Logo

नियात्रा-पैसा, जिन्दगी र मोनाको


387 Views

 

-भिम राई
टनकिन अभियान भियतनामको मुख्य नायक अनाटल कुबेको नामबाट भिलाफ्रान्समा निर्माण गरिएको पानीको बेग रोक्ने पर्खाल (पियर) को नजिकै पुगेर पानीजहाज रोकियो । भिलाफ्रान्स सुदुर दक्षिणी फ्रान्समा रहेको एउटा सानो मत्स्य ग्रामिण बस्ति थियो ।

बिगत एक हप्ता देखि हामीले अनबरत रुपमा गरि रहेको युरोप यात्राको हरेक ठाउहरुमा पानीजहाज बन्दरगाहमा रोकिएका हुन्थे । तर भिलाफ्रान्समा पुग्दा बन्दरगाहको सुबिधा नभएकोले जमिन भन्दा केहि टाढा पानीको बिचौ बिच भागमा पानीजहाज ‘टेन्डर’ गरिएको थियो ।

पानीजहाज रोकिदा भिलाफ्रान्सको घडिले बिहानीको समय आठ बजाई सकेको थियो । एक बोतल फ्रेन्च वाईन सेट्टाउनेफ डे पेप सँग प्रेमलिलामा फसेर पानीजहाजको डिस्कोमा मध्य रात कटाएकी मेरी अर्धाङ्गिनीले त्यतिबेला सम्म सिरानी च्यापेर सुति रहेकी थिईन ।

पेय पदार्थ बाट अछुत भएकोले म सबेरै उठेर ब्रेकफास्ट खान पानीजहाजको दशौ तलामा पुगि सकेको थिए । सुखद भबिश्यको खोजि गर्दै जिन्दगीलाई बसाई सार्ने क्रममा दक्षिण वेल्समा पुग्दा त्यहाँ चिर परिचित भएकी जेनिफार डेभिस पनि आफ्नो बुढोलाई चौथो तलाको भित्रि कोठाको पलङ्मा सुताई राखेर मेरो टेबलको आधा भाग खोस्न हातमा ब्रेकफास्ट बोकेर त्यहाँ आई पुगेकी थिईन ।

दक्षिणी फ्रेन्च सहरहरु क्यान बाट निस हुदै छाएको घामको सुनौलो किरणहरु सँग सँगै मिसाएर अङ्ग्रेजि खाजामा पाईने नुनिलो बङ्गुरको बेकन बोसोलाई चपक्क चपक्क खादै मैले जेनिफारको अर्ध नग्न शरिरको शिर देखि पुछार सम्म निकट दुरि बाट केहि बेर नियाले ।

साथमा श्रीमती नभएको अबसरमा नसाको जाली भित्र खुम्म्रिएको मेरो मस्तिष्क बाट उनका हरेक अङ्ग प्रत्येङ्गलाई तिनै बेकन सँग तुलना गर्दै हेरि रहे । जेनिफारले त्यसदिन भिलाफ्रान्समा हुने प्रचण्ड गर्मिको पूर्वानुमान गरेर जिउमा थोरै कपडा मात्रै उनेकी थिईन, जस्ले गर्दा मेरा लोभि नयनहरु उनका आकर्षक शरिर हेर्न अबिचलित बनि रहे ।

नियात्रा-पैसा, जिन्दगी र मोनाको

केहि समय पश्चात हिजो राती पिएको वाईन टाउकोले थाम्न नसकेर हातैमा टाउको बोकेर तारा मेरो छेउमा आई पुगिन । उनले मलाई देख्ने बितिक्कै पहिले दुख्दै गरेको टाउकोको कुरो गरिन र मेरो जबाफको प्रतिक्षा नगर्दै खाजा लिन बिलय भईन । खाजा लिएर आएपछि पानीजहाजको दशौ तला बाट भिलाफ्रान्सको ग्रामिण बस्तिको रमाईलो दृश्यबलोकन गर्दै खाजा खान थालिन ।

पानीजहाज टेन्डर गरिए पछी आफ्नै साथमा बोकेर ल्याएको आपतकालीन सा(साना डुंगाहरु लाई जहाजका कर्मचारिहरुले धमाधम पानीमा झार्न थाले । सबै डुङ्गाहरु पानीमा झारेपछि तिनै डुंगा बाट यात्रुहरु लाई जहाज रोकिएको ठाउ देखी तट सम्म ओसार्न सुरु गरे ।

ताराले खाजा खाई सकेपछि हामी बिधुतिय लिफ्ट बाट सिधै दोश्रो तलामा झर्यौ । त्यँही देखी डुङ्गामा चढेर अनाटल कुबे पियर सम्म पुर्याई दिएर हाम्रो दिन शूभ रहोस भन्ने फिलिपिनो डुंगा चालक ज्याकोबले कामना गरेका थिए ।

