Logo

विकासे काम जनमुखी रुपमा कार्यान्वयन गर्न लागी पर्दै अध्यक्ष तिवारी


मिरा राई,खोटाङ- नेपालको विकास असारे विकास भनेर स्थापित भएको हाम्रो नेपाली संस्कृति गणतन्त्र देखी स्थानिय सरकार स्थापना हुँदा समेत व्यवस्थापन परिबर्तन भइरहेको छैन । विगतकै इतिहासलाई पछयाउँदै पुन असार नेपालको विकासहरु धामधम कार्यान्वयन भइरहेसँगै खोटाङको हलेसी तुवाचुङ नगरमा पनि सम्पन्न भइरहेको छ ।

नगरको वडा नं.५ दुर्छिममा अवस्थित कार्यान्वयन भइरहेको प्रदेश सरकारको बजेट सडक स्तरउन्नतीको लागी होलेसुङ जनकराज राईमार्गमा २५ लाख, हात्तिढुंगेमा १० लाख तथा यसैगरी भूसंरक्षण जलाधारको आर्थिक सहयोगमा प्रथमपटक १० लाख र पछि थप २० लाख सम्मको काम सम्पन्न गर्न सडक मर्मत, पाखेरी निर्माण लगायत अनुगमनको लागी ईन्जिनियर लगायत टिम सहभागी भएको वडा अध्यक्ष रमेश तिवारीले बताउनु भयो । स्थानिय समूदायहरुको समन्वयमा जनमुखी कार्य गर्ने र जनताको हितको लागी जनताहरुसँगै रहेर काम गर्दा सही रुपमा कार्यन्वयन हुने अध्यक्ष तिवारीले बताउनु भयो ।

उक्त सडक स्त्तर उन्नतीको लागी उपभोक्ता समिति गठन पश्चात पुन ईन्जिनियरले तयार गरेको डिपिआरलाई आधार मानेर हरेक मर्मत गर्नुपर्ने स्थलमा थप उपसमूहहरु निर्माण गरेर अझ कामलाई जनमुखी र जनताहरुको अपनत्व हुने किसिमले समन्वय गर्दै कार्यान्वयन गरिरहेको उपभोक्ता समितिका अध्यक्ष कमल चाम्लिङले बताउनु भयो ।

विकासे काम जनमुखी रुपमा कार्यान्वयन गर्न लागी पर्दै अध्यक्ष तिवारी लगायत अन्य टिम लिडरहरु !

 

काम सम्पन्न पश्चात ईन्जिनियरको मुल्याँकनको आधारमा उत्कृत काम गर्न सफल समूहलाई पुरस्कार हौसला स्वरुपमा रु.१० हजार प्रदान गरिने समितिका सचिव भोजराज राईले बताउनु भयो । उक्त रकमको रासी समाजसेवी जनकराज राईले दिने समितिका अध्यक्ष कमल चाम्लिङले बताउनु भयो । उक्त सडकका लाई थप अवलोकनको लागी नेकपा नगरपार्टी अध्यक्ष सुरेन्द्र राईलगायतले अवलोकन गरीएको सदस्य बाबुराम राईले बताए ।

उपभोक्ता समितिमा भूसंरक्षण जलाधारकोे सहयोगमा सम्पन्न गरिएको सिलालेखपार्क निर्माण तथा थप कार्यको लागी उपभोक्ता समितिको अध्यक्ष मविन्द्र राईले यसपटकको कार्यले समूदायहरुमा उर्जा ल्याएको बताउनु भयो । स्थानिय समूदायहरुलाई उर्जा दिन विज्ञ भोगीराज चाम्लिङ, नेता अमेम्बर राई, आमोद राई लगायतले साथ दिइरहेको अध्यक्ष चाम्लिङले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्