Logo

हलेसी तुवाचुङ् नगरपालिकाले सरकारी कामकाजको भाषामा चाम्लिङ, वाम्बुले र तिलुङ भाषालाई मान्यता दियो


१५ असार । खोटाङ्को हलेसी तुवाचुङ नगरपालिकाले चाम्लिङ, वाम्बुले र तिलुङ गरी तीनवटा राई भाषालाई सरकारी कामकाजको भाषाका लागि मान्यता दिएको छ ।

नगरपालिकाले आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रममार्फत चाम्लिङ, वाम्बुले र तिलुङ राई भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने भएको हो । नगरको वडा नं. १ को वाम्बुले राईको बाहुल्य रहेको बाहुनीडाँडा र वडा नं. २ को डिकुवामा वाम्बुले भाषा तथा तिलुङ राईको बाहुल्य रहेको वडा नं. ३ च्यास्मिटारमा तिलुङ भाषालाई सरकारी कामकाजमा मान्यता दिने नीति ल्याइएको नगरप्रमुख इवन राईले बताए ।

नगर प्रमुखका अनुसार “बाहुनीडाँडा र डिकुवामा अझै पनि पर्वते भाषा नबुझ्ने वाम्बुले रहेछन् । भाषा नजान्ने शिक्षकले पठनपाठन गर्न सक्ने अवस्था छैन । आफ्नो भाषामा मात्र संवाद गर्ने नागरिकको सहजताका लागि उनीहरुको भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने तयारी गरिएको हो ।” तर खस भाषालाई वि’स्थापित नै गरिएको चाँहि होईन ।

खोटाङ् जिल्ला स्थित पश्चिमी क्षेत्रमा पर्ने सो नगरपालिकामा ५१ प्रतिशत किराँत राईहरुको बसोबास रहेको तथ्याङ्कमा उल्लेख छ । किराँत समुदायको भाषा, संस्कार र संस्कृतिको अध्ययन अनुसन्धान गरी सांस्कृतिक नगरपालिकाका रूपमा परिचित गराउने लक्ष्यका साथ नगरपालिकाको लेटरहेडमा चाम्लिङ, वडा कार्यालय बाहुनीडाँडा र डिकुवाको लेटरहेडमा वाम्बुले र वडा कार्यालय च्यास्मिटारको लेटरहेडमा तिलुङ लिपि प्रयोग गरिने नगरप्रमुख राईले जानकारी दिए ।

नगरकार्यपालिकाले सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएको तीनवटै भाषाका ऐतिहासिक कागजात तथा दस्तावेजहरु सङ्कलन गरी पुस्तक प्रकाशन गरिने नगरउपप्रमुख विमला राईले बताएका छन् ।

नगरपालिकाले तुवाचुङमा चुल्हो माङखिम (घर) निर्माणका लागि रु १५ लाख, हलेसी मन्दिर परिसरमा किरात संस्कृति मन्दिर निर्माणका लागि रु १० लाख, ऐतिहासिक दस्तावेज सङ्कलनका लागि रु पाँच लाख, होलेसुङ पार्क निर्माणका लागि रु पाँच लाख, चाम्लिङ भाषाको शब्दकोष निर्माणका लागि रु तीन लाख, चाम्लिङ भाषाको कक्षा सञ्चालनका लागि रु दुई लाख र स्थानीय पाठ्यक्रम निर्माणका लागि रु दुई लाख बजेट विनियोजन गरेको छ ।-रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्