Logo

ओलीको जि’द्दीः इतिहासमा नेकपाको वि’भाजनमा ‘दियोमा तेल’ ! अब के गर्ला प्रचण्ड समूह ?


काठमाडौं । आफ्नै पार्टीभित्रबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग उठेपछि सृजित वि’वाद समाधानको लागि दुई अध्यक्षबिच छलफल नभै आ आफ्नो गुटको आन्तरिक बैठकमा जुट्नुले नेकपा विभाजनतिर जाने खतरा संकेत गरेको छ ।

नेकपाको स्थायी कमिटीको बैठकमा सरकारको कार्यशैलीको चर्को आलोचना गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि अन्य शीर्ष नेताहरू र स्थायी कमिटी सदस्यहरुले उनको राजिनामा माग गरेसँगै पार्टीभित्र अन्तरवि’वाद उब्जेको हो ।

गत आइतवार प्रधानमन्त्रीले आफूलाई पदबाट हटाउन भारत र आफ्नै पार्टीभित्रका नेता लागेको अभिव्यक्ति दिएपछि बालुवाटारमा चलिरहेको उक्त बैठकमा प्रचण्डले भारतले नभै राजिनामा आफुले मागेको प्रष्ट रुपमा भनेका थिए ।

यसरी दुई अध्यक्षको बिचमा राजिनामाको विषयले विवाद ल्याएपछि अहिले समस्या समाधानको लागि आन्तरिक छलफल तथा पार्टी एकताबद्ध बनाउने बारेमा छलफल गर्नुको सट्टा आ आफ्नो गुटलाई बलियो बनाउनेबारे तयारी तिब्र भएको देखिन्छ ।

बिहिबारको स्थायी कमिटीको बैठकमा सहभागि ४५ सदस्यीयहरु मध्ये अधिकांशले पुर्न केपी ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजिनामा गरेर पार्टीलाई संगठित तथा एकताबद्ध गराउन योगदान गर्न दवाव दिएका थिए ।

तत्कालिन नेकपा (माओवादी केन्द्र) र एमालेबीच पार्टी एकिकरण भएपनि एकताको मर्म अनुसार ओली नचलेको प्रचण्ड पक्षधर नेताहरुको चर्को आरोप छ । पार्टीमा दुई जना अध्यक्ष रहे पनि प्रधानमन्त्री ओली जहाँपनि आफुमात्र हाबी हुने गरेको र एकल ढंगले अघि बढेको उनीहरुको आरोप छ ।

ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी करिब साढे दुई वर्ष बिताइसकेको भएपनि त्यसबाट देश, जनता र अन्तरपार्टीमा कतैपनि सन्तुष्ट पार्ने गतिविधि नभएको भन्दै नेताहरुले उनले दुबै पद राखि गरेर पार्टीलाई एकताबद्ध बनाउन सहयोग गर्नुपर्ने तर्क गरिरहेका छन ।

तर ओलीपक्षका नेताहरु भने कुनैपनि हालतमा दुबै पदलाई जोगाउनुपर्नेमा आन्तरिक छलफलमा जुटिरहेको बुझिन्छ । यसरी पछिल्लो पटक सत्ताँरुढ नेकपाका नेताहरु ओलीको राजिनामाको पक्ष वा विपक्षमा केन्द्रीत रहेर मुख्यत दुई गुटमा विभाजित भएका देखिन्छन ।

ओलीको राजिनामा माग्ने गुटको नेतृत्व नेकपाका अर्का अध्यक्ष प्रचण्डले गरिरहेका छन भने उनलाई पार्टीका नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतका अधिकांश नेताहरुको बलियो समर्थन छ । यो विषयमा अहिलेसम्म ओली समूह संगठनात्मक रुपमा कमजोर देखिन्छ ।

