Logo

‘दुई मुटु’ गीतको अफिसियल म्यूजिक भिडियो सार्बजनिक हुँदै


काठमाडौं । मोडल/नायक फलित राईको अभिनय रहेको ‘दुई मुटु’ गीतको म्यूजिक भिडियो आरजिटी फिल्ममको अफिसियल यूट्युबमार्फत सार्वजनिक गरिने भएको छ । शनिबार यस गितको म्युजिक भिडियो सार्वजनिक गरिने छ ।

गितकार तथा संगीताकर सरगाम राईको शब्द तथा  संगीत रहेको उक्त गीतमा तारा प्रकाश लिम्बु र अनु चौधरिले स्वर  दिएको छन ।  एकोसुस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेञ्ज र मिक्सिङ सबिन लिम्बुले गरेका छन् । यस्तै सुर्य लामाको छायाँकन र सम्पादन गरेको भिडियो जिग्मे मिडियले निर्माण गरेकाे हाे।

निकै राम्रो कलाकारको रुपमा स्थापित फलित राईले दजनौ म्युजिक भिडियो र केहि चलचित्रमा अभिनय गरेको छन । ‘दुई मुटु’ शीर्षको गितमा प्रेमपुर्ण रहेको र म्युजिक भिडियो समेत राम्रो बनेको कुरा मोडल/नायक फलित राईले बताए ।

यस गितमा फलित राई, अनिता गोले, अभी लामा लगायतले मोडलिङ रहेको म्यूजिक भिडियोलाई ड्रेस्स डिजाईन खुशीला लामाले गरेकी हुन । साथै यस गितको निर्देशन अभी लामाले गरेको हुन । भिडियो सुटिङ काठमाण्डौ उपत्यका वरपर गरिएको भिडियो निर्माणको एक जना सदस्यले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्