काठमाडौं । गायिका मिना राईको ‘माया पिरति’ गीतको म्यूजिक भिडियो म्युजिक चौतारिको अफिसियल यूट्युबमार्फत सार्वजनिक गरिएको छ । मंगलबार यस गितको  म्युजिक भिडियो सार्वजनिक भएको हो ।

काशी राईको शब्द तथा युबा संगीतकार अनिल कोयु राईको संगीत रहेको उक्त गीतमा गायिका राईले स्वर दिएकी हुन् भने साथ खगेन्द्र राईले दिएको छन । किङ्ग रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेञ्ज अनिल कोयु राईले गरेका हुन् । त्यसतैगरी राजु कार्कीले मिक्सिङ गरेका छन् । यस्तै मनोज राईको छायाँकन र सम्पादन गरेको भिडियो म्युजिक चौतारीले निर्माण गरेकाे हाे।

गायिका मिना राई, युबा संगीतकार अनिल कोयु राई, मनोज राई लगायतको मोडलिङ रहेको म्यूजिक भिडियो लाई म्युजिक कौतारी नेपाल ले पोष्ट प्रोडक्सन गरेका हो । भिडियो सुटिङ काठमाण्डौ उपत्यका वरपर गरिएको भिडियो निर्माणको एक जना सदस्यले बताए ।