नेताहरुले ओलीको राजिनामा मागेपनि उनले त्यति सजिलै पद छाड्ने सम्भावना भने देखिन्न । राजिनामा माग्ने पक्षका नेताहरुको अन्तिम तर्क राजिनामा नगरेमा पार्टी एकताबद्ध बनाउन नसकिने भन्नेमा रहेको देखिन्छ । यो अवस्थाले अन्त्यतः डबल नेकपा ढिलो चाँडो विभाजनको दिशामा पुग्ने निश्चित छ ।

त्यसो त पार्टीभित्र प्रधानमन्त्री ओलीको विपक्षमा आवाज उठेको र राजीनामाको माग भएको यो पहिलो होइन। तर अहिले अधिकांश नेताहरुको एउटै माग उनको राजिनामा रहेकाले अवस्था विभाजन वा राजिनामाको सर्तका रुपमा अघि बढेको देखिन्छ ।

ओलीको राजिनामा माग्दै दुई महिनाअघि नेकपाका स्थायी कमिटीका सदस्यहरूले हस्ताक्षर नै गरेर बैठकमा प्रस्तुत गरेका थिए तर त्यतिबेला ओलीले सुझबुझका साथ विवादलाई साम्य पार्दै अघि बढ्न सफल भएका थिए तर अहिले त्यो अवस्था नरहेको हरपल नेपालसँग कुरा गर्दै डबल नेकपाका एक नेताले बताए ।

उनले भने–‘अहिले ओली सचिवालय र स्थायी कमिटी दुबै बैठकमा अल्पमतमा छन । जनवादी केन्द्रीयताको मान्यताका आधारमा समेत उपल्लो कमिटीले बहुमतले राजिनामा प्रस्ताव गरेपछि उनले त्यसलाई स्किार्नुको विकल्प छैन ।’

डबल नेकपाकै नेताहरुका अनुसार–‘कि त डबल नेकपा र सरकारमा नयाँ नेतृत्व हुन्छ, कि त इतिहासमा नेकपा रहँदैन वा विभाजनको दिशामा जान्छ । त्यो भन्दा अर्को कुनै सम्भावना देखिन्न ।’

अझ बैठकमा प्रचण्डले माओवादी केन्द्र पुर्न गठन गराउन सघाएको भन्दै ओलीले आरोप लगाएपछि प्रचण्डले पनि ओलीले एमाले दर्ता गराउन लागेको भन्दै आन्तरिक कुराहरुमा चर्काचर्कि मच्चाएका थिए ।

यसरी दुई पार्टी एकता गरेर नयाँ ठाउँमा पुगेका नेताहरुमा देखिएको पुर्व नामको पार्टी प्रतिको आशा र चाहनाले उनीहरुलाई एकै ठाउँमा राख्ने सम्भावना न्यून देखिने तर्क कतिपय राजनीतिक विश्लेषकहरुको छ ।

ओलीको जिद्दीको अगाडी नेकपाको स्थायी समिति हार्छ वा आफ्नो मागमा अडिग हुँदै अघि बढ्छ त्यो भने भविष्यले देखाउने छ । तर ओलीको एकतकाँर्टे प्रवृतिले सबै नेताहरु एकै ठाउँमा रहने सम्भावना कम रहेको नेताहरुले यसअघि नै व्यक्त गरिसकेका छन ।

त्यसो त यसअघि एक प्रसंगमा ओलीले प्रचण्डलाई लक्षीत गर्दै ‘चित्त नबुर्झेमा जुनबाटो आएको हो फर्कन सक्नुहुन्छ’ सम्म भनिसकेका छन ।

अब सत्ताँरुढ नेकपाका अध्यक्ष ओलीको अगाडी ‘पार्टी एकताबद्ध बनाउन पद त्याग्ने वा आफ्नो चाहना पुरा गर्न विभाजनमा पुर्याउने’ दुईमा एक बाटोमा हिड्नुको विकल्प देखिन्न ।

ओलीको विगतदेखिको पदमोहले उनी पहिलो भन्दा दोश्रो विकल्पमा अघि बढ्ने धेरैको आसंका छ । त्यसो भएमा नेताहरु इतिहासमा डबल नेकपालाई विभाजना गरेर पुनः पुरानो ठाउँतिर जाने निश्चित छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्