेर गल्ती गरेको बताएका थिए।

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयासका लागि प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षको  छलफल  हुन लागेको हो। उनीहरूबीच ११ बजेदेखि छलफल हुने स्रोतले जानकारी दिएको छ।

यसअघि शनिबार हुने भनिएको छलफल आइतबारका लागि सरेको थियो। शनिबार बस्ने तय भएको स्थायी समिति बैठक सोमबार बस्ने भएको छ। दुई अध्यक्षबीच टेलिफोन वार्ता भएपछि बैठक स्थगित भएको थियो।

दाहाल–नेपाल–खनाल पक्ष पार्टी र संसद् दुवैतिर बहुमत लिएर एकातिर छ भने वली समूह दुवैतिर अल्पमत लिएर अर्कातिर छ । पार्टीका प्रथम अध्यक्ष एवम् प्रधानमन्त्री वलीले पार्टी फुटाउने गरी अध्यादेश ल्याउन लागेको दाहाल र नेपाल पक्षले बताउँदै आएका छन् । प्रधानमन्त्री वली र द्वितीय अध्यक्ष दाहालले बिहीबार राष्ट्रपतिलाई भेटी आआफ्ना स्वार्थका सन्दर्भ राखेर छलफल अघि बढाएको स्रोतहरूले बताएका छन् ।

वलीले पार्टी र संसद् दुवैतिर बहुमत गुमाइसकेका छन् । त्यसैले पनि उनका दुवै पद धरापमा छन् । सरकारी नेकपाको स्थायी समितिमा अहिले ४४ सदस्य छन् । ३१ जनाले खुलेरै वलीको राजीनामा मागिसकेका छन् भने पदप्रतिष्ठा नपाएका र खुल्न नसकेका अरू पनि कतिपय स्थायी समिति सदस्य निर्णायक अवस्थामा वलीका विरुद्ध जाने तयारीमा छन् । पार्टी स्थायी समितिमा वलीका विरुद्ध कोको छन् ?

वलीका विरुद्ध पार्टी स्थायी समितिमा खुलेरै लाग्नेहरूमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, लीलामणि पोखरेल, रघुजी पन्त, देवेन्द्र पौडेल, मणि थापा, गणेश साह, चक्रपाणि खनाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, मातृका यादव, मुकुन्द न्यौपाने, देव गुरुङ, वर्षमान पुन, भीम रावल, शक्ति बस्नेत, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, भीम आचार्य, बेदुराम भुसाल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र घनश्याम भुसाल रहेको र अन्य कतिपयले पनि धमाधम कित्ता फेरिरहेको स्रोतहरूले जनाएका छन् । पार्टीमा मात्र नभएर संसदीय दलमा पनि वलीविरुद्ध बहुमत रहेको सरकारी नेकपा स्रोतले जनाएको छ । सरकारी नेकपाका १७४ सांसदमध्ये बहुमत पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमका पक्षमा रहेको बताइएको छ ।

वलीले बिहीबार कोहीसँग सल्लाहै नगरीकन सङ्घीय संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि पार्टीभित्र विवाद झनै चुलिएको छ । संसद्को प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस पनि वलीको यो निर्णयका विपक्षमा देखिएको छ । वलीले संसदीय दलमा ४० प्रतिशत सङ्ख्या भए दल फुटाउन सकिने अध्यादेश ल्याउने तयारी गरेको अर्को पक्षको दाबी छ । यसै विषयमा केही महिनापहिले संसद्वादी दलहरूमा ठूलो चर्काचर्की भएको थियो । विद्यमान कानुनअनुसार पार्टी विभाजनले मान्यता पाउन केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत चाहिन्छ । वलीले यो प्रावधान बदलेर तराईका केही सांसद किनेर पार्टी विभाजनको ढोका खोल्ने प्रयास गरेका थिए । सांसद महेश बस्नेत, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतलाई लगाएर सांसद अपहरण गरेको काण्ड अझै मुद्दामै छ । वलीको विपक्षमा रहेका पार्टी नेताहरूले भने वलीले पार्टी फुटाइसकेको र घोषणा हुन मात्र बाँकी रहेको बताएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्