भिलाफ्रान्सको तटीय भागमा पुगेपछि हामी दुई जना कछुवा गतिमा हिडन थाल्यौ । सत्य नारायणको पुजा गर्दा बल्ल बल्ल रोटी र केरा टन्न खान पाएको पण्डितको झै बिहानीको खाजाले मेरो पेट अचम्मै सँग फुलिएको थियो । फ्रेन्च रिभिरियको कोस्ट अफ अजुरमा ताराको टाउको र मेरो पेटले गर्दा डुङ्गा बाट निस्केपछि हामीले गर्न लागेको मोनाकोको यात्रा त्यति आनन्द दायक होला भन्ने संकेत देखाएको थिएन ।

एउटा खकने गन्जि र बेलायति जाङ्गे लगाएर मन्टि कार्लो, मोनाको घुम्न निस्केको केहि समयमा नै म थाकेर समुन्द्र किनारमा केहि बेर रोकिएको थिए । म त्यसरि रोकिएको ठाउँ नजिकै पानीको बेग रोक्ने पर्खालको छेवैमा सेता मसिना मसिना बालुवाहरु बाट बनेका एउटा सानो सामुन्द्रीक बिच रहेको थियो । तिनै सामुन्द्रिक किनारमा उन्नाईस बिस बर्षको कामोत्तेजक फ्रेन्च युबतीहरुले त्यति बिहानै छाती उदाङ्गो बनाएर आकास तर्फ फर्काएको रमिता हेर्दा मेरो यात्राको लागि थोरै भए पनि राहत मिल्यो ।

‘संसार एउटा बिशाल पुस्तक हो ।’ जसले जिन्दगीमा यात्रा गर्दैनन् उसले केवल एक पेज मात्रै अध्यान गरेका हुन्छन भन्ने कुरो मोनाको पुगे पछि मैले पनि चाल पाएको थिए ।

फ्रेन्च युबतीहरुको नग्न शरिरको कल्पना गर्दै गर्दै मोनाको जाने रेल समात्न हामीले बादरे उकालो चढेका थियौ । म अगाडि अगाडि र मेरो पछि पछी ताराको पाईतालाहरुले थिचेका प्रत्येक कदमहरु सिढिमा गन्दै गन्दै निक्कै लामो उकाली चढि रह्यौ ।

स्टेसनमा हाम्रो प्रतिक्षा गरेर बसि रहेको रेल हामी रेल भित्र पसेर पर्यटकहरुको भिड सँग मिसिने बितिक्कै बाटो तताई हाल्यो । करिब पन्ध्र मिनेटको रेल यात्रा पछि मन्टि कार्लो स्टेसनमा पुगेर बिना आवाज रेल बिस्तारै रोकिएको थियो । रेल रोकिएको त्यति छोटो समयमा नै दुई वर्ग किलोमिटर क्षेत्रफल ओकटेका र भेटिकन पछिको विश्वको सबैभन्दा सानो देश मोनाकोको राजधानि मन्टिकार्लोमा हामी पुगि सकेका थियौ ।

रेलबाट निस्केर खुत्रुक खुत्रुक ओरालो झर्दै गर्दा राजकुमार अलबर्ट दोश्रोको राजकिय शासनमा रहेको मोनाकोको पहिलो दर्शन गर्यौ । मन्टिकार्लो डाडाँ बाट उभिएर केहि बेर नियाल्दा मोनाकोको दक्षिणी सिमाना भूमध्य सागरको तट देखि बाँकी तीन तिर फ्रान्स संग जोडिएका सिमानाहरु त्यँहि बाट हल्का नजर लगायौ ।

हाम्रा पाईतालाहरुले क्रमशस् मोनाकोको चिल्ला सडकहरुमा टेक्त्तै गर्दा बाटाको किनारमा बहुमूल्य लोगो भएका दोकानहरु लुईस भेटन, प्राडो, गुस्सी र माइकल कोरसलाई दृष्टिगोचर गर्यौ । ओरालै ओरालो हिडने क्रममा सन् १८६३ मा निमार्ण भएको होटल डे पेरिसको अगाडी पुगेर त्यहाँ पार्क गरेर राखिएका बिस्तीर्ण महँगो कारहरु रोल्स रोयस, बेन्टली, बुगुटि भ्यारोन, फरारे, अस्टा मार्टिन र ल्याम्बर्गिनीहरु सँग लुकामारि खेल्दै केहि तस्बिरहरु क्यामेरामा कैद गर्न सफल रह्यौ ।

त्यति बेला हामी होटल डे पेरिसको जुवा घर सामुन्ने उभि रहेको थियौ । केहि समय पछि जुवा घर भित्र पस्नको लागि सिनेमाको झै टिकट किनेर ००७ जेम्स बोन्डको नायक पियर्स ब्रोज्ननको पाईतालाहरुले सिढिमा टेकेका ठाउँमा हाम्रो पाईताला सँग नाप्तै नाप्तै तला माथि उक्ल्यौ र हाम्रो भाग्य लाई दाउमा राख्यौ ।

दुर्भाग्यबस हामीलाई अझै दुख गर्न केहि समय बाँकी थियो भन्ने कुरो मन्टिकार्लो क्यासिनोमा भाग्य परिक्षण गर्दा चाल पायौ । यदि भाग्यमानि भएको भए नजिकै बिक्रिमा रहेको ४५ हजार युरो प्रतिवर्ग मिटर मूल्य पर्ने एउटा फ्लाटलाई हान्ने थियौ । त्यसपछि मन्टिकार्लो हारबरको दृश्यबलोकन गर्दै एक जोडि परेवा भएर शेष जिन्दगी सकुशल गुजार्ने थियौ । किनभने आधा मिलियन युरो लगानि र आधा मिलियन बैक खातामा जम्मा गर्न सकेको भए मोनाकोको नागरिक बन्न सजिलै सकिने कानुनि प्राबधान थियो ।

मोनाकोले विश्वमा रहेका हरेक पुँजीपतिलाई बोरामा एक मिलियन युरो भन्दा माथि बोकेकाहरु लाई नागरिक्ता सहित सुरक्षित लगानि गर्न अबसर दिन्छन र त्यसले अन्य देशहरुमा झै अरिङ्गाल पालेको हुदैनन् । अरिङ्गालहरुको सँगठन खोल्न नरुचाउने राजकुमार अलबर्ट दोश्राले पुँजिपतिहरु बाट एक्कै सुकि कर (ट्याक्स) पनि लिदैनन् । त्यसैले पुँजीपतिहरुको लागि कर बचाउनको त्यो मात्रै आकास गँगामा रहेको शनि ग्रहको उपग्रह (जून) टाईटान बाट दोश्रो स्वर्ग मानिन्थ्यो । त्यसैले ३८ हजार जनसङ्ख्या रहेको त्यस देशमा एक तिहाई जनसङ्ख्या चाँही अरबपतिहरू मात्रै रहेका थिए ।

नियात्रा-पैसा, जिन्दगी र मोनाको

केहि उपाय नफुरे पछि दुवै हात पुर्पुरोमा राखेर होटल बाट निस्कदा मध्यान्हको चर्को घाम ठिक मान्टिकार्लो माथिको आकासमा परि रहेको थियो । तिनै घामको प्रचण्ड गर्मिले खकने गन्जि पनि खोलेर हारबर फ्रन्ट पुग्ने गरि सुईक्याइ दिउकि झै भएको थिए । त्यँहा बाट थोरै धैर्यताको औषधि खाएर हरेक बर्ष टेलिभिजनको पर्दामा देखिने लुईस ह्यामिल्टनले फर्मुला वानको कार दगुराउने शान्त सडकको किनारै किनार हुदै थोरै दायाँ तर्फ मोडियौ ।

सिधै अगाडि हारबर फ्रन्टमा देखिएका महँगो डुंगा (याच्ट)हरु हरुको दर्शन गर्दै गर्दै लगातार केहि बेर हामी हिडि रह्यौ । सामुन्द्रिक किनारमा सूर्यको प्रकाश सँग सँगै याच्टहरु माथि लामबध्द भएर हेलिकप्टरहरु राखिएका थिए । किनभने हेलिकप्टरहरुले धनढ्यहरुको लागी ट्याक्सिले झै ओसार पसार गर्ने काम गर्दथे ।

मोनाको बन्दरगाह बाट उत्पन्न भएको मन्द मन्द बतासले हाम्रो मुहारमा छुदा हामी राजकुमारको दरवार हेर्न उकालो चढि रहेका थियौ । डाँडामा रहेको दरवारको दाहिने छेउमा उभिएर हारबर लाई नियाल्दै मानब जिवनको चरोमोत्कर्ष घर, याच्ट, कार, हेलिकप्टर र सुन्दर नारीमा मात्रै रहने कुरो सम्झेर बहेका मेरा भावनाहरु सगाल्ने प्रयत्न गर्दै थिए । ठिक त्यँहि बेला राजकुमारको दरवार सुरक्षा कर्तब्य पथमा खटिएका सैनिकहरुको गार्ड परिवर्तन कवाजलाई अचानक हामीले प्रदर्शन गर्यौ ।

‘संसार एउटा बिशाल पुस्तक हो ।’

जसले जिन्दगीमा यात्रा गर्दैनन् उसले केवल एक पेज मात्रै अध्यान गरेका हुन्छन भन्ने कुरो मोनाको पुगे पछि मैले पनि चाल पाएको थिए । धेरै राजकिय नेताहरुले आफ्नो देशलाई सिङ्गापुर र स्विटजरल्याण्ड बनाउने उदघोष गरेपनि मोनाको बनाउछु भन्ने त्यति बेला सम्म सुन्नमा आएको थिएन । तै पनि मैले हेर्दा जिन्दगी, पैसा र मोनाको एक अर्कामा परि पुरक भएर जिई रहेको देखे ।।।

भिम राई बुईपा, खोटाङ । हाल : अक्सफोर्ड, बेलायत ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्
//graizoah.com/afu.php?zoneid=1766347